अधुरो प्रेम
डाँडा पारीको जुनले अध्यारोलाई निम्तो गरिरहेको थियो। अनी त्यहि अध्यारोले रातलाई बिदाइ गर्दै थियो । म उज्यालोको काल्पनिक पर्खाइमा बसेको थिएँ । त्यतिकैमा भित्र बाट एउटा आवाज आयो
‘‘सुन्नुस त’’
डाक्टरको यो आवाजले म झसंग भएँ । उसले फेरी भन्यो ‘बधाई छ तपाइँको बहिनीको छोरा जन्मियो । ‘यसरि तिम्रो जन्म भयो’ यो भनाइ मेरो प्यारो मामाको थियो । जतिबेला मेरो जन्म भएको थियो । आमा मामा दुवै खुसी हुनुहुन्थ्यो र दुखी पनी किनकी म जन्मिएको दिन औसिंको दिन थियो । भाग्य भनौ या कर्मको खेल हाम्रो समाजमा म जस्ता औसींको दिनमा जन्मिएका निर्दोष बालकलाई राक्षसको उपमाले हेरिने रहेछ । यस्ता राक्षसलाइ सानैमा मार्नु पर्छ नत्र यसले आफ्नो मान्छेलाइ नै खान्छ । सुन्नुस त कति अपत्यारिलो कुरा ः साच्चै म जस्ता औसींको दिनमा जन्मिएका बालकले समाजमा यसरी नै अपहेलित भएर बाच्नु पर्छ त । समाज अनी समाजमा भएका ठुला भनाउदाहरुको दृष्टिकोणमा म राक्षस थिएँ । अनी मेरो आमालाई हेरिने दृष्टिकोण मानबता भन्दा निकै टाढा थियो ।
यस्तै यो धर्तीमा पाइला टेकेर राक्षसको उपमाले चिनिएको पनी करिब पाँच बर्ष भइसकेको थियो । यसक्रममा आमाले मलाइ पढ्नको लागि स्कुल भर्ना गरिदिनुभयो र म स्कुलमा पढ्न जान थालें । स्कुल जस्तो ज्ञानसालामा पनी मलाइ साथीहरु र शिक्षकहरुले निकै नराम्रो ब्यबहार गर्थे अनि पिट्थे । त्यो नराम्रो ब्यबहार र पिटाइ सहन ज्यादै मुस्किल पर्थ्यो अनी मेरो मानसपटलमा खपिनसक्नु तनाब सिर्जना हुन्थ्यो । अनी आमा संग भन्थे ‘आमा म स्कुल जान्न स्कुलमा सबैले बिना बाबुको औसें लगायत अन्य अपसब्द बोल्छन र पिट्छन ।’ आमाले मलाइ सम्झाउदै भन्नुहुन्थ्यो ‘बाबु तिनीहरुले जे भने पनी तिमीले धेरै पढ्नु पर्छ । समाजमा औसें भनेर चिनिने तिम्रो नामलाई पुर्णिमा जस्तै चम्काउनु पर्छ ।’ आमाका कुराहरुले मलाइ फेरी स्कुल जान प्रेरित गर्थ्यो र म स्कुल जान्थे र जसरि पनी पढ्ने सोच बनाउथें ।
स्कुल जानु गृहकार्य गर्नु र घरमा आमालाई सघाउदै मेरा दिनहरु बितिरहेका थिए । एकदिनको कुरा हो म कक्षामा बसिरहेको थिए । यत्तिकैमा एक जना केटा आएर मेरो कपि खोसिदियो । त्यसपछी मैले उसलाई मेरो कपी किन खोसेको भने अनी उसले मलाइ बिना बाबुको छोरा भन्दै पिट्न थाल्यो । पछी घरमा गएर आमा संग सोधें आमा मेरो बुवा कहाँ हुनुहुन्छ ! किन घरमा नबस्नु भएको ! किन मलाई सबैजनाले बिना बाबुको छोरा भन्छन रु के साच्चै मेरो बुवा हुनुहुन्न ! इत्यादि प्रश्न सुन्दा आमाले आँसुको ढिका छचल्काउदै भन्नुभयो ‘तिमि सानै छौ बाबु ठुलो भएपछी थाहा पाउछौं ।’ भन्दै अन्यत्र कुरा लगाउदैं हुनुहुन्थ्यो तर मैले आज सबै कुरा नभने भोली देखी पढ्न नजाने र केही पनी नखाने भन्दै जिद्दी गर्न थालें । अन्ततः मेरो जिद्दीको अगाडी आमाको केही लागेन । त्यसपछी आमाले भन्न सुरु गर्नु भयो ।
कुरा २०४० सालतीरको हो म बाबुको एक्ली छोरी थिएँ । बुवा गाउँको जान्ने सुन्ने मान्छे मध्य एक हुनुहुन्थ्यो । बुवालाई घरको र खेतीपातीको काम हेर्ने फुर्सद हुदैनथ्यो । आमालाई घरभित्रको काममा ठिक्क हुन्थ्यो । त्यसैले खेतीपातीको काम र अन्य कुनै काम मैले हेर्नुपर्थ्यो ।
एकदिनको कुरा हो । साउनको महिना ठुलो पानी परेको थियो । खेतमा खेतालाहरु लगाईएको थियो । खेत बाट घर फर्किदा ठुलो खोला पर्थ्यो । त्यसदिन पनी खेतमा काम गरेर साँझ घर फर्कदै थियौं । ठुलो पानी परेकाले खोलामा ठुलो बाढी आएको थियो । साँझको ६ बजिसकेको थियो । खोला अझै बढ्दै थियो किनकी पानी पर्ने क्रम जारी नै थियो । हामी आपसमा साहास बोकेर खोला तर्ने आँट गर्र्यौ । तर दुर्भाग्य मलाइ खोलाले बगायो । म होसमा आउँदा आफुलाई एउटा अस्पतालको बेडमा पाएँ । त्यहाँ मलाइ कसले ल्यायो केही थाहा थिएन ।
त्यसपछि आमा रुन थाल्नु भयो फेरी आँसु पुछ्दै भन्नु भयो ।
सात दिन सम्मको अस्पताल बसाइ पछी आठौ दिनमा म त्यहाँ बाट निकालिए । त्यसपछि त्यो बिरानो र नौलो शहरमा कहाँ जाने कता जाने थाहा थिएन । त्यसपछी म कसरि घरमा जाने भन्ने चिन्तामा शहरको विभिन्न ठाउमा भौतारिदै हिड्न थाले । यसरी भौतारिदै हिडेको २ र ३ दिन भैसक्दा पनी मैले घरमा जाने कुनै उपाय र बाटो भेटाउन सकिन । धेरै मानिसहरु संग सहयोग मागे । तर त्यो निर्दयी शहरमा कसैको पनी सहयोग पाउन सकिन । अन्ततः म तही शहरको एउटा धर्मसालामा बस्न बाध्य भएँ । त्यहाँ खानको लागी केहि पनी पाइदैन थियो । खाली बस्ने बास मात्र ।।भोको पेटले धेरै दिन भोक खप्न सकेन । बाध्य भएर नजिकैको होटेलमा भाँडा माझ्ने काम गर्न थालें । बिहान होटेलमा भाँडा माझ्नु र साँझमा काम सकायर धर्मसालामा बास बस्नु मेरो बाध्यता र दैनिकी थियो । यसरि मेरो दिनचर्या बितिरहेको थियो ।
