यसरी तिज मनाए मुगालीले काठमाण्डुमा

काठमाण्डौँ । हिन्दु महिलाहरुको लागि मौलीक पर्व हो हरितालीका तिज । विगत केही दिन अगाडी बाटै महिलाहरुले श्रृंगार गरेर रंगिचंगी छ शहर–बजार, गाउँघर तथा टेलिभिजनका पर्दामा सजिलै देख्न सकिन्छ तीजको रौनक । खेतीपातीको काम सकेपछि तीजमान्न हिँडेका मैतालु खुशि र आनन्द लिन माइति पुगेर मिठो मसिनो बनाई वरिपरिका इस्टमित्र जम्मा भएर आन्नदपूर्वक तीजको दर खाएपछि आफ्नो घर फर्कने चलन छ नेपालमा । यस्तै माइति पोइली छोडेर काठमाण्डौँ सहरमा बस्ने निरिह मुगुका महिलाहरुको लागि नेपाली काँग्रेस मुगुका सभापति खडकबहादुर शाही यो वर्षको माइती बन्नु भएको छ ।

 

माइती छैन कसकोमा जाने दर खान भनेर निरास भएकी मुगाली महिलाहरुका लागि सभापति शाहीले मुगाली महिला दिदि बहिनीहरुको लागि सनराइज क्याफेमा तीज कार्यक्रमको आयोजना गरेर मुहारमा खुशि ल्याउनु भएको छ । सभापति शाहीलाई अविभावकत्व पाएको महसुस गरेका छन् मुगाली महिला दिदीबहिनीहरुले ।

 

तीज विशेष कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् व्यवस्थापिका संसद सदस्य माननिय मोहन बानियाँले हरितालिका तिजको इतिहाँसको सवालका बताउनु भएको थियो । तिज केवल गरगहना प्रदर्शन गर्ने पर्व मात्रै नभएर यसको अलग्गै गरिमा भएकोले चार दिनसम्म मनाइने तिजले अझै सकारात्मक संस्कार बसाल्नुपर्ने बताउनु भयो साथै सांसद बानियाँले विभिन्न काम तथा बसोवासको सिलसिलामा काठमाण्डुमा रहने मुगाली दिदिबहिनीहरुको लागि दर खाने कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा बोल्दै समाज कल्याण परिषद्का सदस्य सचिव डिल्ली प्रसाद भट्टले मुगाली दिदी वहीनीहरुलाई समावेश गरेर काठमाण्डौँमा भएको ऐतिहासिक तथा पहिलो तीज कार्यक्रमले उत्तरी र दक्षिणी सम्प्रदायको सद्भावमा अझै प्रगाढ बनाउनेमा विस्वाश व्यक्त गर्नु भएको थियो । त्यसै गरी मुगु नेपाली काँग्रेसका अभिभावक तथा कार्यक्रमका प्रमुख अतिथी हस्तबहादुर मल्ल ज्युले तीज त्रिकोणात्मक पर्व भएकाले धर्म, आपसी सम्बन्ध र शिक्षाको सन्देश दिएको हुन्छ उहाँले भन्नु भयो भात भन्दा बाद मिठो तीज पर्वको अझ बढी महत्वको सन्देश हो ।

आयोजक खडकबहादुर शाहीले आगामी दिनहरुमा पनि यसरी कार्यक्रम गर्दै जाने र यसरी नै उल्लेखनिय सहभागीता जनाइदिनुहुन अपिल गर्दै उपस्थित हुनुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रममा गायिका तथा नेता कोमल वलीले बाँजो खेतमा छड्के सलाम बोलेको गीतले उपस्थित सबैलाइ नचाउनु भयो त्यस्तै देउडा गायक प्रभुराज पाण्डेले देउडा गितमा नचाउनु भएको थियो । त्यस्तै नेताद्वय छिरिङ क्याप्ने लामा, उव्जन बहादुर शाही, खगेन्द्र मल्ल, रतन ब. शाही लगायतका नेताहरुको उपस्थीती रहेको थियो । उक्त कार्यक्रमा युवा नेता धर्मराज शाहीले काठमाण्डौँमा तीजको दिन मात्र होइन मुगुको सर्वाङ्गिण विकासका लागि यसरी नै सर्वसाधारण देखि नेताहरुको सहकार्य र मेलमिलाप हुन जरुरी भएकोले आगामी दिनमा सबै नेता एक ठाँउमा उभिन अनुरोध गर्न भएको थियो ।

नेता छिरिङ क्याप्ने लामाले भाषा मात्र फरक हो बौद्ध धर्म र हिन्दु धर्मको संस्कार यौटै हुने भएकोले सबैले उल्लासपूर्वक तीज कार्यक्रम मनाउन बौद्ध धर्मालम्बी दिदिबहिनीहरुलाई आग्रह गर्नुृ भयो ।