राजनितिमा विकृति कहिलेसम्म !

प्रकाश कुमार सिंह, हाल ः मलेसिया

हाम्रो देश प्राकृतिक रुपमा प्रचुर सम्भावना बोकेको देश हो । सम्भावनाका हिसाबले हामीसँग नभएका चिज बस्तुहरु दुनियाँमा कमै छन । हामी भरपुर सम्भावना प्रगतिको दिशामा उच्च कोटिमा पर्छौ तर हाम्रो राजनीतिक दुनियाँको सबैभन्दा दुषित छ जसले समग्र प्रक्रियाको नेतृत्व गर्छ । त्यो नै सबैभन्दा दुषित छ कसरी सम्भब हुन्छ । देश बिकाश जसका कारण आज हामी दुनियाँ निकम्मा बन्न मात्र पुगेका छैनौं बर्बादि तिर जाँदै छौ । यहि अवस्था रहिरहे देश दुर्घटनामा जानसक्छ ।

के हामी यहि अवस्थामा मात्र रहने हो र प्रश्न गम्भीर छ ? मैले यहाँ उठाउन खोजेको महत्त्वपूर्ण कुरा के हो भने हामीले गरेको राजनीति राजनीति जस्तो भएन यो त केवल ब्यावसाय भइरहेको छ । कोहि ठूलो नेता र मन्त्री भए उसले र उसका आफन्त कसैले पनि ब्यवसाय वा खेति किसानि गर्नु पर्दैन ? जसका कारण आज हामी आम्दानि भन्दा खर्च बढि गर्ने मुलुकमा पर्छौ । जसले आज देश प्रगति होइन, दिनानुदिन परनिर्भरता धकेलिदै छ । हामीले बिगत देखि अहिलेसम्म पटकपटक राजनीतिक आन्दोलन गरौ त्यो केवल केही बर्ग केही मानिस निम्ति बन्दै गइरहेको छ । आज हामीले देखिरहेका छौ । राजनीति भनेको सरकारमा जाने कम्ल्याउने आफ्नो पालो पुर्‍याउने । मानसम्मान लिने समाज भन्दा अलि बढी हु मेरो हैसियत ठुलो हो । म समाजको निम्ति होइन ।सामाज मेरा निम्ति हो । शासन सत्तामा जाने भनेको बिकाश गर्ने होइन । मोजमस्ति गर्ने हो । जनतालाई सेवा होइन । सास्ती दिने तिर हाम्रो मानसिकता कताकता बिकाश हुदैछ । के हामी यही तरिकाबाट अगाडि जान सकिन्छ ।

 

बिकासका प्रक्रिया हेर्न हामी दुनियाँ भ्रमण गर्छौ राष्ट्रका लागि भनेर । तर कहिल्यै थालनी गर्दैनौं । हाम्रो देशमा प्रधानमन्त्री हुनुभन्दा पहिलै भारत भ्रमणको मिति तोकिन्छ तर देशका बिकट बस्ति र जिल्ला हरु कहिलै भ्रमण गरिन्छ कति छन् आफ्नो प्रधानमन्त्री नपुगेका जिल्ला । थाहा छ ? आफ्नो देशका जनताको अवस्था बुझ्न भ्रमण गर्नु पर्दैन ।

 