यसै क्रममा काम गर्ने होटलमा एउटा युवक संग भेट हुन पुग्यो । परिचयको क्रममा उसले आफ्नो नाम बसन्त भनेको थियो । बसन्त त्यस होटलमा प्राय आउने गर्दथ्यो । कहिले होटलमा कहिले बाटोमा बसन्त संग मेरो भेट भैरहन्थ्यो । मलाइ देख्ना साथ बसन्त म संग के छ भनेर सोध्ने गर्दथ्यो । अनी त्यो शहरको बारेमा केहि कुराहरुको बर्णन गर्दथ्यो । यसरि बोलचालको क्रम बढ्दै जान थाल्यो । बसन्तले मलाइ दुख सुखमा साथ् दिन्थ्यो । अनी मेरो मनको घाउमा सान्तवानाको मल्हम पट्टी लगाउथ्यो । यसरि त्यो बिरानो शहरमा बसन्तले साथ दिए पछी अलिकती आफ्नो पिडा कम भएको अनुभुती हुन थाल्यो । बसन्तको मनमा के थियो मलाइ थाहा थिएन तर उसको म प्रतिको ब्यबहारले मलाइ बसन्त प्रती कहिल्यै पनी नराम्रो सोचाइ आएन । आउथ्यो पनी कसरि बसन्तले एउटा नचिनेको केटिलाइ साथ र सहयोग गरेको थियो । बसन्तको यसप्रकारको साथले मेरो मनमा खुसीको राहत मिल्थ्यो ।
दिनहरु बित्दै गए ।
बसन्त संगको मेरो सामिप्यता झन् झन् नजिकिदै गयो । यसैक्रममा बसन्तले मलाइ मन पराएको कुरा म संग गर्यो । उसका यस्ता कुरा सुन्दा मेरो मनमा एक किसिमको हलचल पैदा भयो कि म बसन्तको प्रस्ताबलाइ न त स्वीकार्न सक्ने भए न त नकार्न । खै किन म उसलाई केहि जवाफ दिन सकिन । त्यो पल त्यसै बित्यो । त्यसपछी करीब एक साता बसन्त मेरो सामु देखा परेन । मलाइ लाग्यो मैले जवाफ नदिएकाले उ म संग रिसायो होला भनेर मनलाई दुबिधामा पार्दै बसिरहें ।
एकदिन अचानक बसन्त बाटोमा भेटियो । अनी मलाइ रोक्दै भन्यो के सोच्यौ त मेरो बारेमा रु किन जवाफ नै दिइनौ त !
मैले उसलाई आफ्नो यथार्थ भन्दै तिम्रो र मेरो मिलन हुन सक्दैन यो सब असम्भब छ भनेर सम्झाउन थालें ।
तर उसले मलाइ भित्रि हृदय देखी माया गर्ने र जस्तोसुकै परिस्थिति र मोडमा पनी साथ दिने भन्दै जिद्दी गर्न थाल्यो । अन्ततः मेरो मनमा पनी उ प्रती माया पलायर आयो । अनी उसको मायालाई सहजै स्वीकार गरे । बसन्तलाइ आफ्नो मन दियपछी मेरो उ संगको संसारको कल्पना गर्दै दिनहरु बित्न थाले । उसको प्रेममा अन्धो भएपछी म मेरा आमा,बाबा,साथीसंगी, गाउघर सबै भुलिसकेको थिए । अब त मलाइ त्यो शहर मन पर्न थालिसकेको थियो । बसन्त संग घुम्न जानु, एक आपसमा माया साट्नु दुख सुख बाड्नु र आफ्नै स्वर्णिम संसारको कल्पना गर्दा गर्दै समय बितेको पत्तै भएन । यसरि हाम्रो प्रेम सम्बन्ध भएको पनी करिब ५ बर्ष भैसकेछ ।
