मुगु कांग्रेसमा विवाद, अन्यौलमा कार्यकर्ता

काठमाण्डौँ । लामो समयदेखी विवादमा बल्झिदै आएको नेपाली कांग्रेसको भातृसंगठन मुगु–काठमाण्डौँ सम्पर्क समितिलाई माउ पार्टी नेपाली काँग्रेस मुगुले पार्टीको निर्देशन बाहिर नजान आग्रह गरेको छ ।

 

अघिल्लो दिन मात्र हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर नेपाली कांग्रेस मुगुका पार्टी सभापति खडक बहादुर शाहीले मुगुबाट काठमाडौंमा बस्दै आउनु भएका मुगाली महिलाहरुको लागि तीज विशेष कार्यक्रमको आयोजना गर्नु भएको थियो भने पछिल्लो दिन (भाद्र ७ गते) पछिल्लो दिन ने. वि. संघ मुगु–काठमाण्डौँ सम्पर्क समितिले पनि सम्पूर्ण मुगाली महिला दिदी वहिनीहरुलाई दर खान निम्ता दिएको छ । उक्त कार्यक्रम गर्ने संगठन अवैधानिक र गैरराजनितिक संगठन हो यसको महत्व नभएकोले उक्त भ्रमपूर्ण कार्यक्रममा उपस्थित नहुन नेपाली कांग्रेस मुगुले विज्ञप्ती समेत निकालेको छ ।

विज्ञप्तीमा भनिएको छ मुगुबाट काडमाण्डौँमा अध्ययनरत विद्यार्थीहरुको समन्वय सद्भाव र एकताको आवश्यकतालाई मध्यनजर गर्दै विगत ५, ६ वर्ष पहिला २ वर्षे कार्यकालका लागि ने. वि. संघ मुगु–काठमाण्डौँ सम्पर्क समिति गठन गरे पनि अहिले विघटन भैसकेको अवस्थामा कार्य सञ्चालन गर्न नमिल्ने र भ्रमको भरमा पार्टीको निर्णय विपरित कार्य गदै जाने हो भने नेपाली कांग्रेस मुगुले सांगठनिक कारवाही गर्ने चेतावनी दिएको छ ।

 

जिल्ला सभापतिको विज्ञप्तीको पूर्ण पाठ