कथा/ फेरि कोरिया आएँ

सत्य घटनामा आधारित परदेश र प्रेमको सपना

परदेशी मायालु

 
 शनिबार साथीहरू जम्मा भएर रमाइलो गर्ने चलन हुन्छ बिदेशमा । कोहि बाहिर घुम्न निस्किन्छन् त कोहि कोठामै दिन बिताउने गर्छन् । साँझको समय मिलन दाइले फोनमा भेट्न मन लागेको कुरा बताउनु भो । हुन त परदेशमा कुनै नेपाली अनुहार देखियो भने आफ्नै दाइभाइ दिदीबाहिनी जस्तो लाग्छ अझ हामी त नेपालबाट सँगै आएकोले बढि नजिक भावनात्मक रुपले ।
 
 यस्तै भेट्मा सुख दुःख साट्छौ । खानपिन गर्छौ । पिउने कुरा बडो अचम्मको । हामीले सराब पिउछौ सराबले सबै शारिरिक र मानसिक मनका पीर ब्यथा पिइदिन्छ र केही ओकलीदिन्छ पनि । मलाई पनि पिउन आग्रह गरेपछी नाइ भन्न सकिन, करै लाग्यो ।
उता साउण्ड सिस्टममा गित पनि बज्यो “पिउदिन भन्दा भन्दै पिलायो साथिले’’ गति सकिए पछि मिलन दाइले भन्नु भो ! एउटा कथा लेखिदिनु पर्यो भाइ ?
मैले सोधें कस्को दाइ ? मेरो जिन्दगी को नि भाइ ! अनि भन्दै जानु भो ! (बुबाको देहावसान पछि घरमा जेठो सन्तानको हकले एक्लो अभिभावक भएँ ! एउटा कान्छी बहिनी अनि आमा शिवाय अरु कोहि छैनन् परिवारमा । आमाको स्वास्थ्यमा त्यति सुधार आउँदैन बेला बेला उहाँ पनि बिरामी परिरहनुहुन्छ, त्यसमाथि भर्खरै शोक र सन्ततिले सताएको छ । बेरोजगारी गाउँले जिन्दगी बडो उत्तार–चढाव मै बित्यो । घरमा कमाएर ल्याउने मुख्य मान्छे बुबा नै नरहे पछि अति संकट र अभावमै गुज्रिएँ, यी अँध्यारा रातजस्ता ती काला दिनहरु । धन्न प्रत्येक बिहान सुर्य उदाएर दिनको पहिचान झल्किन्छ नत्र निस्पट अँध्यारा रात सरह न हुन् मेरो लागि यी विरक्त घडीहरु ।
 
 एक बर्ष बित्यो बुबाको सराद पनि गरियो । समय र परिवेशले बिस्तारै बिस्तारै हामीलाई बुबाको याद र न्यास्रो भुलायो । तस्बिरमा बाहेक सपनामा बुबाको छायाँ मलिन हुँदै गयो, बिर्सनु पनि पर्नेरहेछ त्यो समयको खेल न हो यथार्थमा जिन्दगीको । बहिनी कुशुम ट मा पढ्छे । गाउँको सकिएपछि अब उच्च शिक्षा र रोजेरोटीको लागि सहरमा छिर्ने सोच बनाएँ, प्राय जसो सबै गाउँका सर्बसाधारण युवाहरू यहि गर्थे । सामान्य लेखपढ् ग्रामीण क्षेत्रमै गरेर मात्रै सहरमा झर्नुपर्छ हामीलाई पाएक र नजिक पर्ने सहर त्यै बुटवल हो । त्यहिँ गएर पढ्ने निधो बनाए । घरमा बुढी आमा र सानी बहिनीलाई छोडेर मलाई सहर छिर्न मन त कहाँ हो र तर चिन्ता थियो भविष्यको ! ता कि समयमै पढेर उमेर पुगेपछि बिबाह गर्नुपर्छ, सानो तिनो स्वरोजगारको आडमा । त्यसपछि आफ्नो घरपरिवारलाई स्वदेशमै सुख–दुःखका साथ पाल्न सकु ! घरको आशा र भरोषा भन्नू मै हु ! यसरी नै लहरीदै जिन्दगीमा पहिलो चोटि आमाको काख र प्यारो गाउँ अर्घाखाँची छोडनु पर्यो ।
 
