अखिल (क्रान्तिकारी) अध्यक्षमा तामाङ बिजयी

नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)को काठमाण्डौंमा जारी २१ औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष्यमा प्रतिस्पर्धी रञ्जित तामाङ बिजयी भएका छन् ।

 

भदौ ७ देखी काठमाण्डौं सुरु भएको अखिल क्रान्तिकारीको एकताको २१ औं सम्मेलनमा भएको निर्बाचनमा अध्यक्षमा अनिल शर्मालाई २३ मतले पछि पार्दै रन्जित तामाङ ८४५ मतका साथ अध्यक्षमा विजय भएका छन् । उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ मत ल्याएका छन् । खुल्ला उपाध्यक्षमा तिलकराज भण्डारी ६५७, सुरेन्द्र बस्नेत ७१२, दीपक देवकोटा ६६२, विजय गौतम ५९२ ल्याएर निर्बाचित भएका छन् । त्यसैगरी जनजाति उपाध्यक्षमा दिपेश कुमार पुन ९१०, मधेशी उपाध्यक्षमा रविकिरण यादव ५२२, दलित उपाध्यक्ष इन्द्र कुमार भुषाल ८१७ र छात्रा उपाध्यक्षमा पञ्चा सिंह १०५८ मत ल्याएर बिजय भएकी छन् ।

 

त्यस्तै महासचिवमा उत्तम अधिकारी ५६९, उपमहासचिवमा जीपी मैनाली ७२७, तुकमान महरा ३९३, मिलन एमसी महतारा ३४१ मतका साथ विजयी भए भने छात्रा उपमहासचिवमा आशा तमु यस अघि नै निर्विरोध निर्बाचित भइसकेकी छन् । त्यस्तै खुल्ला सचिव तर्फ नरेश रेग्मी ३८९, डिबी साउद ३२३, छात्रा सचिव प्रविणा अधिकारी ३२७ र गंगा दाहाल ४७९, मधेशी सचिवमा गजेन्द्र प्रसाद देव ५८०, जनजाति सचिवमा राजकुमार याङ्सो २४६, मुस्लिम सचिव ७६५ र दलित सचिवमा मदन भुल ४३० मतका साथ विजय भएका छन् ।

 

निर्वाचन समितिले जानकारी दिए अनुसार प्रदेश सचिव तर्फ एक नम्बर प्रदेशमा मदन कुमार भट्टराई ४४०, दुई नम्बर प्रदेशमा सुर्यनारायण साह ४०४, तिनमा पवन कार्की ४१५, चारमा क्षितिज सापकोटा ७२४, पाँचमा नारायण खनाल ३५९, छमा अम्मर राज शाही ५५८, सातमा दिनेश प्रसाद भट्ट ७४५ मत ल्याएर विजय भएका छन् । विश्वविद्यालय सचिवमा डा. अच्युत भट्ट ले ६५४ मतका साथ विजय भएको र कोषाध्यक्षमा केशव रावलले ५४४ मतका साथ निर्वाचित भएको निर्बाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए ।

 

नवनिर्वाचित केन्द्रिय अध्यक्ष रन्जित तामाङ, उपाध्यक्ष तिलकराज भण्डारी लगायत सम्पुर्ण नवनिर्बाचित पदाधिकारीले सम्पुर्ण प्रतिनिधी, पर्यवेक्षक, निर्वाचन सममित लगायत निर्बाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् । नवनिर्वाचित अध्यक्ष रन्जित तामाङलाई उनका प्रतिस्पर्धी अनिल शर्माले फेसबुक मार्फत शुभकामना समेत दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,“बधाइ छ मित्र रन्जित तामाङलाई जसले आफुलाई अब्बल साबित गरे ।”