४ हप्तामा ६० लाखले हेरे ‘कुटुमा कुटु’

भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘‘कुटुमा कुटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको चार हप्तामा साठी लाखले हेरेका छन् । छोटो अवधीमा यति धेरै हेरिएको यो पहिलो नेपाली भिडियो समेत बनेको छ । साथै हालसम्म तिन हजार चार सयले कमेन्ट समेत गरेका छन् । असिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष गित ‘‘कुटुमा कुटु’ लोक लयमा आधारित छ । यस गीतमा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

निश्चल र स्वस्तिमाको वास्तविक जोडिलाई दर्शकले पहिलो पटक पर्दामा देख्न पाएका हुन् । ए जी टु वान प्रोडक्शन र ब्लाक हर्स पिक्चर्सको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । यो गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र बुद्धि तामाङलाई पनि देख्न सकिन्छ ।

चलचित्रमा निश्चल र आसिफको मुख्य भूमिका छ । राजनराज सिवाकोटीको शब्द, संगीत तथा स्वरमा तयार पारिएको यो गीतमा राजन इशान र मेलिना राइले पनि स्वर दिएका थिए । यो गीतको भिडियोलाई शिवराम श्रेष्ठले खिचेका हुन् भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गीतको भिडियो निर्देशन गरेका हुन् । कमेडी कथामा यो चलचित्र निर्माण भएको छ ।

   हेर्नुहोस् भिडियो