राजधानीमा आज कर्णालीको सांस्कृतिक बहस हुँदै

कर्णालीको साहित्य र संस्कृतिलाई चिनाउन राजधानीमा बृहद अन्तरक्रिया तथा रचना बाचन कार्यक्रम हँुदैछ । २१ गते शनिबार ११ बजे काठमाण्डुको प्रदर्शनिमार्गस्थित नेपाल ल क्याम्पसको सभाहलमा नेपाली सभ्यता, भाषा, साहित्य र संस्कृतिको उद्गम भलो कर्णालीका लेखक, पत्रकार, बुद्धिजिवी, नेता, कलाकार तथा साहित्यकार एकै ठाउँमा जम्मा भएर बृहद अन्तक्र्रिया तथा रचना बाचन कार्यक्रम हुन लागेको हो ।

 

हाम्रो भन्दा अगाडीको पुस्ताले केहि हदसम्म प्रयास ग¥यो, अब हाम्रो युवा पुस्ताले काठमाडौंमा नयाँ ढंगले सिर्जनामार्फत् कर्णाली चिनाउने बताउँदै कर्णालीका युवा गजलकार एवम् कार्यक्रमका आयोजक प्रकाश बम ‘परिश्रमी’ले भने “नयाँ सोच र जोस भएको युवा सर्जक, कलाकार र संस्कृतिकर्मीहरुको टिम छ । यो टिमले हरेक महिना नेपाली समाजको आधुनिकतासंगै आफ्नो मूलभूमि भुल्दै गएको परिदृश्यमा यसखालका कार्यक्रमले सार्थकता पाउने देखिन्छ । निस्वार्थ र दृढ संकल्पसहित हामी युवाहरुको जमात हाम्रो कर्णालीका भाषिक, साँस्कृतिक तथा साहित्यिक पहिचानका लागि तयार भएकाले हाम्रा योजना पूरा हुन्छन् र गरेरै छाड्छौं” ।

 

यसखालका सिर्जनशिल क्रियाकलापले राजधानीबाट दुर्गम मानिएको तर हाम्रो भाषा, सभ्यता, इतिहाँस र सांस्कृतिक विरासत बोकेको कर्णालीको कर्णालीको पहिचान बढाउन मद्दत पुग्ने देखिन्छ ।