स्वास्थ्य मन्त्री पोखरेललार्इ स्वाईनफ्लु

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु पुष्टि भएको छ । उनलाई स्वाइन फ्लु भनेर चिनिने (मौसमी रुघा खोकि) रोग इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता तथा निति तथा योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले बताए ।

 

एक हप्ता देखि विरामी परेर स्वास्थ्य उपचारका लागि वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका मन्त्री पोखरेललाई बुधबार स्वाईनफ्लु पुष्टि भएको हो । प्रवक्ता गिरीका अनुसार दुई दिन अगाडि स्वाईनफ्लु आशंकामा खकार परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

 

उनलाई फिजिसियन डाक्टर सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलिले हेरिरहेको छ । दुई दिन अघि नमुना परिक्षणका लागि पठाइएको थियो । राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी परेका मन्त्री पोखरेल गत सनिवार बाट अस्पताल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ ।

 

मन्त्री पोखरेललाई ज्वरो आउँने, झाडापखाला, रुघा, खाकी भएपछि स्वाईनफ्लुको आशंकामा खकार परिक्षण गरिएको थियो । खकार परिक्षणमा स्वाईनफ्लु पोजेटिभ देखिएको प्रवक्ता गिरीले बताए । उनलाई अझै एक दुई दिन चिकित्सकको निगरानीमा राखिने छ । एक महिनाको विचमा मन्त्री पोखरेल ६ पटक महोत्तरी पुगेका थिए ।