कृष्णभक्तले ल्याए ‘पश्ताचाप’

‘पश्ताचापको हुरी चल्छ जव तिमी रिसाउँदा
मायालु ति मुस्कानमा आँसु थोरै मिसाउदा

 

उक्त आधुनिक बोलमा रहेको गितमा गितकार हेमन्त माबोको उत्कृष्ट शब्द र संगीतकार कृष्णकुमार राईको लय, संगीतमा बरिस्ठ गायक तथा संगीतकार कृष्णभक्त राईले स्वर दिएका छन् ।

 

गितकार र संगीतकार केहि बर्ष देखि दक्षिण कोरियामा कार्यरत रहेका छ्न् । प्रवासी भुमिमा रहेर पनि ब्यस्तताका बाबजुद आफ्नो कला र सृजना शक्तिलार्इ फुल्न, फल्न र मौलाउन केहि कुरा पनि रोक्न छेक्न सक्दैन भन्ने कुराको प्रमाण अनि आफ्नो प्रतिभालाई सहकार्य मार्फत् पस्किने जमर्को गरिररेका यि दुर्इ उदयमान प्रतिभालाई उदाहरण स्वरुप लिन सकिन्छ ।

 

‘पश्चाताप’ बजारमा सार्वजनिक भए लगत्तै इमेज एफ एम जस्ता केहि राष्ट्रिय अवार्डको नोमिनेसन सुचीमा समेत दाबेदार परेको साथै शब्द र लयप्रति केहि दर्शक, श्रोतबाट विभिन्न चर्चा परिचर्चा एवम् सकारात्मक प्रतिक्रिया आएकोले अब आगामी गित संगीत यात्रामा ‘पश्चाताप’ लार्इ एल्बमका रुपमा एक दर्जन गितसहित बजारमा ल्याउने कुरा पनि संगीतकार कृष्ण कुमार राइले बताउछ्न् । र यसले पक्कै पनि नेपाली सुगम संगीतमा ठुलो योगदान रहेको अनुमान गर्न सकिन्छ ।

 

दक्षिण कोरियामा कार्यरत सिर्जनशिल प्रतिभाका धनी कृष्ण कुमार राई र हेमन्त माबो कोरियामा भेटेर नेपाली संगीत क्षेत्रमा केहि आफ्नो सृजना पस्कने साहस गरेका छन् । फलस्वरुप गीतको जन्म भएको छ । जुन सिर्जनालाई जिवन्त दिएका छन्, ‘नमुछे आमा दहीमा टिका’, ‘हाम्रो माया चर्किएको ऐना सरि’, ‘आज निष्ठुरीको’ जस्ता चर्चित गीतका गायक कृष्णभक्त राईले ।

 

उक्त सुमधुर गीतलाई हेरेर सुनेर प्रतिक्रिया दिन पनि गीतकार माबो र संगीतकार राईले आग्रह गरेका छन् ।