प्रचण्डले भने – हामी कांग्रेस र एमालेजस्तो सामाजिक हुन सकेनौँ

स्थानिय तहको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएपछि बोलाइएको माओवादी पार्टीको केन्द्रीय सचिवालय वैठकमा बोल्दै प्रचण्डले भने । जनयुद्धका १० बर्षमा हामीले धेरै ठक्कर खायौं। हामीले माओवादी मान्यता स्थापित गर्यौँ । मानिसहरु माओवादी ध्वस्त मात्र गर्छ भन्ने सोचेका थिएँ । मैले १० महिना सरकार चलाएपछि जनतालाई सन्देश दियौँ कि माओवादीले बनाउन पनि सक्छ । १० महिनामा मैले यतिधेरै काम गरेँ कि यसको बर्णन गरेर पुग्दैन । आर्थिक बृद्धिदर ७ दशमलव ८ प्रतिशत रह्यो । लोडसेडिङ अन्त्य भयो । स्थानीय तहको चुनाव भयो । विदेश नीति सन्तुलित बनाइयो । काँग्रेस र एमालले नेतृत्वका सरकारबाट हुन नसकेका काम माओवादी नेतृत्वको सरकारबाट भयो, त्यो पनि निकै छोटो अवधीमा । यतिहुँदा पनि भोट काँग्रेस–एमालले लगे । सवै एजेन्डा हाम्रा । भोट काँग्रेस र एमालले पाउने ! अनौठो भयो । हामीले यसको गम्भीर समीक्षा गर्नपर्छ । निर्वाचनमा हामीले अपेक्षा गरे अनुसार भोट आएन । जनतालाई विकास दियौँ, लोडसेडिङ हटायौँ, अरु काम पनि भए । जे गरेपनि भोट नआउने भएपछि केही न केही कमजोरी त छ । यो पत्ता लगाउनमैले वैठक बोलाएको हुँ ।

 

पार्टी विभाजनले जनता निशास भए । एकपछि अर्को गरेर श्रृखलाबद्ध रुपमा पार्टी विभाजन भयो । एउटा माओवादीले अर्को माओवादीलाई प्रतिक्रियावादी भन्दै धुने काम गर्यौँ, त्यो पनि जनताले देखे । यो विचमा काँग्रेस–एमालेजस्तो सामाजिक भएर जनताकहाँ जान सकेनौँ । हामी व्यक्तिवादी, पदवादी, गुटवादी, पदलोलुप भयौँ । जनयुद्धमा जसरी जनतासँग हामी नङ र मासुजस्तै जोडिएका थियौँ । यो कुरा अहिले काँग्रेस–एमालेले सिके । बाटोघाटो, पुलपुलेशामा हामीले काम गर्न सकेनौँ । केन्द्बाट हामीले बजेट पठाउने काँग्रेस–एमालेलेका नेताले तल–तल हामीले ल्यायौँ भनेर प्रचार गरे । हामी यदुवंशी बन्यौँ । जनताले बुझेनन् । चेतना र शिक्षा नदिएपछि जनताबाट हामीले कसरी भोट पाउने !

पैसा र एनजिओबाट चुनाव जित्न सकिन्न । संगठन नबनाउने हो भने पाटीै भंग गर्दा हुन्छ । माक्र्स, एंगेल्सले पनि यस्तै कुरा गरेका थिए । हेडक्वाटरमै गुट बनाइदिने, गुट बनाएर बार्गेनिङ गर्ने प्रवृति व्यप्त छ । गुट बनाएर बार्गेनिङ गर्ने चलनलाई इतिहासले राम्रो मान्दैन । जिउ ज्यान धान्न मात्र पार्टी बनाउने हो र ? कोही रोएर यो पार्टीमा किन बस्ने ? पैसा, गुण्डा विदेशी शक्तिलाई जित्ने एउटै आधार भनेको संगठन हो ।

 

काँग्रेस–एमालेले पनि भन्न थालेका थिए, पाँच–सात महिना अगाडि सम्म माओवादी छैन भन्थे । चुनावमा माओवादी देखियो भन्थे उनीहरु । अहिले पनि माओवादीलाई कमजोर बनाउन सवै लागेका छन् । अव केन्द्रीय समिति सानो बनाउने कुरा हुन्छ ।