दुखायौ मेरो दिल ……….

दुखायौ मेरो दिल बचन लगाई
अन्त जादैछौ तिमी लगन जुराई
नसोध तिमीलाई कस्तो छ भनेर
समय पर्खेको छु कफन समाई
जिन्दगी दुईचार दिनको पाहुना हो
मनले माया गर मनले मन जिताई
जो हाम्रो समाजको भलो चाहन्छ
अकाल मर्छ अन्याय सहन नपाई
के पायौ र तिमीले यो समाजबाट
सास फेर्ने मेरो यो धड्कन रोकाई
तिम्रा आँशु मलाई देउँ लिएर जान्छु
बस तिमी हासी हासी जीवन चलाई