धुमिल सम्झनामा पहिलो युद्धको संखनाद

                       मानुषी रेग्मी

बाहिर बम पड्किरहेको थियो । गोलिको बर्षात भैरहेको सुनिन्थ्यो । बजार तल थियो । प्रहरी चौकी माथी डाँडामा थियो । गुहार माग्दै थिए त्यो प्रहरी चौकीमा कर्यरत प्रहरीहरु गाउँले दाजुभार्इ–दिदीबहिनी बचाउँ प्लिज हामिलाई बचाउँ भन्दै गरेको चित्कार त्यो बमबारुदको आवाजलाइ चिरेर हामीसम्म आर्इपुग्थ्यो ।

 

रातको समय थियो बाबाले हामी सबै जनालाई उठाएर खाट मुनि राख्नुभयो । अझ प्रष्ट भनौंं भने सन्तानप्रति मायाले होला बाबाले त्यो भन्दा सुरक्षित स्थान भेट्नु भएन होला हामिलार्इ लुकाएर राख्नको लागि ।

ठ्याक्कै समय त याद छैन मलार्इ तर त्यो रात यति भयानक लाग्यो, हामी सबैलाई २०५२ साल फाल्गुनको महिना थियो गते मलार्इ याद भएन । सम्भवतः पहिलो युद्ध थियो त्यो । हुन त म त्यतिवेला दस, एघार बर्षकि थिए तर पनि त्यति याद छैन मलार्इ त्यो बेलाको कुराहरु सायद मेरो मेमोरी पावर लो भएर होला ।

 

म बाबालार्इ सोधिरहन्थें बाबा के भैरहेको छ बाहिर । बाबाले जवाफ दिनुहुन्थ्यो तिमिहरु बच्चा छौ तिमिहरुले केही बुझ्दैनौ त्यसैले नडराई चुपचाप बस, सबै जना डराउनु भएको थियो तर अँह मलाई डर पटक्कै लागेको थिएन बरु त्यो बालमस्तिस्कमा बाहिरके भैराको होला हेर्ने बुझ्ने उत्सुकता थियो ।

 

बाबाहरु त्यो रात निदाउनु भएन र मलाई झन् के निन्द्रा लाग्थ्यो मलाई व्यग्र भएको थियो । आखिर के भै रहेको छ त बाहिर म मन मनै चाडैं उज्यालो होस भनि रेहेकी हुन्थे मलाई बुझ्नुथ्यो जान्नु थियो के भैरहेछ । कस्तो हठी स्वभाव मेरो केहि जान्न मन लाग्यो भने ते काम होस् या अन्य केही त्यो पूरा गर्नै पर्ने ।बेलुकीबाट सुरु भएको हुनुपर्छ त्यो युद्ध तेस्तै बिहानको तीन चार बजे तिर रोकियो । तर मेरो मन को युद्ध रोकिएको थिएन । उकुस–मुकुस भैरहेको थियो भित्र भित्रै प्रतीक्षाको लामो घडी पार भयो यानेकी उज्यालो भयो । अनि म बाबा साथै अन्य होलेरी बासी गयौं त्यो चौकीमा पहिले त बाबाले तिमी जानू हुदैन भनिस्यो तर मेरो धेरै हठी स्वभावका कारण बाबा बाध्य होइस्यो मलार्इ आफू सँगै लानको लागि अनि मलाई बाबासँगै जाने अनुमती मिल्यो ।

 

 

जब त्यो चौकीमा पुगियो त्यहाँको दृश्य अचम्मको थियो । कसैलाई केहि भएको छैन रैछ । सबै सकुशल थिए । बाबा अनि बाबाको साथीहरु एकआपसमा कुरा गर्दै हुनुहुन्थ्यो । शोषक वर्गहरुबाट शोषित, पीडित अनि गरिव मजदुरको हकहितको निम्ति समाज परिवर्तनको लागि हतियार उठाएको महिला हकहितको निम्ति आफ्नो ज्यानको बाजि लगाएर ति अत्याचारीहरुको अन्त्य गर्न अनि देशको मुहार फेर्न ती हाम्रा वीर दाजुभाईले प्रण गरेर पहिलो युद्धमै बिजय को शंखनाद गरेर आफ्नो दोस्रो लक्ष्यतिर लागेका रहेछ्न् ।