राजनीति भनेको के समय कटाउने मात्र हो र ? देश बिकास गर्नु पर्दैन ? बिगत देखि बर्तमान सम्म हामी नेपाली जनताको नजरमा केटाकेटी खेल जस्तो भइरहेको छ । सानोमा केटाकेटी जम्मा हुने घर बनाउने अनि मन नलागे उतिबेला नै भत्काउने गर्थे । अहिले हाम्रो सरकार त्यस्तै भइरहेको छ । आजसम्मका कुनै पनि सरकार करारमा छन् । पूरा अबधि काम गर्न पाउदैनन् । सरकार बनेको हुदैन दिन गन्ति सुरु हुन्छ । कतिखेर कहाँ कम्जोर बनाउन सकिन्छ । त्यतिखेर सरकार ढाल्ने बाहेक हाम्रो अर्को कुनै नयाँ उपाए हुदैन ।के यहि तरिकाबाट राष्ट्र बिकाशको गतिमा जान सम्भब छ ? हामी कतिखेर सोच्ने देश बिकाशको बारेमा ।के प्रतिपक्षको काम सरकारको दिन गन्ति गरेर मात्र बस्ने हो । हाम्रा अरु कुनै बिकल्प हुदैनन रु हामी दुनियाँ तिर र हाम्रा छिमेकी तिर मात्र हेरौ हामीले यतातिर सरकार बनाउने र गिराउने खेल खेलि रहदा उनिहरु नयाँ नयाँ सम्भावना हरु खोज्दै छन । हामीले बर्षमा दुईवटा सरकार बनाउदा यतातिर चिनले तिब्र गतिको रेल निमार्ण गर्दै छ । हामीले बर्षभरि संविधान सँसोधन बहस मात्र गरिरहदा बाँकी देशहरु कसरी सम्बृर्धि हाँसिल गर्न सकिन्छ नयाँ नयाँ अबिस्कारहरु कसरी गर्न सकिन्छ भनेर छलफल गर्दै छन । के हामि लाखौं तलब भत्ता खाएर बस्ने काम केही नगर्ने र ? हामीले आदर्स मानेर गर्ने  ? गर्बका साथ भन्ने गरेको राजनीति भनेको समर्पण त्याग र सेवा भनेको यही हो ? आज हजार प्रश्न गर्न मन लाग्छ । यस्तो अवस्था देखेर हाम्रो राजनीति र परिवर्तन भनेको ब्यवस्था देखि । हामीलाई चिन्ता हुदैन देश बनाउने ? बिकासका प्रक्रिया हेर्न हामी दुनियाँ भ्रमण गर्छौ राष्ट्रका लागि भनेर । तर कहिल्यै थालनी गर्दैनौं । हाम्रो देशमा प्रधानमन्त्री हुनुभन्दा पहिलै भारत भ्रमणको मिति तोकिन्छ तर देशका बिकट बस्ति र जिल्ला हरु कहिलै भ्रमण गरिन्छ कति छन् आफ्नो प्रधानमन्त्री नपुगेका जिल्ला । थाहा छ ? आफ्नो देशका जनताको अवस्था बुझ्न भ्रमण गर्नु पर्दैन । पटकपटक भारत जाने अलिकति भएका साधन स्रोतहरु बन्दकि राख्ने । केही करोड रिन लिएको भरमा गर्व गर्ने प्रणालीको अन्त्य हुनुपर्छ । यता
देशमा बस्ने जनताका सपनाहरु बन्दकि राख्ने भाषण र नारामा सिमित गर्ने यही तरिकाबाट हामी कहाँ पुगौला ।कहिलेकाही गम्भीर बनाउछ भबिस्य सोच्दा पनि देशको ।

 

