तिम्रो मुटु अर्कैसंग………

ललित र्निदोषी, खत्याड ३ सैन मुगु

  मुक्तक–१

तिम्रो मुटु अर्कैसंग साट्दैछौ किन ?
संगै ज्यूने, मर्ने कुरा ढाट्दैछौ किन ?

 

बिचरालाई तड्पाएर विवश बनायौ
र उसैलार्इ बर्बाद गर्न आट्दैछौ किन ?

 

 

           मुक्तक–२

अन्जान त्यो ठाउँमा तिमीलाई देखे जस्तो लाग्छ ।
भाविले यो निधारमा कसैलाई लेखे जस्तो लाग्छ ।।

 

साच्चै कोही त आउदैछ ‘र्निदोष’ तेरो यो जिन्दगीमा
चर्किरहेको त्यो घाउलाई आज सेके जस्तो लाग्छ ।