खण्डन ग-यो सामान्य प्रशासन मन्त्रालयले

सामान्य प्रशासन मन्त्रालयले केहि दिनअघि गरेको नियमित सरुवाको विषयमा विभिन्न संञ्चार माध्यमबाट आएका समाचारबारे सामान्य प्रशासन मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत खण्डन गरेको छ ।

 

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा नीति–नियम र विधि अनुसार गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा खटाइएका कर्मचारीहरु संघीयता कार्यान्वयनको अन्तरिम व्यवस्थापनका लागि खटाइएको हो । यसले पछि हुने कर्मचारी समायोजनमा कुनै असर पर्ने छैन । अझै पनि स्थानीय तहमा कर्मचारी अपुग नै रहेको छ,तसर्थ भविष्यमा पनि सामान्य प्रशासन मन्त्रालय निजामती कर्मचारीहरुलाई स्थानीय तहमा पठाउन दृढ रहेको छ । ”

 

विज्ञप्तिमा राष्ट्रको चौथो अंगका रुपमा रहेको संञ्चार जगतले निजामती कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने विषयलाई संघीयता कार्यान्वयनको रुपमा लिनुपर्ने र आउँदा दिनमा समाचार सम्प्रेषन गर्दा मन्त्रालय सँग समन्वय गरी सत्यतथ्य कुरा लेख्न आग्रह गरिएको छ ।

 

केही दिनअघि केही अनलाइनले सामान्य प्रशासन मन्त्रालयले गरेको नियमित कर्मचारी सरुवाका बारेमा नियम विपरीत भएको भन्ने आएको थियो ।