एकदिनको कुरा हो । जुन दिन थियो २०४४ साल बैसाख एक गते नया बर्षको उपलक्ष्यमा मलाइ बसन्तले एउटा ठुलो रेष्टुरेन्टमा लग्यो । त्यसदिन हामि त्यहि रेष्टुरेन्टमा बास बस्यौ । त्यहि रात थियो जुन रात मैले आफ्नो घिन लाग्दो परित्याग स्वरूप बसन्तले नासो उपहार तिमीलाई दियो । करिब ३ महिना हुदा उसलाई मैले तपाइको नासो मेरो गर्भमा हुर्कदै छ अब हामीले बिहे गरौ भने अनि उसले मलाइ सान्तवना दिदै तिमि न आत्तेउ म सबै चाजोपाजो मिलाउछु । केहि दिन पर्ख अनी हामीले बिहे गरौला भन्दै म संग बिदा भएर गयो । यसरी बसन्त गएको पनी २५र२६ दिन भैसक्यो तर उ आउने अत्तोपत्तो थिएन । उसको पर्खाइमा बसेको पनी २ महिना भैसकेको थियो । तर उ आएन त्यो दिन देखी उ कता गयो के गर्र्यो अथवा कुनै मुस्किलमा पो पर्र्यो कि केहि थाहा भएन । आमाले यति भनिसक्दा सम्म उहाको आसुले आखाँ बाट गला हुँदै चोलीको बाटो पनी निर्थुक्क भिजिसकेको थियो ।
त्यसपछि आमाले फेरी भन्न सुरु गर्नु भयो ।
त्यसपछि मैले आफुलाई सहारा बिहिन जिन्दगीको पाइलालाइ अगाडी बढाउनु भन्दा यहि बिश्राम दिन्छु भन्ने सोचाइ राखेर धेरै पटक आत्महत्या गर्ने प्रयास गरें । तर म सधै असफल नै भए । सायद भगवानलाई यहि दिन देखाउनु थियो त्यसैले मलाइ मर्न दिएनन् ।
एकदिनको कुरा हो म मन भरी अनेक कुरा खेलाउदै सडकको एक छेउमा बसिरहेको थिए । यत्तिकैमा बहिनी भन्ने अपरिचित आवाज मेरो कानमा ठोक्कियो । म एक्कासी झस्किए । त्यो मानिस मेरो नजिक आउदैं सोध्यो ‘के छ बहिनी हालखबर !’ म अकमक्कमा परें । बिस्तारै भने मैले तपाइँलाइ चिन्दिन को हो तपाइँ रु मेरो प्रतिउत्तरमा उसले मलाइ सान्तवना दिदै भन्यो ‘हो तिमीले मलाइ चिन्दैनौ तर म तिमीलाइ चिन्दछु । म संग भेट हुदा तिमी बेहोस अवस्थामा थियौ । बेहेस के भन्न खोज्नु भाको मैले उसको कुरा सकिन नपाउदै सोधें । अनी उसले मलाइ खोलाको किनारमा बाढीले बगाएको अचेत अवस्थामा भेटाएको र उपचारको लागी हस्पिटलमा लगेर छाडेको भनेपछी मैले थाहा पाए कि त्यसदिन मलाइ बचाउने मानिस उ नै रहेछ भनेर । उसले भन्यो कहाँ हो बहिनी घर रु किन यहा बसेकी रु इत्यादि प्रश्न उसले मलाइ के गरेको थियो मेरो आखाहरु आसुले रसाए । अनी मैले उसलाई भने किन मलाइ बचाउनु भएको दाइ त्यो दिनमै मर्न दिएको भए आज मलाइ यो पिडा सहन पर्दैनथ्यो । उसले मलाइ सोध्यो स्(किन र बैनी के भयो रु आफन्तहरु कहाँ हुनुहुन्छ रु मैले आफ्नो सबै कुरा उसलाई भनें । उसका पनी आफन्त कोहि थिएनन् । मेरो यथार्थ थाहा पाएपछी उसले मलाइ दाइ बनेर साहारा र आश्रय दियो र आज सम्म पनी तिम्रो र मेरो साहारा बनिरहेको छ । त्यो अरु कोहि नभएर तिम्रो मामा हो । यसरि म मेरो अपुरो र अधुरो सपना साकार पार्ने कल्पना सहित तिम्रो आशा र भरोषामा बाँचिरहेको छु भन्दै भक्कानो छाडेर रुन थाल्नु भयो । आमाको यति ठुलो पिडा र घात–प्रतिघातको चोटले मेरो आखा पनी आँसुले भरियो । आमालाई सान्तवना दिदै म आफ्नो कोठामा गए ।
