प्रिय गणतन्त्र, तिमिलार्इ गरिबको झुपडीमा अाउनु भनेको थिएँ !

म साेच्दैै अाज एकान्तमा एक्लै गुनगुनाइ रहेकाे छु । म देश छाडेर परदेशमा छु । परदेशमा हुनुको पिडा मलाई मात्र होइन । मेरा देशका लाखौं नेपाली युवाले भाेगेका छन् । देश छाेड्नुकाे पिडा अाफ्ना अाफन्त घरपरिवार सामाज र राष्ट्रलाई छाेड्नुकाे पिडा । कति हुन्छ भनेर कसैले नसाेध्नु हाेला । किनकि लाखौं नेपाली युवाले अाफ्नाे जिवनकाे अत्यन्तै महत्त्वपूर्ण समय परदेशमा बिताउनु परेको छ । यो रहर होइन । बाध्यता हो । नेपाली युवाको । र मेरो पनि त्यही बाध्यता हो ।

प्रकाश कुमार सिहँ जाजरकोट, हाल – मलेसीया

गरिबका दिन पनि अाउँछन् भनेर उ त्यो मैले सुनेको गणतन्त्र ल्याउने अभियान लाग्दा मैले मेरा किताब हाल्ने झाेलामा बम हालेर लगेको कलम समाउने हातले बन्दुक बाेकेको अाज पनि बिर्सेकाे छैन । किनकि मैले सुनेको थिए । तिमी त साँच्चै गरिब दुखिकाे र पक्यमा छौ रे गणतन्त्र । भाेकाहरुकाे भाेकमा दुखिहरुकाे दुखमा अाउने तिमी त महान छौ रे भन्ने सुनेर थिएँ गणतन्त्र  !

 

तिमीलाई ल्याउन मेेैले कति दिन भाेकै बसेकाे छु । प्रिय गणतन्त्र । अझै भनौ तिमिलाइ ल्याउन मैले कति हुन कति दिन अनि रातहरु कठिन सँघर्षमा बिताएकाे छु । मैले मेरा बालापनका र युवा अवस्थाका रहरहरु तिमिलाइ भित्र्याउन खर्चेको छु । साँच्चै भन्ने हो । गणतन्त्र मैले रगतको नदि बगाएको छु । थुप्रै गाउँ अनि बस्तीमा रात बिताएको छु । तर तिमी त साँच्चिकै निर्दयी रहेछौं । गणतन्त्र किन अाएनौ ?
एक छाक खान नपुग्ने एक गरिब घरमा । ए गणतन्त्र तिम्रो प्रतिक्षामा उ कतिदिन तडपिएकाे । कतिदिन राेएकाे । ए गणतन्त्र तिम्रो पक्यमा उसले कति ठुल्ल ठुलो अावाजमा नारा लगाएको थियोे तिमिलाइ थाहा छ ?
ए गणतन्त्र तिमी किन मौन छौ ? कहिले अाउछौ गरिबकाे झुपडीमा तिम्रो स्वागतमा उसले दियो बालेको पनि बर्षौ भयो । तिमी पहिलो पल्ट अाउदा उ निदाउन सकेन खुसिले ।तिम्रो पक्यमा बाेल्दा सहिद भएको सहिद अामाले पनि तिमीलाई पर्खेर बसेकि छन । तिमीलाई सन्देश सुनाउन ।

अाउ छिटै अाउ । सहिदहरुले छाेडेकाे सन्देश सुनाउनु छ । घाइतेहरु र अपांगहरुकाे पिडा सुनाउनु छ । तिमि छिटै अाउ गरिबकाे बस्तीमा । तिमिलाई ल्याउन रगत बगाएको उसले ठुला धनीलाई धनी बनाउन होइन । गरिबकाे चुलोमा दिअाे बाल्न हो । भाेकै हिडेकाे दुखिका दिन ल्याउन जनताको राज गर्न हो गणतन्त्र । तिमी साँच्चै कहिले हो अाउने किसानकाे घरमा ? तिमी कहिले हो अाउने बर्षौ तिम्रो प्रतीक्षा गरेको झुपडीमा । जनअान्दाेलनमा गणतन्त्र जिन्दावादका नारा लगाउदै सहिद भएको घरमा अाउ गणतन्त्र । निमुखा ती बर्षौ देखि उत्पिडनमा परेका बस्तीमा अाउ किनकि सबैभन्दा ती बस्तीले हो तिमिलाइ भित्र्याउन रगत बगाएको । बिकट बस्ती जहाँ राेग भाेग र पिडामा छ त्यहि अवस्था बदल्न हो तिमिलाइ भित्र्याएकाे हो गणतन्त्र  । मलाई कहिलेकाही यस्तो लाग्छ जतिसुकै ब्यवस्था फरिए पनि उनै ठुला बडाहरु हालि मुहालि हुने हो । भने हामीलाई किन चाहियो प्रजातन्त्र ? किन चाहियो बहुदल ? किन चाहियो गणतन्त्र । हिजो राणाहरुले शासन गरे राजाहरुले शासन गरे पछि पँचायतका नाममा शासन गरे त्यसपछि बहुदलका शासन गरे अहिले गणतन्त्रकाे नाममा दलहरूले शासन गरे । ब्यवस्था जतिसुकै फेरिए पात्रहरू फेरिए । तर प्रबृत्ति कहिलै फेरिएन ।

 

मैले भन्ने गरेकाे प्रिय गणतन्त्रमा पनि उहीँ प्रबृत्ति भयो उहीँ मान्छे भयो म कसरि अाफ्नाे भनौ । अब त तिमी फर्केर अाउनु पर्छ गरिबका घर । तिर तिम्रो प्रतिक्षामा हजारौं बस्तिहरु छन । तिम्रो स्वागतमा ए गणतन्त्र । साँच्चिकै परिवर्तनको महसुस दिलाउ तिमी अाउन खुसिकाे मुस्कान लिएर अाउ राप्ती कर्णाली भेरी सेति माहाकालिका बस्तीहरु तिम्रो प्रतिक्षामा कुरिरहेका छन । साँच्चिकै तिमी झुपडीमा अाउ गणतन्त्र ।