वारी छुटे माया गर्ने……………………..

अल्का खड्का, कोहलपुर , बाँके

वारी छुटे माया गर्ने, मुटु मेरो पारी थियो ।
तामाकोशी सँगै तर्ने मुटु मेरो पारी थियो ।।

 

नदि वारी, नदि पारी वनपाखा उकाली र,
हात समाई बेसी झर्ने मुटु मेरो पारी थियो ।

 

ढकमक्क गुराँस झै फुल्दा यो जोवन,
भमरा भै सुवास छर्ने मुटु मेरो पारी थियो ।

 

साक्षी राखी तामाकोशी हाम्रो माया पिरतीमा,
सँगै जिउने सँगै मर्ने मुटु मेरो पारी थियो ।