हामीलाई कुनै पनि अवसर आउदा आफ्नो मान्छे हुनुपर्छ तेति नभए आफ्नो नजिकको चाहिन्छ । त्यसमाथि पनि नभए आफुलाइ समर्थन गर्ने हुनुपर्छ ।अझै त्यसमा पनि नभए पैसा वाला चाहिन्छ । के यहि हो रु न्याय स्वतन्त्रता र समान्ता भनेको । कुनै एक जना योग्य ब्यक्तिले सरकारि वा कुनै साँस्थामा जाखिर खान उ योग्य र सक्षम हुनुपर्दैन ।उसको क्षमता कति छ कहिल्यै नापिदैन सिर्फ आफ्नो हुनुपर्छ । पावरवाला हुनुपर्छ यति भए उसले पढ्नुपर्दैन उसको क्षमता जाँचिदैन । उ आफ्नो हो उसको योग्यताको प्रमाणपत्र यहि हो । यस्तो अवस्था सृर्जना गरेर हामि कतातिर समाजलाई लिदै छौ । के यहि हो न्याय रु के यसरि नै न्याय हुन्छ । कहिलेकाही यस्तो लाग्छ हाम्रो देश भनेको उधोग धन्दा कलकारखाना बन्द गरेर प्रधानमन्त्री उपप्रधानमन्त्री र मन्त्रीहरु राज्य मन्त्री र सांसदहरु उत्पादन गर्ने थलो त बन्दैन । जसरी बिध्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना भएका छन् त्यसै गरि देश राष्ट्रपति उपराष्टपति प्रधानमन्त्री मन्त्रीहरु र सँसदहरु बनाउने र बर्षको बजेट उनिहरुको उपचार तलब भत्ता घरभाडा गाडि मर्मत पिय र सुरक्षामा खटिने हरु लागि मात्र ल्याउनुपर्ने अवस्था त आउदैन किन नसोच्ने र ? के बर्षभरि सरकार बनाउने ठेक्का हाम्रो देशले मात्र लिएको छ र अरु बिकल्य बारे सोच्ने दिन कहिले आउँछन । मेरो मात्र प्रश्न होइन आम नागरिकको प्रश्न हो ।

 

म सुनिरहेको छु केही बर्ष देखि निरन्तर सुन्दै आएको एउटा बिषय छ सहमति हुन सकेन छलफल जारि छ । फेरि प्रयास गर्ने गरि आजको बैठक टुङियो । होस पनि कसरी हामी आफु केन्द्रीत र आफ्नो भलाई मा मात्र निर्णय होस भन्ने चाहान्छौ । जनताका आम समस्याका लागि हाम्रो बैठक कहिलै निश्कर्षमा पुग्दैन ।तर आफुलाइ सेवासुबिधा बढाउन कहिलै बिरोध हुदैन । रातरात आउँछन पारित हुन्छन ।यो सारा नेपालीले देखेको तितो सत्य हो । हामी खान मात्रै जन्मिएका हौ र ? कि केहि गर्न रु तेरि पाटि र मेरि पाटि भनेर मात्र बर्षौ बिताउछौ कुनै राष्ट्रिय समस्या बोल्नुपर्दा आफ्नो पाटि अनुसार पाटिलाइ फाइदा र घाटासँग तुलना गर्छौ । त्यसैमा आधारित भनाइ राख्छौं अहिले झन राष्ट्रिय सरोकारको बिषयलाइ भोट बढाउने स्वार्थमा राख्दै छौ यही कारण गुण्डा तस्कर भ्रष्टाचारी कालो बजारि ठगहरुले सँरक्षण पाएर ढुक्कसँग बसेका छन । जसले संरक्षण पाउनुपर्ने हो ।समाजका दिनदुखि बेसहारा निमुखा घाइते अपाङ्ग । आजपनि सडकका गल्लि चोकहरु गाउँ घर यत्रतत्र छन । जो दुखि जिन्दगी बाँच्न बाध्य छन । यी र यस्ता मानिसहरुलाइ न्याय दिने कुरामा हामी ताँइचुप माँइचुप हुन्छौं । के उनिहरुलाइ न्याय दिनुपर्ने राज्यको दायित्व होइन ?

 

गणतन्त्र लोकतन्त्र भनेर हामीले जतिसुकै ठुलो स्वरले कराए पनि आजसम्मा जनताले केही अनुभव गर्न पाएका छैन । चाहे हामी जतिसुकै ठुलो स्वरमा कराएपनि बास्तबिकता यहि हो नढाँटि भन्दा । अहिलेसम्मको परिवर्तन हुने खाने हरुका लागि मात्रै छ । हुदा खाने हरुका लागि उहीँ पुरानो राजतन्त्र कुन नि के के तन्त्र भनिन्छ उतिकै छ फरक यतिमात्र छ ढुक्क सँग बोल्न पाएका छौ । निमुखा र साधारण जनता भनेका केवल भोटका लागि मात्र प्रयोग हुदै छन । हामी जतिसुकै ठुलो स्वरमा कराएपनि ।यो अवस्था बदल्न हाम्रो भुमिका केही छैन सिर्फ आफ्नो र परिवारको अवस्था बदल्न बाहेक । अरु के भएको छ नयाँ भनेर प्रश्न गर्ने ठाउँ जतिसुकै छ । त्यसैले गर्दा हामीले राजनीति र ब्यवस्था बदलेर मात्र केही हुदैन जबसम्म जनताको अवस्था बदल्न सक्दैनौं । सिर्फ कागजमा हामीले सात सालदेखि लगातार बदलेका छौ तर ब्यवहार भने पटक्कै होइन ।