मनभरी फैलिएको बेदनाले मुटु छिया–छिया भयो । बिछ्यौनामा पल्टियर त्यतिकै घोरिइरहे । यत्तिकैमा आमाले खाना खान बोलाउनु भयो । मलाइ भोक नै थिएन । खाना खानै मन लागेन त्यतिकै पल्टिए कतिबेला निदायछु थाहा भएन । ब्युझिदा बिहानको ५ बजेको थियो । सधै झैं आफ्नो नित्यकर्म सकायर स्कुल तर्फ लागें । स्कुलमा पनी पढ्ने मनै लागेन । मन भारी थियो त्यसैले कक्षा भन्दा बाहिर एकान्त ठाउँमा गयर बसें । यतिकैमा पछाडी बाट आएको आवाजले मलाइ तर्साईदियो । फर्केर हेर्दा मेरो कक्षामा पढ्ने जुनु थिइन । नजिक आउदै जुनुले सोधिन ‘जय आज क्लास नबसी किन एक्लै बाहिर धेरै एकान्त ठाउँमा बसेको ! तिमीलाई सन्चो भएन हो ! प्रतियुत्तरमा मैले भने स् ठिक छ जुनु के पो हुन्थ्यो र यो अभागीलार्इ । उनले मेरो कुरा काट्दै भनिन संजय तिमीलाई केहि त भएकै छ। म तिम्रो साथी के भएको छ अथवा तिमीलाई फेरी कसैले केहि भयो कि मलाइ भन जय आफुमा लुकायर नराख । केहि कुरा आफ्नो साथी संग बाड्यो भने पनी मन हलुङ्गो हुन्छ । किन मौन रहन्छौ । यसरि जिन्दगि अगाडी बढ्दैन जय प्लिज मलाइ भन रु के भयो तिमीलाई भन्दै जिद्दी गर्न थालिन । मेरा आखामा आशु हरु टिलपिल टिलपिल गर्दै थिए । मलाइ आफ्नो साथी ठान्ने तिनै एउटी थिइन जसले मेरा हर सुख दुखमा साथ दिन्थिन । त्यसपछि मैले जुनुलाई आफ्ना सबै पिडा हरु सुनाए । उनको पनी आखाभरी आशुं थिए । उनले मलाइ सम्झाउदै भनिनस् जय जिन्दगी यस्तै हो मिलन,बिछोड,आशु,हासो,माया,घृणा भन्ने कुरा त आइ नै रहन्छन । तर पनी तिम्रो जिन्दगीमा आएको यो चोटलाई तिमीले आफै निको बनाउनु पर्छ । आमालाई साहारा दिनु पर्छ । तिम्रो साहारामा नै आमा बाँचीरहनु भएको छ । तिमीले नै यसरि हार खायौ भने आमाको मन कस्तो होला रु तिमीले हार नखाउ मेहेनेत गरि पढ एकदिन तिमी यो समाजमा आफ्नो राम्रो बेग्लै पहिचान बनाउनु पर्छ भन्दै कक्षामा लियर गईन । जुनु मेरो हर कुराहरु जान्दथिन । जुनुले मेरो हर समस्यामा साथ, हौसला र सहानुभुति प्रकट गर्थिन् । मेरो भावनाको कदर गर्थिन । मेरो जिबनलाइ अगाडी बढाउन प्रोत्साहन दिन्थिन । उनको त्यो निश्चल माया र सदभाब देख्दा यस्तो लाग्थ्यो कि कोहि नहुनेको भगवान हुन्छ भन्छन साच्चिकै हो रैछ ।
