मुगुका एमाले नेताहरु भन्छन् हामी जनमुखी बन्नुपर्छ

राजधानीको होटल हार्दिकमा आयोजित अगुवा कार्यकर्ता भेलामा एमाले नेताहरुले एमाले जनताको पार्टी भएकोले हामी सँधै जनमुखि बन्नु पर्ने बताए ।

 

नेकपा एमाले मुगु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा एमाले केन्द्रिय सदस्य तथा मुगु जिल्लाका सांसद मोहन बानियाँले भने ‘जनता जहाँ छन्, त्यहाँ एमाले हुन्छ, जनताले जे गर्छन् त्यो काम एमालेले गर्छ । र हामीले गर्नुपर्छ’ पार्टी भित्रको आन्तरिक विवादलाई चुनावको समयमा उठान नर्गन अनुरोध गर्दै सांसद बानियाँले भने ‘हामी एक भएर जित्नुपर्छ, कसैले विवाद निकाल्ने होइन, हामी जो लोकप्रिय छौं त्यो उम्मेदवार बन्नुपर्छ ।’

 

भेलामा पूर्वसांसद तथा एमाले नेता चन्द्र बहादुर शाहीले भने ‘पार्टी जसरी पनि बलियो हुनुपर्छ, लोकप्रिय हुनुपर्छ, जनताका सुख दुखमा एमाले सहयात्री बन्नुपर्छ ।’ शाहीले कर्णालीका जनताले काठमाडौंमा पाएको दुखको प्रसंग कोट्याउँदै भने ‘विर अस्पतालमा हाम्रा मुगाली जनताहरु सहयोग नपाएको अवस्था छ, १ लाख तिरेर पढ्न मिल्ने कोर्ष पनि हाम्रा विद्यार्थीहरु ३ लाखसम्म तिर्न बाध्य छन् ।’

 

नेपाल सरकारले भर्खरै टुंग्याएको निर्वाचन क्षेत्र निर्धारणको विषयमा आपत्ति जनाउँदै युवा नेता भक्त बहादुर रावतले भने १ जिल्लामा १० सांसद हुने र ६ नं. प्रदेशका १० जिल्लामा १२ सांसद मात्र हुने व्यवस्ता र नियम गलत छ । हाम्रा लागि स्विकार्य पनि छैन ।’

कार्यक्रममा एमाले गुगुका नेता गोपाल बम, धरम बहादुर शाही, दानसिंह परियार, प्रकाश शाही लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष मजोज शाहीले गरेका थिए ।