भ्रष्टचारीलाई चुनावमा होइन, जेलमा लडाउने कि ?

प्रकाश कुमार सिंह

केही दिन पहिला अनलाइनमा समाचार पढ्दै थिएँ । सांसदहरुले संसदमा भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्ने माग गरेको कुरा पढें, मलाई लाग्यो बाँच्नु पर्छ, यहाँ अनेकौं देख्न सकिदोरहेछ भनेर कल्पना गरेर । मनमनै सोचें आखिर उनिहरु के देशकै भलाईका लागि भन्दै छन् र ? प्रश्न गरें, ती सांसद कुन दलका हुन् यो मुख्य लागेन ।

 

भ्रष्टाचार नेपालको र नेपाली जनताले देखेको सबैभन्दा ठूलो रोग हो नेपाल देशको लागि । जुन रोगले गर्दा आज देश बर्बादितिर छ । हामीले जतिसुकै भ्रष्टाचार गरे पनि कुनै कानुन र नियमले नछुने कस्तो शासन ब्यवस्था छौ । यो प्रश्न प्रत्येक सचेत नागरिकले गर्छ । म पनि त्यहि प्रश्न गर्दै छु । हामी जनताको दैनिकी दिनानुदिन प्रगति होइन, दुर्गतितिर जाँदैछ । देशको सामान्य मानिस उपचार गर्ने पैसा नपाएर अस्पतालको झ्यालबाट हाम फालेर मर्नुपर्ने अवस्था छ ।
कति त आज रोगको उपचार नपाएर दुर्गम बस्तीमा जीवन मरणको दोसाँधमा छन् । आफ्नो अमुल्य जिबनलाई लाउँ–लाउँ र खाउँ खाउँ भन्ने अवस्थामा मृत्युवरण गर्न बाध्य छन् । हामी भने ती गरिब दुखिहरुको रगत र पसिनासँग साटेर तिरेको लाखौं रकम लिएर बिदेशका सबैभन्दा महङ्गो हस्पिटलमा उपचार गराउँछौ । देश भित्र तिनै पैसाले हस्पिटल हरु बनाउने बारे कहिलै सोच्दैनौ खालि आफ्नो लागि मात्र सोच्छौ ।

 

देशका लाखौं युवाहरु आज देशभित्र रोजगारि नपाएर आफ्नो जिबनकै सबैभन्दा उर्वर समय विदेशीको गुलाम भएर बिदेशका गल्लीहरुमा मजदुरि गरेर श्रम शक्ति समाप्त पार्दैछन् । हाम्रो देशको शासन सत्तामा बसेका हरुलार्इ कुनै चिन्ता छैन । हुनु पनि कसरी । आफ्ना सन्तानहरु बिदेशका सबैभन्दा महङ्गो कलेजमा पढ्छन् त्यो नभए घुमिरहेका छन् । उता देशमा भने गरिब दुखि र बेसहारा बुढा आमा बाहरुले देश कुर्नु पर्ने अवस्था हुन लागिसक्यो । हामीलाई चिन्ता हुँदैन । देश निर्माण मा लाग्नुपर्ने जनसक्ति आज देशबाट युवा रात दुई गुणा दिन चौगुणा बिदेश पलायन हुँदै छन् । हामीलाई चिन्ता छैन । चिन्ता छ त कसरी आफ्नो दुनो सोझ्याउने भन्ने मात्र छ । देश सम्पूर्ण रुपमा प्राकृतिक सुन्दरता र जल जमिन जडिबुटी आदिले धनी हुँदाहुँदै पनि हामी प्रगति होइन । दिनानुदिन गरिब निकम्मा बनाउदै छौ । युवालाई देशमा रोजगारि कसरी दिने र देशलाई आत्मनिर्भर कसरी बनाउने देशलाई बिकासको गतिमा कसरी लैजाने भनेर हामी कहिलै छलफल नगर्ने ?

 

आज देशको समग्र बिकास निर्माणको रकम हरु काम नगरी खाने प्रबृत्ति हाबि भइरहेको छ । हाम्रा भौतिक संरचनाहरु भ्रष्टाचार गर्दा कम्जोर भन्दा कम्जोर छन् कयौं अलपत्र छन् । सडकहरु पिच गरेको महिना दिन नपुग्दै भत्किएका छन् । यसलाई कसरी रोक्ने ? देशलाई कसरी भ्रष्टाचारमुक्त गरेर प्रगतिको बाटोमा लैजाने भन्ने बारेमा छलफल हुनुपर्दैन ।
सँसद सरकारि कर्मचारीहरु भ्रष्टाचार गरेर सम्पत्ति थपिरहेका सेवाग्राहि वा विभिन्न शिर्षकमा रकम खाइरहेका छन् । साँच्चिकै भन्ने हो भने हाम्रो देश भ्रष्टाचारले नै हो । सबैभन्दा खराब अवस्थामा पुगेको छ । यसलाई रोक्न छलफल पहल पर्दैन ।

