३५ जिल्लामा १ मात्र निर्वाचन क्षेत्र निर्धारण

काठमाडौं । आगामी मंसिर १० गते प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न सरकारद्वारा गठित निर्वाचन क्षेत्र निर्धारण आयोगले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको छ ।

 

२४० वटा निर्वाचन क्षेत्रलाई घटाएर १६५ मा सिमित पार्ने जिम्मा पाएको आयोगले काम लगभग सकेको हो । आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सोही निर्वाचनमा नयाँ निर्वाचन क्षेत्रहरु कार्यान्वयनमा आउने छन् । प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र भएको ठाउँमा प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र हुनेछ ।

 

संविधान बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा पहिलो प्राथमिकता जनसंख्या र दोस्रो प्राथमिकता भूगोललाई दिइएको छ । यसो गर्दा जनसंख्या नपुगेका जिल्लाहरुलाई पनि कम्तिमा एक निर्वाचन क्षेत्र सुरक्षित गरिएको छ । जसको प्रत्यक्ष लाभ रुकुम जिल्लाले उठाएको छ । रुकुममा पर्याप्त जनसंख्या नभए पनि सरकारले हालै दुई प्रदेशमा परेका रुकुमका भू–भागलाई छुट्टाछुट्टै जिल्लाको मान्यता दिएपछि रुकुममा दुई निर्वाचन क्षेत्र हुने भएको छ । यस्तै टुक्रिएको अर्को जिल्ला नवलपरासीमा दुवैतर्फ दुई–दुई निर्वाचन क्षेत्र रहने छ । यसक्रममा काठमाडौं उपत्यकामा भने निर्वाचन क्षेत्र घटेको छैन ।

 

जनसंख्याका आधारमा पनि निर्वाचन क्षेत्र घटाउनु नपर्ने देखिएको हो । काठमाडौंमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ निर्वाचन क्षेत्र कायम रहनेछ ।

 

कुन जिल्लामा कति प्रतिनिधिसभा निर्वाचन क्षेत्र :

हेर्नुहोस् नक्सा