सुन्दर शब्द भेटिन्छ कसैको……………

कविन्द्र घिमिरे, ककनी २ नुवाकोट

सुन्दर शब्द भेटिन्छ कसैको गालीमा पनि ।
प्रफुल्लित हुन सक्दैनन् कोही तालीमा पनि ।।

 

एक ज्वाइँ कारमा अनि अर्को पैदल जाओस्
सम्मान फरक भैदिन्छ ससुरालीमा पनि ।

 

उसले कोपिलामै चुड्यो फुल्न दिएन
सायद फुलको माया हरायो मालीमा पनि ।

 

तिमीलाई उकालीमा त मैले तानेकै हो
भन अब कति धकेलु ओरालीमा पनि ।

 

कसैलाई सधै भरी एकनासको नसम्झ
कहिलेकाहीँ सङ्लो पानी बग्छ नालीमा पनि ।