नेविसंघ मुगुमा विवाद बल्झिदै

असन्तुष्ट पक्षको विज्ञप्ती

केहि दिन अगाडी नेपाली कांग्रेस मुगुले एक विज्ञप्ती जारी गर्दै निष्कृय रहेको, ५ बर्ष पहिले २ बर्षका लागि मात्र निर्वाचित भएको भन्दै नेविसंघ मुगु काठमाडौं सम्पर्क समितिले कुनै पनि क्रियाकलाप गर्न नपाउने बताएको थियो । त्यसको ५ दिन पछि फेरि असन्तुष्ट पक्षले अर्को विज्ञप्ती र माइनट सार्वजनिक गरेको छ ।

 

असन्तुष्ट पक्षको विज्ञप्तीमा भनिएको छ । नेतृत्वले संगठनको अस्तित्व नै समाप्त गर्न लागेकोले नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिलाई संगठन बचाउन अपिल गर्ने जनाएको छ । असन्तुष्ट पक्षका विद्यार्थी नेता नविन कार्की भन्छन् ‘खारेज गर्ने अधिकार नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिलाई मात्र छ, पार्टीले अनावश्यक हस्तक्षेप गरेको छ । गलत नियतले यसो गरिएको छ । हामीलार्इ संगठनकाे चिन्ता छ । पार्टिले अनावश्यक हस्तक्षेप हाेइन बर सहजिकरण गर्नुपर्छ ।’

 

यता पार्टि सभापतिको ७ गतेको विज्ञप्तिलाई समर्थन गर्दै मुगुका विद्यार्थी कविराज शाही भन्छन् ‘पाटीको निर्णय भन्दा बाहिर गएर कसरी र कुन तरिकाले संगठन बचाइन्छ । एक दुई जनाले उचालेर गुटको बिज्ञप्ति निकालिएको हो । कुरा नबुझेर पाटीलाई धोका हुने काम हुँदैछ । हामिलाई गुट भन्दा पनि पार्टि बचाउँनु छ । यहाँ उल्लु बनाउँने काम हुँदैछ । जिल्ला पार्टिले अहिले विवाद भयो । चुनाव पछि मिलाउने भनेको हो तर पाटीलाई बलियो बनाउँन सबै एकजुट हुनुपर्ने ठाउँमा झन् बुझ्ने बिधार्थिहरु नै गुटको राजनितिमा रमाईरहेका छन् । ’

 

भदौ ७ गते जारी पार्टि सभापतिको विज्ञप्ति

असन्तुष्ट पक्षको निर्णय