यसरि दिनानु दिन जुनु र मेरो सम्बन्ध पनी अझै नजिकदै थियो । यसैक्रम खै कतिबेला मैले जुनुलाई मन पराउन पुगेछु पत्तै भयन। अब त यस्तो लाग्थ्यो जुनु एकदिन स्कुल न आउदा पनी संसारै शुन्य के के नपुगे जस्तो मनै रित्तो–रित्तो, खाली–खालीको आभाष हुन्थ्यो । मैले जुनु प्रति कुनै त्यस्तो प्रतिक्रिया देखाएको थिएन । मलाइ थाहा छैन जुनुले यो कुरा थाहा पाइन भने हाम्रो साथीत्वको सम्बन्धमा नराम्रो आँच आउछ या राम्रो । मेरो बारेमा उनलाई केही त्यस्तो छ या छैन ।मलाइ उनले मन पराउछिन या पराउदिनन । यस्तै यस्तै कुरालाइ लियर म दिन प्रतिदिन छटपटिन थालें । उता हाम्रो टेस्ट परिक्षा नजिक आउदै थियो । मलाइ भने पढाइ भन्दा बढी जुनुको यादले सताउन थाल्यो । अनि त्यो कुरा जुनुलाई भन्ने आँट र साहासका साथ एक दिन जुनु एक्लै भएको मौका पारि मेरो मनको सबै कुरा उनको सामु राखे । मलाइ एकदम डर लागेको थियो ।ओठहरु कापिरहेका थिए । मुटुको धड्कन जोडले धड्कीरहेको थियो तर मेरो डर त्रासलाई उनले एकै सब्दमा निकालीदीइन र उनले भनिन स्म पनी तिमीलाई मन पराउछु धेरै पहिले देखी नै । केटी हुनाले तिम्रो सामु यी सबै कुराहरु म भन्न सक्दिन । आज तिमीले स्वयम् भानिदियौ म यहि दिनको प्रतीक्षामा बसेको थिए । थ्यांक यु सो मच जय । त्यसपछि त मेरो खुसीको सिमा नै रहेन । भगवानलाइ एकपटक धन्यबाद दिएँ । जुनु संग मिठा नमीठा गफ गर्दै भोली भेट्ने बाचा सहित हामी छुट्यौ । त्यो पल मेरा लागी जिबनको अवस्मरणीय पल थियो ।
एक अर्का बिना कहिल्यै पनी रहन नसक्ने जिन्दगीको कल्पना नै गर्न नसक्ने जुनी(जुनी संगै जिउने संगै मर्ने बाचा र मिठा–मिठा कुरा गर्दै समय बितेको पत्तै भएन। त्यस्तैमा हाम्रो टेस्ट परिक्षा पनी आयो । हामी दुबैले मेहेनतका साथ् परिक्षा दियौ र पास पनी भयौ । अनी एसएलसिको तयारि कक्षाका लागी जुन शहर जाने भैइन। म भने घर मै बसेर पढाइको तयारि गर्ने भएँ । किनकी म संग शहर गइ पढ्नको लागी पैसा थिएन । जुनुले आफु संग जानको लागी मलाइ आग्रह नगरेको कहाँ हो र १ तर म बिबस थिए म जान सक्दैनथे । हामी टाढा भए पनी के भयो त १ हाम्रो माया गाढा छ भन्ने दरिलो बिस्वासका साथ हामी छिट्टै भेट्ने बाचा सहित केहि महिनाको लागि छुट्टियौ ।
