गजल

म झस्कन्छु बिहानै अखबार हेरेपछि
त्यसमा पनि प्रमुख समाचार हेरेपछि
बुझें हजुर मान्छेलाई रोग बढेछ किन
जताततै विषादीको व्यापार हेरेपछि
बिपना पनि सपना लाग्न थालेको छ
छिन छिनमा फेरिने सरकार हेरेपछि
लाग्छ दुनियाँ केमा रमाइरहेको छ
नक्कली सामानहरुको बजार हेरेपछि
गाउँ को बिकास हुने आश मरेको हो
नेताको सहरमा फर्कने हतार हेरेपछि
(गजलकार घिमिरे निजामति सेवामा कार्यरत हुनुहुन्छ)