काठमाण्डुमा फेरि गुञ्जिदै कर्णाली

कर्णालीको भाषा, साहित्य र लोक संस्कृतिलाई चिनाउन कर्णाली कला संस्कृति प्रतिष्ठानद्वारा राजधानीमा दसैं शुभकामना आदान–प्रदान सहित कर्णाली गुञ्जन कार्यक्रम हुँदैछ ।

 

२४ गते शनिबार १२ बजे सम्वाद डवलीमा नेपाली सभ्यता, भाषा, साहित्य र संस्कृतिको उद्गम भलो कर्णालीका लेखक, पत्रकार, बुद्धिजिवी, नेता, कलाकार तथा साहित्यकार एकै ठाउँमा जम्मा भएर कर्णाली गुञ्जन कार्यक्रम हुन लागेको हो । प्रतिष्ठानले यस अघि अघिल्लो महिना बृहद अन्तरक्रिया तथा रचना बाचन कार्यक्रम पनि भब्य र सभ्य हिसाबले सम्पन्न गरेको थियो ।

 

निरन्तरको भेदभाव र कर्णालीका श्रष्टालाई श्रष्टाका रुपमा नचिन्ने कुदृष्टिमा विरुद्ध काठमाण्डुमा मासिक रुपमा निरन्तर कार्यक्रम गरिदै आएको र यो सिलसिला जारी रहने प्रतिष्ठानका महासचिव प्रकाश परिश्रमीले बताए । उनले भने ‘हाम्रो कर्णाली हरेक हिसाबले सम्पन्न छ । र साँस्कृतिक सवालमा हामीले बोलेको भाषा, हाम्रा संस्कार, हाम्रा लो संस्कृतिको मूल उद्गम थलो नै कर्णाली हो । यति हुँदाहुँदै पनि यहाँका कलाकार, संस्कृतिकर्मी र साहित्यकारलाई सम्मान तथा प्रोत्साहन नगर्ने संस्कारका विरद्ध पनि यसखालको निरन्तर प्रयास गरिएको छ । यसका लागि आफ्नो कला र गलाद्वारा राज्यलाई जवाफ दिन्छौं’ ।

 

प्रतिष्ठानको सिर्जनशिल क्रियाकलापका सवालमा प्रतिष्ठानका कोषाध्यक्ष दिपक अभिलाषी भन्छन् ‘हाम्रो भन्दा अघिल्लो पुस्ताले केहि हदसम्म प्रयास ग¥यो, अब हाम्रो युवा पुस्ताले काठमाडौंमा नयाँ ढंगले सिर्जनामार्फत् कर्णाली चिनाउँछौं । ‘नयाँ सोच र जोस भएको युवा सर्जक, कलाकार र संस्कृतिकर्मीहरुको टिम छ । यो टिमले हरेक महिना नेपाली समाजको आधुनिकतासंगै आफ्नो मूलभूमि भुल्दै गएको परिदृश्यमा यसखालका कार्यक्रमले सार्थकता हामीले देखेका छौं’ ।

 

र यसखालका सिर्जनशिल क्रियाकलापले राजधानीबाट दुर्गम मानिएको तर हाम्रो भाषा, सभ्यता, इतिहाँस र सांस्कृतिक विरासत बोकेको कर्णालीको कर्णालीको पहिचान बढाउन मद्दत पुग्ने कुरा कर्णालीको संस्कृति र सभ्यताका जानकारहरु बताउँछन् ।