गजल/ जिन्दगीको रङ्ग बद्लीयो…………

          सुशान्त सुवेदी, भक्तपुर

प्रकृतिले बेग्लै रूप दियो आमा नहुँदा ।
जिन्दगीको रङ्ग बद्लीयो आमा नहुँदा ।

 

देखेँ मृत्यु शय्यामा वर्षौ पछि घर फर्कदा,
सग्लो छोरो बेहोश् थियो आमा नहुँदा ।

 

मेरो सपनाको खानी निष्ठुर चिहानले खोसेपछि,
कल्पियो मनले के(के कल्पियो आमा नहुँदा ।

 

अपरिभाषित शब्द आमाको परिभाषा के दिउँ,
जित्नै पर्ने खेल हारियो आमा नहुँदा ।

 

मुटु भित्र रहेको आमाको यो प्यार धब्बा,
न आफै गयो न सुल्झियो आमा नहुँदा ।