 दुःख आज र अहिलेकै उमेरमा गर्नु पर्छ अनि त भोलि राम्रो हुन्छ ! कलेजमा भर्ना भएँ र पाएसम्म सानो जागिर गर्नु आवस्यक ठानें । नत्र हुनेखानेहरुको शहर यो अड्डामा हामीलाई बाँच्न त के एक फोका स्वास फेर्न पनि बिना अक्सिजन तातो हावाको मद्दत लिनुपर्छ । बल्लतल्ल बुटवलमा एउटा बिमा कम्पनीको अफिसमा काम गर्ने अबसर पाएँ । बिहान क्याम्पस अनि दिनमा जागिरे जिन्दगी त्यसले भ्याइनभ्याई केही हदसम्मको गुजारा चल्यो । जब त्यहाँ आएँ, मिरासंग क्याम्पसमा अप्रत्याशिक भेट भयो र सुरुमा हामीले साथित्वको ढंगले परिचय गर्यौ, बिस्तारै एकअर्कालाई बुझ्दै जाँदा हामी छिट्टै प्रेमीप्रेमिकाको नातामा परिणत भयौ । उनी मलाई राम्रोसँग बुझ्छिन् अनि म पनि उनीलाई । हामी एकअर्कालाई खुब माया गर्छौ । उनी सहरकि एक धनी खान्दानी घरपरिवारको छत्रछायाँमा हुर्केकी बाहुनकि छोरी, धेरै पढेंकि ज्ञानी, सुन्दरी, सबै गुणले भरिपूर्ण । म जब त्यो गाउँ छोडें बुटवल गएँ, उनलाई भेटेँ उनी मेरो क्याम्पसदेखि दैनिक जीवनको सहारा बनिन् । सहरको बसाइ कहिले घाम कहिले पानी सहेर भएपनि स्नातक तह सकाएपछि आफ्नै गाउँमा उतै केही गर्ने नभए बिदेश तिर जाउँला भन्ने मन लिएर जुन सुनौला सपनाहरू बोकेर सहर छिरेको थिएँ दुरुस्त उजाड मरुभूमि जस्तै बाँझो मन अनि छ्ड्के झोलामा आमा र बहिनीलाई एकएक जोर कपडा अनि सर्टिफिकेट बोकेर, पुनः जन्म थलोमै फर्किएँ । बहिनीको एस.एल.सी. तयारी छ, उसको नर्स पढ्ने इच्छा सकेको पूरा गरिदिने धोको छ । आमाका दिन ढल्कँदै छन्, पहिले जस्तो काम गर्ने सक्ने शारीरिक अवस्था छैन घरधन्दाबाहेक ।
 
 समय बित्दै जाँदा एकदिन आमाले भन्नुभयो बाबु तँ धेरै पढिस् जाघिरको टुंगो छैन अब बिबाह गर । तेरो उमेर पनि पुगिसक्यो । बुहारी ल्याएपछि हामीलाई नि सजिलो होला तँलाई पनि बाहिर जानुपर्छ कुनैदिन । देश परदेश धाउनुपर्छ, लोग्ने मान्छेको जातले बन खानुपर्छ । हामी महिलाले जस्तो घर बसेर हुदैन । तेरो बुबाले यसै गरेकोले यो घर चलेको थियो । आज उहाँ नहुँदा रिनले जग हालिसक्यो । अब यो संकट तेरो थाप्लोमा आयो । दुःखमा हुर्किस् दुःख गर् बाबु । भगवानले पनि हेर्लान् कि ? जसको कोहि हुँदैन उसको भगवान हुन्छन रे ! आमा सुसेलिनु हुन्छ बेलाबेलामा । हरेक साँझमा पनि त्यै कुरा दोहोराउनु हुन्थ्यो ।
 
