मुक्तक/तिजका गितहरु…………….
प्रकासित मिति : ७ भाद्र २०७४, बुधबार
प्रकासित समय : २३:११

कविराज शाही, मुगु
मुक्तक–१
बजेपनि घरघरमा तिजका गितहरु ।
नरुनु है चेलि सम्झेर ति अतितहरु ।।
सकेसम्म माईति घर छ भनेर आउँनु
नसकेनि बुझ्नु आफै बनेका रितहरु ।
मुक्तक–२
बर्ष भरिको थकाई सारा मार्छ तिजको दिनले ।
कोहि रुने, कोहि हाँस्ने पार्छ तिजको दिनले ।।
माईति भएका चेलिहरु हाँस्दै माईत जान्छन्
नभएका चेलिको मन बिगार्छ तिजको दिनले ।