 

म सम्मानित तरिकाले के कुरा लेख्न चाहन्छु भने, तपाईहरुलाई साँच्चिकै देशको माया छ भने भ्रष्टाचारिले चुनाव लड्ने कल्पना पनि नगर्नु होस् के उनिहरु बाहेकका देश चलाउने अरु मानिस छैनन् । यो देशमा उनिहरु बाहेक देश चल्दैन ? लाखौं युवाको भनाइ मान्ने हो भने भ्रष्टाचारीलाई आजिवन जेलको चिसो कोठामा सुताउने ब्यवस्था गर्नुपर्छ । ताकि बाँकी आउने दिनमा भ्रष्टाचारको ‘भ’ नै भन्न नपाओस । अनि मात्र देशको बिकास हुन्छ । हामीले देखेका छौ, एक लाखको काम हुँदा आफुलार्इ छण्५ कसरी पार्न सकिन्छ तेतातिर मात्र ध्यान दिन थाल्ने मान्छेहरु छन् । कसरी हुन्छ कमाउने मात्र छन् । पुल बनोस् या नबनोस् रोड बनोस् या नबनोस् खानेपानी आओस् या नआओस् आदि कामहरू हामीलाई कुनै मतलव हुँदैन । कसरी हुन्छ फाइदा लिन खोज्नेहरु रहेका छन् ।

 

देशमा भ्रष्टाचारले कहिलै नउखेलिने गरि जडा गाडेको छ । यस्तो अवस्थामा हाम्रो छलफल भ्रष्टाचारलाई देशबाट निर्मुल पार्नेतिर राजनीतिक दलको छलफल केन्द्रीत गर्नुपर्छ । ताकि भ्रष्टाचारिलार्इ फेरि चुनाव लड्न दिने गरि होइन । यदि भ्रष्टाचारिले चुनाव लड्ने हो भने यो देशमा बजेट नल्याउँदा भयो । किन ल्याउने आखिर भ्रष्टाचार गरेर खाने तिनै हुन् । बिकास बजेट सक्ने माध्यम भनेको अहिले भ्रष्टाचार नै प्रमुख समस्या हो । यसलाई समयमै रोक्न सामाजका हरेक ब्यक्तिको भुमिका हुनुपर्छ ।

 

फिलिपिन्सको राष्ट्रपति रोड्रिगो दुर्ततेले भने जस्तो गरि हेलिकप्टरबाट खसाल्नुपर्छ भन्ने होइन । बरु कसरी हुन्छ । जिबन भरि उसका तीन पुस्ताले पनि सरकारि जागिर खान नपाउने गरि कानुन बनाउनुपर्छ भ्रष्टाचारिहरुलार्इ । यदि देशको बिकास गर्ने भए । नत्र हामीले देखिरहेका छौ बर्षमा एक दिन काम नगर्नेहरु कुनै ब्यवसाय र आम्दानिका स्रोत नभएकाहरु आज रातारात करोडका मालिक भएका छन् । के यही तरिकाबाट देश बिकास हुन्छ ? प्रश्न गम्भीर छ । राम्रोसँग खान र लाउन ठेगान नहुने कुनै पनि मानिस सरकारि जागिरमा पुग्दा दुई चार बर्षमा करोडौंको मालिक बन्छ । के उसले भ्रष्टाचार नगरेर सम्भब छ ।

तपाईं हामीले हेरिरहेका छौ आज सामान्य राज्यले कामदार खटाइएको कर्मचारी करोडौंको मालिक भएर राज्यलाई नै चुनौती दिन सक्ने हैसियत बनाउँदै छ । देशलाई यस्तो अवस्थामा पुर्‍याउने भ्रष्टाचारि कर्मचारी भ्रष्टाचारि राजनीतिज्ञ सेना पुलिस र प्रसाशकलार्इ जेलको चिसो कोठामा कैद गर्ने शाहास जबसम्म हुँदैन । तबसम्म हाम्रो बिकासको चाहाना, प्रगतिको चाहना एकादेशको कथा हुनसक्छन् । हामी हरेक सचेत नागरिकले भन्नै पर्छ । भ्रष्टाचार मुर्दाबाद, भ्रष्टाचारि मुर्दाबाद भनेर अौला उठाउने साहस गर्नेपर्छ अनिमात्र हाम्रो प्रगतिको चाहना, बिकास र समृद्धिको चाहना पूरा हुनसक्छ । राष्ट्रको बिकास नै नागरिक हित हो ।