काठमाण्डुमा गुञ्जियो कर्णाली (फोटो फिचर)

लेख जानु काफल खानु देउडा गीत गाउनु
संस्कृतिको राम हेर्ने भया कर्नालीमा आउनु
कालिकोटका युवा श्रष्टा रत्न कमल बिष्टको यहि देउडा गितले कर्णाली गुञ्जिन सुरु गरेको थियो । र राजधानीमा उपलब्ध कर्णालीको संस्कृतिलाई माया गर्ने कर्णालीवासीको साँस्कृतिक, साहित्यिक मनोरञ्जन पनि पूर्णता पाउन सुरु गरेको थियो ।
कर्णाली कला संस्कृति प्रतिष्ठान, काठमाडौंले नेपाल ल क्याम्पसको सभा हलमा आयोजना गरेको बृहद अन्तरक्रिया तथा रचना वाचन कार्यक्रममा कर्णाली कला संस्कृति प्रतिष्ठानका प्रकाश परिश्रमी र दीपक अभिलाषीले सञ्चान गर्नुभएको थियो । प्रतिष्ठानका संयोजक निर्मोही संकल्पले सभापतित्व गर्नुभएको थियो भने कर्णालीका संस्कृति प्रेमी नेता तथा सांसद मोहन बानियाँले प्रमुख आतिथ्य गर्नु भएको थियो । कर्णालीका बरिष्ठ नेता हस्त बहादुर मल्लले विशेष आतिथ्य गर्नु भएको थियो भने कर्णालीका पुराना नेता पदम बहादुर मल्ल, बरिष्ठ पत्रकार तथा बृद्धिजिवी प्रेम कैदी, कर्णालीका अनुसन्धान कर्ता डा. दिपेन्द्र रोकाया, प्रगतिशील लेखक संघका बरिष्ठ उपाध्यक्ष राज बहादुर कुँवर, नेपाली लेखक संघका उपाध्यक्ष मोतिराज बम, नरहरिनाथ कला साहित्य प्रतिष्ठानका अध्यक्ष रत्न कमल विष्ट, रारा पर्यटन विकास समितिका अध्यक्ष देबिकृष्ण रोकायाले आतिथ्य गर्नुभएको कार्यक्रममा झण्डै दुई सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको पहिलो खण्डको ३ घण्टा कर्णाली र कर्णाली बाहिरका ५ दर्जन बढि श्रष्टाहरुले कर्णालीपन भएका रचना वाचन गरेका थिए । कर्णाली बाहिरबाट कार्यक्रमको रौनकता थप्न उपस्थित श्रष्टाहरुका कर्णालीकै भाका बोलेका उत्कृट सिर्जनाले पनि कार्यक्रमको रौनकता छाएको थियो ।
राजेन्द्र घिमिरे, कपिल अन्जान, कमल संघर्ष, लक्ष्मण संगम, रविना घिमिरे, सुशान्त सुवेदीलगायतका १ दर्जन कर्णाली बाहिरका श्रष्टाहरु कर्णाली विशेष रचना वाचन कार्यक्रममा गुञ्जिएका थिए । नुवाकोटकि नारी श्रष्टा रविना घिमिरेका आकर्षक गजल प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो भने कोहलपुरका कवि साहित्यकार कपिल अन्जानका उत्कृष्ट कविताले अझै रौनकता थपेको थियो । सुदूर पश्चिमका लक्ष्मण संगम, कमल संघर्ष पनि कार्यक्रममा गुञिजएका थिए । कार्यक्रमको सुरुवात तिर अहिलेका चर्चित युवा गजलकार कमल संघर्षले वाचन गरेको देउडा गजलले कार्यक्रमस्थलमा उपस्थित सम्पूर्ण श्रष्टाहरुको ध्यान एकत्रित भएको थियो । कार्यत्र,मको विच भागमा तनहुँकी दृष्वििहीन श्रष्टा लक्ष्मी अधिकारी कर्णाली विशेष उत्कृष्ट गजलले सबैको ध्यान खिचेको थियो ।
कार्यक्रममा कर्णालीका धनराज वास्तविक, धना व्यासी, रत्न कमल विष्ट, देवकि तिमल्सिना, गणेश स्पन्दन सूर्य भट्टराई, धर्मराज सार्की, जगत टमट्टा, राष्ट्रराज कार्की, हिक्मत शाही, कविराज शाही, जिवन वि.सी., मिन बहादुर बुढा, शान्ति धिताल लगायतका ४ दर्जन बढि श्रष्टाहरुको कर्णाली विशेष उत्कृट सिर्जना बाचन भएका थिए ।
कार्यक्रमको अन्तिम खण्डमा कर्णालीको भाषा, सभ्यता, साहित्य र संस्कृति विषयक अन्तरक्रिया कार्यक्रम भएको थियो । अन्तरक्रिया कार्यक्रममा डा. दीपेन्द्र रोकाया, राज बहादुर कुँवर, मोतिराज वमर अन्जान स्नेहाले कर्णालीको बहुआयाकि (सांस्कृतिक) विषयमा बहस गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथी हस्त बहादुर मल्लले युखालको कार्यक्रम नमुना भएको र निरन्तरता दिन सुझाउनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि साँसद मोहन वानियाँले कर्णालीको विकासमैत्रि देउडा गित गाउँदै मन्तव्य सुरु गर्नु भएको थियो ।
मानिसका टाउकामा नजा ढुंगा फोन्र्या घन ।
रुँदै छ विकासका लागि जनताको मन ।।
कार्यक्रमको मध्य समयमा उपस्थित कर्णालीकी अगुवा श्रष्टा धना व्यासी (लक्ष्मी ऐडी रोकाया)ले अन्तरक्रिया कार्यक्रम पछि बाचन गरेको गजल र देउडा गितले अन्तिममा सबैको ध्यान खिचेको थियो ।
उति राम्मा देउडा गित, उति राम्मा गला !
कर्नालीमा कति भौती, संस्कृती र कला !!
कार्यक्रमका सभापति निर्मोही संकल्पले अब कर्णाली कला संस्कृति प्रतिष्ठानले मासिक रुपमा कर्णाली गुञ्जन श्रृंखला चलाउने र कर्णालीका कलाकार तथा साहित्यकारलाई विशेष स्थान दिने, खस सभ्यता, भाषा, संस्कृति र साहित्यको निरन्तर उत्थानमा जुट्ने बताउदै देडा गित प्रस्तुत गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।
कर्णाली सबैकी हेला, भलो गन्र्या कोई नाइँ ।
विधुवा वैकिनि जसी, सबै भन्दा पोई नाइँ ।।