के सागर आले एमाले कार्यकर्ता हुन ?

रियालिटी सो नेपाल आइडल अहिले सर्बत्र चर्चामा छ । टप ५ बाट सुजाता पाण्डे बाहिरिए पछी निशान भट्टराई, सागर आले, बुद्द लामा, प्रताप दासविच कडा प्रतिस्पर्धा हुनेछ । यसै बीच प्रतिस्पर्धी सागर आलेको एउटा तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

 


नेकपा एमालेको झण्डा ब्यानर सहितको कार्यक्रममा हँसिलो मुद्रामा उनि आफ्नो साथीसंग अँगालो मारिरहेका अवस्थामा तस्बिरमा देखिएका छन् । नेपाल आइडलका दाबेदार मानिएका सागर आलेको एमाले कार्यक्रममा देखिएको तस्बिर बाहिरिए पछी अहिले बिभिन्न कोणबाट चर्चा परिचर्चा भैरहेको छ  ।

 

सागरलार्इ भोट गर्दै आइरहेका कतिपयले यहि तस्बिरका कारणले अब देखि उनलाई भोट नगर्ने प्रतिक्रिया दिएका छन् भने कतिपयले कलालाइ राजनीतिक नजरले नहेरिनु पर्ने बताएका छन् । कतिपयले भने एमालेको कार्यक्रममा फोटा खिचाउँदैमा कोहि एमाले कार्यकर्ता नहुने भएकाले सागर पनि एमाले कार्यकर्ता होइनन भन्ने तर्क गरेका छन् ।

 

यो तस्बिर सामाजिक संजालमा भाइरल भए पछी सागर आलेलार्इ मन पराउने भोटरहरुमा केहि न केहि प्रभाव पर्ने देखिन्छ । के उनि एमाले कार्यकर्ता हुन् यसको जवाफ सागर बाट आउँछ या आउँदैन केहि समय कुर्नेपर्छ ।