घुमफिरः पहिले सुन्दर नेपाल अनि विदेश (भिडियोसहित)

पछिल्लो समय नेपालीमा घुमफिर संस्कृतिको विकास भइरहेको छ। पर्यटनसँग सम्बन्धित सरोकारवालाहरु आन्तरिक पर्यटन बलियो हुँदै गएको बताउँछन्। कुनै समय विदेशी पर्यटकहरुले मात्र थेग्ने होटल, एयरलाइन्सजस्ता क्षेत्रमा हाल विदेशीको संख्या उल्लेख्य रुपमा नबढ्दा पनि सामान्य व्यापार भइरहेको छ। नेपालमा घुम्नको लागि प्रसस्त गन्तव्य भए पनि पूर्वाधारको अभाव, सेवासुविधाको कमीजस्ता कारणले खुम्चिन पुगेको कतिपयको विचार छ। पोखरा, काठमाडौं, चितवन, लुम्बिनीजस्ता परम्परागत गन्तव्यभन्दा बाहिर पर्यटकहरुको प्रवाह बढेको सरोकारवालाहरुको अनुभव छ। रारा, तिलिचो जस्ता पछिल्लो समय नेपालीहरु धेरै पुगेका गन्तव्य हुन्। यहाँको कला संस्कृति, प्राकृतिक सम्पदा, विविधता सुन्दर पक्ष भएकोले सबैले घुम्न मनपराउने व्यवसायीको अनुभव छ। सुन्दर नेपाल (भिडियाे)

[su_youtube_advanced url=”https://www.youtube.com/watch?v=0hgC0PFjxr8″]