राजधानीमा सुरु भयो ‘कर्णाली गुञ्जन’

राजा भात खाँदैन भन्छ सेता दर्नालीअ
जल, जंगल, जडिबुटि सुन्दर कर्नालीअ

 

राजधानीको अनामनगरस्थित सम्वाद डवलीमा राज्यमन्त्री गोमा कुँवर देउडा गाउँदै कर्णालीका श्रष्टाहरुसंग साक्षात्कार गर्दै थिइन् । कर्णाली कला संस्कृति प्रतिष्ठानद्वारा आयोजित ‘कर्णाली गुञ्जन’को पहिलो श्रृंखलामा सहभागी सय बढि कर्णालीका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिष्ठानद्वारा आयोजित ‘कर्णाली गुञ्जन’को पहिलो श्रृंखलामा माननिय पशुपंक्षी राज्यमन्त्री मुख्य आतिथ्य थियो । भने तरुण दलका महामन्त्री तथा साहित्यकार भुपेन्द्रजंग शाही विशिष्ट अातिथ्य थियाे । कर्णालीका नेता, पत्रकार, साहित्यकार, बुद्धिजिवी र श्रष्टाहरु कर्णाली गुञ्जन झण्डै ४ घण्टा चलेको थियो । गुञ्जनमा ४ दर्जन भन्दा धेरै कर्णालीका श्रष्टाले आ–आफ्ना देउडा, कविता, गजल, मुक्तक आदि रचना बाचन गरेका थिए ।

गुञ्जनको सुरुवातमा सुमधर स्वरकी धनि गायिका इरानी सुन्दरी भामको मन छुने देउडा गितले सबैको ध्यान एकत्रित गरेको थियो । जुम्लाका गायक जिवन विसीको मिठो स्वरको पनि तारिफ भएको थियो । त्यस्तै गायिका निरुता खत्री र गायक जगत टमटाका गितहरुले पनि सबैको मन छोएको थियो । गुञ्जनमा कपिल अन्जान, भौतिक मल्ल, लक्ष्मण संगम, नविन बुढा, राष्ट्रराज कार्कीलगायत २ दर्जन गजलकारले गजल बाचन गरेका थिए भने १ दर्जन बढि कर्णालीका कविहरुले आआफ्ना कविता बाचन गरेका थिए ।

 

कर्णाली गुञ्जनको मध्य भागमा विशिष्ट अतिथी भुपेन्द्रजंग शाहीले बाचन गरेका आधा दर्जन गजलले माहोल फरक बनाएको थियो । ‘कर्णाली गुञ्जन’मा बोल्दै विशिष्ट अतिथि शाहीले भने, हिजोका दिनमा हामीले पनि केहि प्रयास गरेका थियौं, प्रयास क्षणिक भयो तर आज यो प्रतिष्ठानमा आवद्ध कर्णालीका युवा श्रष्टाहरुले यो प्रयासलाई निरन्तरता दिनुपर्ने बताए । प्रतिष्ठानको यसखाले नमुना कामलाई आफुले हरतवरले सहयोग गर्ने बताउँदै शाहीले भने ‘कर्णालीका श्रष्टाहरुको सम्मान हुने गरि परस्कारको स्थापना गरौं र त्यसमा १०,०००/– सहयोग गर्छु’ ।


त्यस्तै कर्णाली कला संस्कृति प्रतिष्ठानको प्रयासलाई सम्मान गर्दै इन्जियिरिङ पढ्दै गरेका कालिकोटमा मेधावी विद्यार्थी विमल शाहीले आफ्नो व्यक्तिगत खर्च कटाएर रु ८,०००/– र अंग्रेजी साहित्यका विद्यार्थी विष्णु रोकायाले रु ५,०००/– सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

 

कर्यक्रमका सभापति एवम् प्रतिष्ठानका अध्यक्ष निर्मोही संकल्पले ‘कर्णाली गुञ्जन’ काठमाडौंमा निरन्तर गुञ्जिरहने र कर्णालीको भाषा, साहित्य र संस्कृतिको उत्थानमा प्रतिष्ठान कटिवद्ध रहने र कर्णालीका नयाँ श्रष्टाहरुको पहिचान र पुराना श्रष्टाहरुको सम्मान कार्य निरन्तर जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

 

तस्विरमा ‘कर्णाली गुञ्जन’को पहिलो श्रृंखला