एक पर्यटकको दैनिक खर्च ५ हजार ४ सय

नेपाल आउने विदेशी पर्यटकले दैनिक ५३ अमेरिकी डलर ९करिब रू। ५ हजार ४ सय० खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ । सन् २०१६ को पर्यटक आगमन संख्या तथा पर्यटन क्षेत्रबाट भएको आम्दानीका आधारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिपर्यटक प्रतिदिन खर्च निकालेको छ । जसअनुसार सन् २०१६ मा एकजना पर्यटकले नेपालमा दैनिक ५ हजार ४ सय रुपैयाँ अर्थात् ५३ अमेरिकी डलर खर्च गरेका छन् ।

दैनिक १७ सय खर्च घट्यो
सन् २०१६ मा पर्यटकले नेपालमा गर्ने दैनिक खर्चमा उच्च गिरावट आएको छ । तथ्यांकअनुसार भूकम्पले थलिएकै वर्ष सन् २०१५ मा नेपाल आएका पर्यटकको प्रतिदिन खर्च ७० डलर ९झन्डै ७ हजार रुपैयाँ० थियो । मन्त्रालयका उच्च अधिकारीहरूका अनुसार सन् २०१५ मा भ्रमण गर्नेभन्दा बढी भूकम्पपछिको राहत र उद्धारका लागि विदेशी नागरिक नेपाल आाएका थिए । उनीहरूको बसाइ अवधि लामो थियो भने खर्च पनि बढी थियो । सोहीकारण पर्यटकको बसाइ अवधि सामान्य र प्रतिदिन प्रतिपर्यटक खर्च सन् २०१५ मा उच्च दरले बढेको थियो । सन् २०१६ मा भने आमपर्यटकले नेपालमा गर्ने खर्चको औसत देखिएको हो ।

केमा हुन्छ बढी खर्च
पर्यटक नेपाल आइसकेपछि गर्ने खर्च र पर्यटक संख्यालाई जोडेर मन्त्रालयले प्रतिपर्यटकले प्रतिदिन गर्ने खर्च निकाल्दै आएको छ । यसमा अन्तर्राष्ट्रिय हवाई टिकटमा लागेको खर्च जोडिँदैन । पर्यटन व्यवसायीहरूका अनुसार हरेक पर्यटकले गर्ने शतप्रतिशत खर्चमध्ये ७० प्रतिशत हवाई टिकट र ३० प्रतिशत अन्य ९होटेल, स्थानीय यातायात, रोयल्टी र भैपरी आउने खर्च०मा उपयोग हुने गर्छ ।

नेपालमा सन् २०१६ को अवधिमा एकजना पर्यटकले खर्च गरेको ५३ अमेरिकी डलर यही ३० प्रतिशत रकममध्येको हो । नेपालमा पर्यटन क्षेत्रबाट वार्षिक ४० देखि ४५ अर्बबराबरको विदेशी मुद्रा आर्जन हुने अनुमान छ । चालू आर्थिक वर्ष ०७३(७४ को ८ महिनामा ३६ अर्ब १९ करोड ९० लाखबराबरको विदेशी मुद्रा आर्जन भएको मन्त्रालयले जानकारी दिएको छ । गत आव ०७२(७३ मा कुल ४१ अर्ब ७६ करोड ५० लाख रुपैयाँबराबरको विदेशी मुद्रा आर्जन भएको थियो ।

नेपालमा पर्यटकले खर्च गर्ने मुख्य क्षेत्र

(होटेल(खाना

(आन्तरिक यातायात ९हवाई(सडक०

(रोयल्टी ९पर्वतारोहण, पदयात्रा, निषेधित क्षेत्रमा प्रवेश अनुमति, राष्ट्रिय निकुञ्ज०

बढेन बसाइ अवधि
नेपालमा लामो समयदेखि बसाइ अवधि भने स्थिर छ । सन् २००६ मा १० दिन औसत बसाइ अवधि रहेकोमा पछिल्लो १० वर्षको अवधिमा केवल तीन दिन मात्र बसाइ अवधि लम्बिएको छ । मन्त्रालयको तथ्यांकअनुसार सन् २००६ मा प्रतिपर्यटक बसाइ अवधि १३।४ दिन रहेको छ । सन् २०१५ मा नेपाल आएको एकजना पर्यटक औसत १३।१ दिन नेपाल बसेको तथ्यांक छ । नेपालमा बसाइ अवधि र दैनिक खर्चको मात्रा राम्रो देखाउन पर्वतारोहण र पदयात्रा प्रडक्टको मुख्य भूमिका रहेको सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स ९सोट्टो० नेपालका निवर्तमान अध्यक्ष यम खड्का बताउँछन् । ‘हामीले पर्यटक आकर्षित गर्ने गरी नयाँ–नयाँ प्रडक्ट नै थप्न सकेका छैनौँ,’ उनले भने, ‘परम्परागत प्रडक्ट बेच्दा खर्च र औसत बसाइ अवधिमा गुणात्मक परिवर्तन देखिने सम्भावना कम हुन्छ ।’