प्रकृति, वातावरण र हाम्रो सम्बन्ध

प्रकृति, वातावरण र मानव जातिबीच अन्तर्सम्बन्ध हुन्छ । यसप्रकारको उचित सम्बन्धले मानव सभ्यतालाई दीर्घायु प्रदान गर्छ । मानव सभ्यताको आधार नै प्रकृति हो । प्रकृति र मानव एक रथका दुई पाङ्ग्रा हुन् । यी दुवैबीचको सम्बन्ध एक अर्कामा आश्रित रहेको हुन्छ । प्रकृतिविना मानवको जीवन कल्पनासमेत गर्न सकिँदैन ।

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यसाथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलोपटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । त्यसैअनुरूप नेपालले पनि पक्षराष्ट्रका रूपमा सन् २००० देखि हरेक वर्ष यो दिवस मनाउँदै आएको छ । वातावरणसम्बन्धी सोचाइ र बुझाइमा सकारात्मक परिवर्तन ल्याउनु वातावरण दिवसको महŒवपूर्ण उद्देश्य रहेको हो । हरेक वर्ष यो दिवस एउटा नारा तय गरी मनाउने प्रचलन रहेको देखिन्छ । विश्व वातावरण दिवस–२०७४ को नारा ‘प्रकृतिसँग हाम्रो सम्बन्ध ः रहिरहोस् अनन्त’ रहेको छ । नेपालको सन्दर्भमा यो नारा निकै सान्दर्भिक र उपयोगी छ ।
प्रकृति एक जटिल संरचना हो । प्रकृति, वातावरण र मानव जातिबीच अन्तर्सम्बन्ध हुन्छ । यसप्रकारको उचित सम्बन्धले मानव सभ्यतालाई दीर्घायु प्रदान गर्छ । मानव सभ्यताको आधार नै प्रकृति हो । प्रकृति र मानव एक रथका दुई पाङ्ग्रा हुन् । यी दुवैबीचको सम्बन्ध एक अर्कामा आश्रित रहेको हुन्छ । प्रकृतिविना मानवको जीवन कल्पनासमेत गर्न सकिँदैन । हामीले दिनानुदिन यो वा त्यो बहानाले प्रकृतिको दोहन गरिरहेका छौँ । फलस्वरूप प्रकृतिमा देखिने हरेक परिवर्तनले मानवजीवनमा गम्भीर प्रभाव पार्दै आएको छ ।
हाम्रो आसपासका प्राकृतिक र मानवनिर्मित भौतिक, सामाजिक र साँस्कृतिक संरचनाहरू हाम्रा वातावरण हुन् । वातावरण भन्नाले पृथ्वीमा कायम जलमण्डल, वायुमण्डल र भूमण्डलबीचको अन्तरसम्बन्ध बुझिन्छ । प्राणी बाँच्नका लागि अनुपयुक्त परिस्थिति निर्माण हुनुलाई प्रदूषण भनिन्छ । वातावरणीय प्रदूषणले वातावरणीय समस्या निम्त्याउँछ । बढ्दो तापक्रम र असन्तुलित रूपमा भएको मौसम परिवर्तनका कारण ९धरती र प्रकृति० वातावरण, पर्यावरण र मानव समुदायबीचको सम्बन्धमा असन्तुलित परिवर्तन देखापरेको छ । भौतिकविज्ञान र विकासको असन्तुलित प्रयोगले रैथाने बोटबिरुवा र जीवजन्तुहरू लोपोन्मुख अवस्थामा पुगेका त छन् नै, प्राकृतिक सन्तुलनलाई कायम नराख्ने हो भने केही वर्षभित्र ती लोपोन्मुख जीवजन्तुहरू यस धरतीबाट लोप हुनेछन् । तसर्थ, मानवले वातावरणीय समस्याहरू तत्काल महसुस नगरे पनि कालान्तरमा जटिल समस्याहरू भोग्नुपर्छ । नेपालमा अतिवृष्टि, अनावृष्टि, हिमशिखरहरू पग्लेर कालापत्थर हुँदै जानु, नदी सतहहरू गणितीय रूपमै घट्दै जानु, अस्वाभाविक ऋतु परिवर्तन हुनु, हिमतालहरू फुट्नु, वनस्पति र जीवजन्तु लोप हँुदै जानुजस्ता वातावरणीय असरहरू वातावरणीय चुनौतीका रूपमा देखिएका छन् । यस्ता चुनौतीहरूको सामाना गर्न मानव समुदायले वातावरण संरक्षणबारे साझा चासो बढाउनुपर्ने आवश्यकतालाई विश्व वातावरण दिवसले महसुस गराउँछ ।
नेपालमा देखिएका वर्तमान वातावरणीय असरहरूलाई न्यूनीकरण गर्न सर्वप्रथम मानिसमा वातावरणीय चेतनाको जरुरी पर्छ । प्राकृतिक वातावरण र विकासका अवयवलाई वैज्ञानिक तवरले बुझ्नु या थाहा पाउनु वातावरणीय चेतना हो । वातावरणीय चेतना मानिसको थाहा पाउने नैसर्गिक अधिकार हो र उक्त चेतनाको उपयोग व्यवहारमा लागू गर्नु नागरिक दायित्व हो । वातावरणीय चेतना भएको मानिसले मात्र आफ्ना क्रियाकलापको वातावरणीय प्रभावका बारेमा सुझबुझ राख्छ । समग्रतामा नागरिकको चेतना नै त्यो समाज या राज्यको चेतना हो । उसो त नेपालमा सरकारी तथा गैरसरकारी सरोकारवाला पक्षबाट वातावरणीय चेतनाका लागि विश्व वातावरण दिवसका अवसरमा सहभागितामूलक, जनचेतनामूलक, रचनात्मक तथा अभियानमुखी कार्यक्रमहरू जस्तै चेतनामूलक ¥याली, वृक्षरोपण, चित्रकला, निबन्ध प्रतियोगिता, काठमाडाँैमा बागमती सफाइ इत्यादि प्रत्येक वर्ष गरिँदै नआएका होइनन् । तर, नेपालको वातावरणीय चेतनाको स्तर कति रु यसको ठोस मापदण्ड खोज्न कठिन हुन्छ । जे भए पनि प्रायः सबैजसो वातावरण, स्वास्थ्य र मानवअधिकारका अभिसन्धिमा नेपालले हस्ताक्षर गरेको छ । यसका आधारमा नेपाल विश्वसामु आफू स्वस्थ वातावरणप्रति चेतनशील भएको बताएको छ ।

