मुगालीले पनि सम्झे विपीलाई

विपी जयन्तिको सन्दर्भ पारेर नेजाल विद्यार्थी संघ मुगुले पनि राजधानीमा एक कार्यक्रम गरि जननेता विपी कोइरालालाइृ सम्झेको छ ।

 

विजया दसमी, दिपावली तथा छठ पर्वको समेत सन्दर्भमा आयोजित कार्यक्रममा नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरको प्रमुख आतिथ्य थियो भने पूर्व राज्यमन्त्री हस्त बहादुर मल्लको विशेष आतिथ्य थियो ।

 

नेपाली कांग्रेस मुगुका पूर्व सभापति ऐन बहादुर शाही लगायत नेविसंघ केन्द्रिय नेताहरुको उपस्थितिमा सम्मपन्न कार्यक्रममा उपस्थित नेताहरुले विपिको विचार अहिलेसम्म पनि सान्दर्भिक रहेको परिप्रेक्षमा मुगालीहरुले पनि विपीलाई सम्मान गरेको र अझै पनि विपीको विचारलाई थप प्रचार गर्नुपर्ने बताए ।

कार्यक्रममा सुमधुर स्वरकी धनि इरानी सुन्दरी भाम लगायतका कलाकारले पनि आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।

 

उक्त शुभकामना आदान–प्रदान तथा चियापन कार्यक्रम नेविसंघ मुगु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजेन्द्र शाही र नेविसंघ मुग नेता नविन कार्कीको विशेष सक्रियतामा सम्पन्न भएको थियो ।