 

जबसम्म हामीले गर्ने राजनीति सफा हुदैन । तबसम्म हामीले जतिसुकै ठुला नारा र भाषण गरे पनि यहाँ केही फरक पर्दैन । यसका लागि हामीले सबैभन्दा मुहानबाट नै सफा गर्नुपर्छ । यदि मुहान सफा नभए सम्मा धारो सफा गरेर सौलो पनि बग्ने र सफा पानी खाने हाम्रो चाहाना कल्पना मात्र हुनेछ । मुहान भनेको हाम्रो मुख्य राजनीतिक हो सोचाइ हो सोचाइलाई जसलाई हामीले सफा राख्न सकेका छैनौं भनिन्छ नि । हामीले अङगिकार गरेको राजनीति नै फोहोरि छ जसका कारण समग्र प्रक्रिया नै सहि छैन । बास्तकिक जनताको पक्यमा लगाउनुपर्ने ठाउँमा तर हामी आजपनि नातावाद कृर्पावाद परिवारबाद भन्दा माथि उठ्न सकेका छैनौं । हामीलाई आफु र आफ्नो मान्छे मात्र चाहिने हुदै गएको छ । के यहि तरिकाबाट सबैलाई न्याय हुन्छ । बिकास बजेट आफ्नो ठाउँमा मात्र हुनुपर्ने । सँङसँस्थामा नियुक्ति दिदा आफ्नो मान्छे हुनुपर्ने अवस्था छ । यी र यस्तो अवस्थालाई बदल्न हामी कहिले लाग्ने ? यहि प्रक्रियालाई नै अझै बोकि रहने हो भने हामीले प्रगति र बिकाश सपनामा मात्र देख्ने छौ । हामीले यसलाई सुधार गर्नै पर्छ ।

 

हाम्रो दायित्वबाट हामी बिमुख हुँदै छौ यदि यहि अवस्था रहे एक दिन हाम्रो राष्ट्र प्रगति होइन दिनानुदिन उदो गतितिर जान सक्छ । यसबाट राष्ट्रलाई जोगाउन । बिकृति र बिसँगति हटाउन आम युवाले शाहास गर्ने पर्छ होइन भने यहि अवस्थाले राष्ट्र समाजलाई गतिसिल्ता होइन गतिहीनता तिर लिन सक्छ । यसबाट राष्ट्रको प्रगति कहिलैै हुदैन जनताहित पनि कहिलै हुदैन । हुनसक्छ त सामजका केहि थान मान्छेहहिको जसले सामाजलाइ अगुवाइ गर्ने नाममा साधन स्रोतमा आफ्नो अकाधिर जमाउन सक्छन् । उनिहरुको मात्र । यो यथार्थलाई बदल्ने हामीले आजबाट सुरुवात गर्नुपर्छ । केही थान मानिसको होइन देशको हितमा राष्ट्रको हितमा प्रगति सम्भब छ बिकाश पनि सम्भब छ हटाउँ राजनीतिको बिकृति । र लागाैं देश बनाउन । प्रगति हामीले नै गर्नुछ । राष्ट्र धनी हुँदा मात्र हामी धनी बन्न सक्छौ । हामीलाई सम्मान मिल्न सक्छ नत्र उहि हो आयो नेपाली गयो नेपाली । आखिर कहिले सम्म ?