बम टिपेर फाल्ने हवल्दार राना बढुवा

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका–३ को आधारभूत विद्यालय प्रतापकोट अन्तर्गत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम तत्काल समातेर फालेर चर्चामा आएका प्रहरी हवल्दार दुर्गाबहादुर रानाको असईमा बढुवा भएको छ ।

 

प्रहरी प्रधान कार्यलयले रानाको प्रहरी सहायक निरीक्षक (असइ)मा बढुवा भएको बताएको छ । उच्च स्रोतका अनुसार उनको साहसिक कार्यको उच्च मूल्याङ्कन गर्दै बढुवा गरिएको हो ।

 

त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले रानाको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गरेका थिए ।

 

अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम पड्किनै लाग्दा पनि हबल्दार रानाले भुईमा खस्नासाथ सुरक्षित स्थानमा फालेर सम्भावित जनधनको क्षति हुनबाट जोगाएका थिए ।