 मिरा उनी मेरो पहिलो प्रेम । भोलि बिहानै यही कुरा आमालाई भनें, आमा झर्किनु भो ‘को मिरा ? सहरकि केटी गाउँमा काम गरेर खान सक्ली त ? फेरि भर पनि लाग्दैन ! अनि त आमाको मलिन चेहरामा एक फिका मुस्काले गालाको चाउरी हट्याे ! बहिनी कुशम पनि उत्पात खुसी भइ छिट्टै भाउजू पाउने आशाले ! म भने बढो गम्भीर भएँ अब पुर्ण रूपमा अभिभावक बन्नुछ र यो घर मिरालाइ सुहाउँदैन । कतै हिजोको त्यो बृहत हावामा सजाएको प्रेमालयकि रानीले आज यो मेरो झुपडी स्विकार्छिन् कि या नकार्छिन् । यस्तै यस्तै हुरिबताँस चल्यो मनमा । अनि मिरालाई फोनमा खबर सुनाएँ आमाको राय सहि छ अब छिट्टै विवाह गर्नुपर्छ रे । उनले घरमा सल्लाह गरेर बुटवल आउन आग्रह गरिन् मैले पनि त्यै गरेँ ! बुटवलमा केही दिन बसाई गरेर लगत्तै अर्घाखाँची आयौँ । मिरालाइ बिबाह गरेरमात्र बुटवलमा फर्किने कुरा सुनाएँ उनी राजी भइन्, गाउँमा गाह्रो हुन्छ बरु आमा लाई र बहिनीलाई पनि उतै लगेर पाल्ने व्यवस्था गरौं तपाईंले पुन बिमा कम्पनीको जागीर गर्नुस् म पनि कुनै बोर्डिङमा पढाइदिने गर्छु त्यतिले हाम्रो घरपरिवारलाई पुगिहाल्छ । मिराको कुरा पनि ठिकै लाग्यो । घरमा सल्लाह गरे केहि महिनामा हामी बुटवल झर्यौ । मिराको घरमा अझै सन्तुष्टी छैनन् । खान्दानी छोरी गाउँले बेरोजगारी युवकसँग बिहे गरेकोले । पुनः जिन्दगीमा उतारचढाव सुरु भो, अबका दिन भने केही असहज ढंगले बितेको महसुस भयो ! एक बर्ष बित्यो स्वदेशमा त्यतिको जाघिरले घर खर्च नधानेपछि मिरासंग सल्लाह गरेर बिदेशिने निर्णय गरें ! खाडिमा जान मनले मानेन बरु भाषामा उत्तिर्ण गरेर यतै आउन मन लाग्यो ।
 
 कोरिया कमाई राम्रो हुने गन्तव्य ! बिहान दुई घन्टा कलास लिएर तीन महिनापछि परीक्षामा पास भएँ ! अब धेरै कुर्नु नपर्ने भयो सबै तारताम्य भएपछि करिब ५ महीनामै सुन्दर शहर हरियाली कोरिया देखियो, कम्पनीमा गए नेपाली दाइहरु पनि रहेछन् । काम राम्रो दाम राम्रो तर मन नराम्रो, नरमाइलो । जहिल्यै उराठ, वैराग । घुमिफिरी जहाँको मन त्यही, घरमै पुग्छ । आमा, बहिनी र मिनाको न्यास्रोले कहिले सताएको भान हुन्छ । म यहाँ आएदेखि सम्पुर्ण जिम्मेवारी मिराको काँधमा छ। जसोतसो दुई बर्स बित्यो छुट्टीमा घर गएँ । आमालाई ठिकै थियो कुशुमले आफ्नो नर्सिङ अध्ययनलाई राम्रो गरेकी रहिछ । ससुरालीमा म ज्वाइँ स्विकार भए मिरालाई पनि ठिकै भएको महशुस गरें ! यदि बेठीक हुँदो हो त उनीहरुको मनको कुरा भगवानले बुझुन् । सबैथोक पाएर पनि मान्छेले केही गुमाएका पलहरु सम्झिन्छ बितेको अतित कोट्याउँछ । मिनाको मनले पनि मेरो अन्र्तमनसंग यहि सम्वाद गर्छ, बुझ्छु त्यो हर्कत तर विडम्वना मेरो पिडा कस्ले बुझिदिने आफ्नो सुन्दर स्वर्गजस्तो मिलेको घर परिवार छोड्नु बाध्यता नभएर कसलाई पो रहर हुँदोहो ! आमाले भन्नुभयो अब बाहिर नजा बाबु यतै बस्नुपर्छ सानो घर जग्गा भए पछि पुगिहाल्छ पैसाले मान्छेलाई कहिल्यै पुग्दैन, आखिर मरेर लग्ने कसैले होइन । बाँचुन्जेल खाना र लगाउन पुगे भैहाल्छ !
  
