काठमाडौंमा संगठित भए मुगालीहरु

नवगठित मुगु–काठमाडौं समन्वय समितिको साथमा माअाेवादी नेताहरू

काठमाडौंमा बस्ने मुगुवासीहरुको अधिकार र हितका निम्ति मुगालीहरु काठमाडौंमा संगठित भएका छन् । राजधानीमा बस्ने नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) निकट व्यवसायी, विद्यार्थी, कर्मचारीहरुको संगठन मुगु–काठमाडौं समन्वय समिति गठन भएको छ ।

 

माओवादी केन्द्र निकट नवगठित मुगु–काठमाडौं समन्वय समितिको ईन्चार्जमा इन्जिनियर हेमराज शाही निर्वाचित हुनुभएको छ भने दल बहादुर वि. क. को संयोजकत्वमा ९ सदस्सिय समन्वय समिति चयन भएको मुगुका विद्यार्थी नेता देबिकृष्ण रोकायाले बताउनु भयो । समितिको सचिवमा पेमा लामा, सदस्यमा सुकधन भियाल, बिरेन्द्र मल्ल, आइत वि. क., चन्द्रमल भियाल र जगत कुमार विष्ट निर्वाचित हुनुभएको छ ।

 

माओवादी केन्द्रमा पोलिट ब्यूरो सदस्य मंगल बहादुर शाही, माओवादी केन्द्र मुगुका इन्चार्ज मानव प्रकाश, युवा नेता कालिबहादुर रावल, बरिष्ठ पर्यटन व्यवसायी तथा समाज सेवी राज बहादुर कार्कीलगायतको आतिथ्य रहेको थियो ।
समितिले राजधानीमा रहेका मुगालीहरुको नामावली संकलन गर्ने, मुगालीहरूकाे अधिकार र हितका लागि लड्ने, मुगु र काठमाडाैंकाे पूलकाे रूपमा काम गर्ने, दुःख परेका मुगालीहरूलार्इ सहयोग जुटाउने लगायतका कार्य गर्ने निर्णय गरीएको संयोजक दल बहादुर विकले जानकारी दिनु भयो ।