गजल/आज भोलि किन हो……

आज भोलि किन हो माया मार्न थालेकि छौ ।
आफुलार्इ जति सक्दो पर सार्न थालेकि छौ ।।
जान्ने कोसिस धेरै गरें तिम्रो मनको भित्री कुरा
तर तिम्ले अनेक बहानामा टार्न थालेकि छौ ।
दुई मुटु एक हुने बाचा कसम थियो हाम्रो
तर किन मौनताले एक्लो पार्न खोजेकि छौ ।
सुख दुख जिन्दगिमा आउने जाने रित हो
फेरि किन यत्तिकैमा आफै हार्न खोजेकि छौ ।
तिमी हाँसि दिदा मात्र मलार्इ शान्ति मिल्छ
अचेल तिम्ले मुस्कान अन्तै झार्न थालेकि छौ ।