वास्तवमा नेपालमा वातावरण संरक्षणका कार्यहरू दृढसङ्कल्पित भएर गरियो भने यहाँ प्रचुर सम्भावनाहरू छन् । प्रकृतिले हामीलाई ठगेको पटक्कै छैन । हाम्रो देश प्रकृतिमा धनी छ । अपार जलस्रोत, वनजङ्गल, जडीबुटीको भण्डार, प्रकृतिको गर्भमा सुन, चाँदी, तामा, फलाम, ग्यास, पेट्रोल, खनिज पदार्थ हामीसँग छन् । सही नीति नियम बनाई उचित सदुपयोग गर्न सके उद्योगधन्दा फस्टाउनुको साथै रोजगारी वृद्धि गरी देश आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने प्रचुर सम्भावनाहरू छन् ।
मानवीय क्रियाकलापका कारण वातावरणमा परिरहेको असर न्यूनीकरणका लागि चेतना जगाउन यो दिवस निकै महŒवपूर्ण अवसर हो । वातावरण संरक्षणका लागि आफू सचेत भई अरूलाई पनि सचेत गराउँदा मात्र यो दिवस मनाउनुको सार्थकता हुन्छ । पृथ्वीमा रहेका सबै मानिसले वातावरण संरक्षणका लागि जिम्मेवारी बोध गर्नुपर्छ र प्रत्येक व्यक्तिले वातावरण संरक्षणका कार्यबारे जानकारी लिने र सोच्ने बानीको विकास गरेको खण्डमा वातावरण दिवस मनाएको औचित्य पूरा हुन्छ । विश्वभरिका मानिसले साझा चिन्ता र चासो लिंदै वातावरण दिवस मनाउनुपर्छ । आफ्नो लागिभन्दा पहिला प्रकृति संरक्षणका लागि एकजुट हुनुपर्छ ।
वैज्ञानिक चमत्कार र मानवीय उन्नतिभित्र प्रकृतिको विनाश समेटिनुहँुदैन । यी दुवै फरक–फरक विषय हुन् । विज्ञानको चमत्कार र मान्छेको उन्नतिको सार प्रकृतिभित्रै रहेको छ । विज्ञानले एकपछि अर्को चमत्कार गर्दै गइरहेको छ । त्यसैले मानवीय उन्नति गरिरहेको छ । आज मानवीय जीवनलाई सहज, सुविधायुक्त, छिटो, छरितो बनाउने वैज्ञानिक चमत्कार हो । बढ्दो जनसङ्ख्या, अव्यवस्थित संरचना, जथाभावी प्राकृतिक स्रोत साधनको प्रयोग, दुरूपयोग आदिले प्रकृतिको विनाश हँुदै गइरहेको छ । सबैले दीर्घकालीन सोच बनाएर प्रकृतिको विनाश रोक्नुपर्छ । प्रकृति, वातावरण र मानिस भन्दा फरक सुनिए पनि यी एक–अर्कासँग अन्योन्याश्रित छन् । वातावरण सुरक्षित बनाई प्रकृतिमा सन्तुलन कायम राख्नु नै मानिस स्वयम् सङ्कटमुक्त हुनु हो ।