यसरि जुनु शहर गएपछी मलाइ एक्लोपनको आभाष हुन थाल्यो । जुनुसंग भेट हुने दिनको प्रतीक्षा गर्दै पढ्न थालें । एक दुइ दिन गर्दा गर्दै हाम्रो एसएलसी परिक्षा पनी आयो ।जुनु घरमा फर्कीसकेकी होलिन भोलि त हाम्रो भेट हुन्छ भन्दै खुसीले गदगद हुँदै अर्को दिनको प्रतिक्षा गरें ।अर्को दिन बिहानको चिसो सिरेटोले मलाइ ब्युझाईदियो अनी उठेर हात,खुट्टा धोए । आमाले खाना तयार पारिदिनु भएको रहेछ । खाना खायर म स्कुल तर्फ लागें । आज म निक्कै खुसी थिए किनकि करिब एक महिना पछी मेरी प्यारी जुनुसंग भेट हुँदै थियो । म उनलाई भेट्न आतुर थिए ्र म चाडै गएकाले जुनु आउने बाटोमा गएर उनलाई कुरिरहें । तर जुनु आइनन । अगाडी नै गइसकिछन कि सोच्दै म स्कुल तर्फ लागें । जुनुलाई कतै पनी भेटाउन सकेन । सबै कक्षामा गएर हेरें तर कुनै पनी कक्षामा उनी थिइनन । मेरो मनमा संका,उपसंकाले जरो गाड्न थाल्यो । मनभरी चिन्ता लिएर परिक्षा हलमा बसें । किन किन लेख्दा लेख्दै कलम पनी चल्न छाड्यो । कापीको पाना भरि जुनुको अनुहार आउन थाल्यो । बाहिर बाट जुनुले बोलाय झैं लाग्यो । हतार(हतार परिक्षा सकायर बाहिर आए । पुरा शरीर नै कापेर आयो अनी गरुङ्गो मन लियर घर गए । पढ्न पनी मन लागेन । त्यतिकै कोठामा बसें । जुनुको अनुपस्थितिमा म आफै नै हराय झैँ भएको थिए । यसरी परिक्षा अन्तिम दिन सम्म पनी जुनु फर्कीइनन् । जुनुको यादमा तड्पिएको पनि धेरै दिन भैसकेको थियो । तर मलाइ पुरा बिस्वास थियो । त्यहि बिस्वास्लाई आत्मासाथ गर्दै म जुनुलाई खोज्ने प्रयत्न गर्दै थिए ।
यस्तैमा एकदिन जुनुको साथी तारा म कहाँ आइन र भनिन जय तिमीलाई जुनुले भेट्न बोलायकि छे उसकै घरमा आज जसरि भएपनी जानु भन्दै आखामा आसु छल्काउदै त्यहाँ बाट भिडा भईन । म हतार–हतार जुनु घरमा पुगें । जुनुसंग भेट हुँदा म खुसीले आँशुमा डुबेको थिएँ । मेरी जुनु बिस्तारामा सुतेकी थिइन । मलाइ देख्ना साथ उनी पनी हर्षबिभोर बिस्मातका आशुहरु पोखाउन थालिन। म उनको छेउमै गएर सोधेंस् के भयो जुनु तिमीलाई ? ठिकै त छौ तिमी किन परिक्षामा सहभागी नभएको ? आखिर किन तिमीले मलाइ नबताएको ? मेरो इत्यादि प्रश्नले गर्दा उनलाई असहैय पीडाको अनुभुति भएछ क्यारे । उनि एक्कासी कराईन स्बस जय बस ! तिम्रो यी सबै प्रश्नको जवाफ तिमीलाई म कसरि दिउँ । केहि समय पछी भगवानले तिमीलाई स्वयम् आफै बताउनेछन् । आखिर के भयो जुनु रु जुन तिमी कुरा लुकाउदैछौ । फेरी त्यसैमा पनी तिम्रो यो हालत । मुहार पनि कस्तो फुङ्ग उडेको के भयो प्लिज मलाइ बताउ न जुनु के भयो ?
