गजल/तिमिले पठाएको तस्बिर……..

मनिशा शाही ‘मनु’ बदालकोट, कालिकोट

हो तिमिले पठाएको तस्बिर हेर्दै थिएँ म !
र त आफ्नै हातले यी गजल कोर्दै थिएँ म !!

 

बिछट्टै माया लाग्ने रहेछ झट्ट तस्बिर हेर्दा,
ती सम्झनाका लहर मेटाउन फोटो बेर्दै थिएँ म !

 

आफ्नो मान्छे ठान्दा मलाई किन किन आजकल
तिमिलाई भेटाउन नजिक नजिक सर्दै थिएँ म !

 

धेरै पछि तिमिसंगका मेरा ति याद मेटाउनलाई
थोरै भएपनि आखिर कोसेली सेयर गर्दै थिए म !