ट्रम्पका कारण पृथ्वी ध्वस्त हुने लागेको भन्दै बैज्ञानिकले दिए चेतावनी

चर्चित वैज्ञानिक स्टिफन हकिङले पृथ्वीमा जीवनको अस्तित्व ध्वस्त हुने चेतावनी दिएका छन् ।

हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृग्वीमा मानव जीवनको अस्तित्व संकटमा पर्ने चेनावनी दिएका हुन् । उनले पृथ्वी शुक्र ग्रहजस्तो तातो हुने भन्दै जिन्दगी समाप्त हुने बताएका हुन् ।

उनले जलवायु परिवर्तनले यति धेर्र असर गर्न जसको भारपाई सम्भव छैन । हकिङले भविष्यमा सवैभन्दा राम्रो लक्ष दोस्रो ग्रहमा जीवनको सम्भावना खोज्ने हुने बताएका छन् ।

आफ्नो ७५ औं जन्मदिनको अवसरमा बीबीसीसँग कुरा गर्दै भने,‘हामी त्यो स्थितिमा पुगेका छौं जहाँबाट ग्लोबल वार्मिङबाट हुने नोक्सनको भर्पाइ सम्भव छैन । ट्रम्पको फैसलाबाट पृथ्वी शुक्र ग्रह बन्ने अवस्थामा पुग्ने छ र पृथ्वीको तपक्रम बढेर सय डिग्री पुग्ने छ र सल्फ्य्ररिक एसिडको वर्ष हुन थाल्ने छ ।’

उनले भने ‘जलवायु परिवर्तन हाम्रो अगाडि एक ठूलो खतरा हो र यसमा काम गरियो भने यसलाई रोक्न सकिन्छ । जलबायु परिवर्तनको परिणामबाट मुख फेरेर र पेरिस जलवायु सम्झौताबाट हात निकाल्दै ट्रम्पले पर्यावरणलाई यस्तो नोक्सन गर्नेछन् जसको कुनै भरपाई छैन । पृथ्वी एकदम राम्रो ग्रह हो, यो कादमले हामी र हाम्रा बालबालिकालाई खतरामा पु९याइदै छ ।’

स्टिफन हकिङ गम्भीरु न्यूरान बीरामीबाट ग्रस्त छन् । यसको कारण उनी हिडडूल गर्न सक्दैनन् भने उनी बोल्न सक्दैनन् ।

व्ल्याक होल र अन्तरिक्षको उत्पत्तिका विषयमा उनको सिद्धान्तले ब्रम्हाण्डको विषयलाई उनले विकसित गरेका छन् ।

बीबीसीसँगको अन्तरवार्तामा उनले ट्रम्पको फैसलाको सन्दर्भमा मानव जातिको भविष्यलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

के हो पेरिस सम्झौता ?

पेरिस जलवायु सम्झौता वायुमण्डलमा कार्बनडाइ अक्साइडका मात्रालाई कम गर्ने एक प्रयास हो तर डढोनाल्ड ट्रम्पले अमेरिकाको राष्ट्रपति बनेसँगै अमेरिका यस सम्झौताबाट बाहिरिने फैसला गरेका थिए ।

जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसंघको प्यानलमा पनि जलवायु परिवर्तनको सम्भावित खतरालाई लिएर चिन्ता व्यक्त गरिएको छ । बीबीसी