संकल्प निर्मोही र गणेश स्पन्दनको युगल गजल साँझ सम्पन्न

 

मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान भन्ने मूल ध्येयका साथ कुसे न्यूज डट कमले शनिबार युगल गजल साँझ आयोजना गरेको छ । राजधानीको नयाँ बानेश्वरस्थित होटल अर्यालमा आज साँझ साढे पाँच बजे बाट सुरु भएको गजल साँझमा पहिलो पटक कर्णालीका दुई युवागजलकार गुञ्जिएका छन् ।

विगत एक दसक देखि निरन्तर गजल साधनामा तल्लिन मुगुका संकल्प निर्मोही र हुम्लाका गणेश स्पन्दनका करिब दुई दर्जन गजल बाचन भएको आयोजकले जनाएको छ ।

राधानीमा महिनौंजसो भैरहने विभिन्न गजल साँझ भन्दा नविनता आभाष भएको र यो गजल साँझ देशप्रेमप्रति समर्पित भएको आयोजक कुसे न्यूज डट कमका सम्पादक भौतिक मल्लले भन्नुभयो । कुसे न्यूजद्वारा आयोजित पहिलो युगल गजल साँझमा कर्णालीका सिर्जनशील गजलकारलाई आतिथ्य गरेर कुसे न्यूज पनि कर्णालीप्रति समर्पित भएको सम्पादक मल्लले जनाउनु भयो ।

होटल अर्यालमा आयोजना भएको आजको गजल साँझमा विभिन्न प्रतिष्ठित व्यक्तित्व, साहित्यकार तथा बुद्धिजीवीहरुको पनि उपस्थिती रहेको थियो ।