तीन महिनाको छुट्टी बित्यो दुई बर्षको कमाईले बुटवलमा सानो जग्गा किने । घर बनाउन भने सम्भावना थिएन त्यसको लागि पुनर्वास हुनुपर्ने स्थिति आयो । आमा देश र प्रियलाई पुनः मुटुमा राखेर भारी मनको बिमानले आकाशमा सन्तुलन गुमाएर कतै हावासंग कतै बादलसंग त कतै हुस्सुसंग तिर्मिरायो, र पुन अवतरण गराइयो सुन्दर सपनाको सहर कोरियामा ! कम्पनी काम सुरु गरे अबका दिनहरु विशेष ढंगले बितुन भन्ने मेरो चाहना थियो । साथीहरूसंग धेरै भेटघाट रमाइलो र त्यति खर्च गर्ने समय दिइन् । छिटो पैसा कमाउनु छ मिनालाइ आफ्नै घरमा राख्नुछ । डेरावाला जिन्दगीको परिचय मेटाउनुछ । आएको चार पाँच महिना नबित्दै मिराको तल्लो पेट दुख्ने समस्या सुरु भएको भनिन् । मैले डाक्टरको सल्लाहमा औषधि प्रयोग गर्नु भन्ने कुरा बताएँ !
 
अर्को शनिबार एक्कासि घरबाट फोन आयो, कुशुम बोली । भाउजुको गर्भपतन भएर अस्पतालमा भर्ना कुरा छर्लङ्ग पारी ! सन्चो बिसन्चोबारे बुझ्दा अबको तीन दिन भित्र मिरा डिस्चार्ज हुने रहिछन् । मनमनै पुकारेँ, धन्य ईश्वर मिनालाई बचायौं ! जिन्दगीमा मेरो सबैथोक उनि हुन् जो मलाई घरपरिवारको समर्थन बिना पति स्वीकार गरिन । त्यसकारण उनीबाट धोकाको संका कहिल्यै राख्ने दुस्साहस भयन । जिन्दगीको यात्रा यति बिग्न प्रगाढ भैसकेपछि अरु कुराहरुमा साँध लगाउन मन के लाग्थ्यो र । सबैथोक उनैको त हो जति म सग छ । जिउन जान्यो भने जिन्दगी साँच्चिकै सुन्दर छ ।
 
कैयौं उदाहरणहरु छन् श्रीमान श्रीमती बिचका दुइटा फरक फरक अपरिचित ब्यक्ति बिच संसारमा यति पबित्र अनि अमर नाता साइनो गासिन्छ भने त्यो नाता हो पति पत्नी ! यहि बिश्वासको परिधिभित्र म आज फसेको छु भाइ । मेरो पुरै कोरियाको कमाई मिनाको एकाउन्टमा जम्मा थियो घरमा जानुभन्दा पहिले दुई महिना देखि घरमा मिनाको उपस्थिति पातलो भएको कुरा बहिनीले मलाई जानकारी गराइन् । कहिले साँझ अबेर आउने कहिले बिना काम र अनुमती बिना बाहिर बस्ने र केटा साथमा हिँड्ने भन्ने कुरा थाहा पाएपछि मैले मिरालाई फोनमा भने नेपाल फर्किदै छु ! अब धेरै दिन बाँकि छैन । एकाएक उसको व्यबहार र मन परिवर्तन भएको खबरले मलाई चाडै नेपाल फर्किए । भनिन्छ नारी हृदय चन्द्रमाको कला हो रहेछ त्यो प्रारुप देखियो छर्लङ्ग ! थाहा थिएन गल्ती मेरो हो या उसको । म परदेशी भएँ केही खुशीको लागि केही क्षण मात्रै । म फर्किनु मलाई उसको अभाव थियो तर उसलाई भने मेरो अभाव होइन उसलाई पैसाको अभाव रहेछ र त उसले मलाई होईन पैसालाई प्रेम गरेकी गरिरहि ।
 
 
जब म नेपाल गए भैरहवा जिल्ला अदालतले मलाई एउटा यस्तो कागजमा साइन गर्न बाध्य बनायो म सम्पुर्ण रुपले हारें आफ्नै जिन्दगीदेखि हारें । मेरा हारहरु मेरै गल्ती हुन्, हाम्रो सम्बन्ध त्यै कागजमै टुंगियो “डिभोर्स’’ को माग पछि उ चोखो र निर्दोष साबित भई तर यो मनको अदालतले उसलाई सँधै धोकेबाज र स्वार्थी ठहराइ रह्यो । मैले जिन्दगीभरको कमाई र श्रीमती गुमाएपछि पुनः कोरिया आएँ !