जुनुको आखामा बलिन्द्र आँशुका धाराहरु बगिरहेका थिए । जुनुले मेरो हात पकड्दै भनिन संजय पापी दैबलाइ हाम्रो माया देखेर डाहा लागेछ । त्यसैले तिमी देखी मलाइ खोसेर लादैछ । तिमीले मलाइ अब बिर्सनुपर्छ । उनका यी घुमाइ–फिराइ कुराहरु मैले बुझ्न सकिन । उनलाई झर्कदै भनें ‘आखिर के भयो ! तिमी यो बेकारका बातहरु किन मुख बाट निकाल्दैछौ । तिमि होसमा त छौ के भयो रु स्पष्ट भन ।’ जुनुले मलाइ रुदै भन्न थालिन ‘जय मलाइ ब्लड क्यान्सर भएको छ त्यो पनी लास्ट स्टेपमा छ । जिन्दगी यो कती लामो होला, छ । तिमी संगै बिताउने सारा जिन्दगी तिम्रै काखमा । तिम्रै साथमा रहने मेरो कति ठुलो आशा र भरोसा थियो । तर बिचमै छाडेर जानुपर्याे । मेरा हर खुसीहरु लुटिदैछ । सपनाहरु चकनाचुर भएका छन् । के गरु सदाको लागी तिमी संग छुट्दै छु । नचाहेर पनी म तिमी बाट टाढा यती टाढाको । कहिल्यै नफर्कने ठाउँमा जाँदैछु ।
जुनुको कुरा सकिन नपाउदै मैले उनको मुख थुन्दै भने ‘सून जुनु यो हुन सक्दैन तिमीले मलाइ जोक गरेकी हौ हैन ! प्लिज जुनु जोक गरेको भनन ।’ जुनुले भनिन् जोक भैदिए कती राम्रो हुन्थ्यो होला जय । यो सत्य नै हो बाबु जुनुले सत्य कुरा गरेकी छ । जुनु मात्र केहि समयको पाहुना हो जय बाबु यो यथार्थ हो । म उसको बुवा स्वयं यो पिडा मेरो आँखाको अगाडी आउदै छ म के गरूँ बाबु रु पत्याउनै गाह्रो छ भन्दै रुन थाल्नु भयो ।
पुरा घर नै रुवाबासिको चिच्याहटले गुन्जियो । जुनुको आखाहरू आशुले देख्न सकिदैनथ्यो । उनलाई अंगालेर म धेरै बेर सम्म रोइरहे । संसार नै भासिए झैँ लाग्यो । प्रकृती रोइरहे झैं लाग्यो । चारै तिर अध्यारो नै अध्यारोले ढाके जस्तो लाग्यो । उनका मेरा सपनाका महलहरु भत्किए । लक्ष्यहरु उदेश्य बिहिन भए । जिन्दगीका जिउने आशाहरु एकाएक टुक्रिए । जुनुलाई हेर्दै चुम्न मन लाग्यो । सायद त्यो पाहुनाको माया थियो। आधा मात्र साइनोको माया थियो म अनी मेरो जिन्दगीलाइ । फेरी एकपटक भगवानलाई गाली गर्न मन लाग्यो । अनि भने हे भगवान यदि तँ भित्र भगवानको साच्चिकै स्वरूप छ भने जो दुखी छ उसैलाई भार थप्छस किन रु उसको जिउने साहारा खोस्छस किन रु आखिर तैले आफु संग राख यो अभागीको एउटा साहारा पनी खोस्न लागीस रु तलाईं अझ म प्रती कत्तिपनी दया जागेन । हुन त तँ जस्तो ढुंगाको मुर्ती र ढुंगाकै मन हुनेलाइ के थाहा बिछोडको पिडा । तलाईं मैले सधैं ढोग्ने गर्थे । आज मलाइ त्यसैको फल दिन लागीस । आखिर मैले तेरो के नै बिगारेको थिएँ !
जुनुसंग छुट्ने मन नहुदा नहुदै पनी मलाइ घरमा जानुपर्थ्यो । आमा घरमा एक्लै हुनुहुन्थ्यो । फेरी आमालाई यस्तो ठाउँमा जान्छु पनी नभनेर आएको थिए । घरमा नजाउँ भने आमाले पिर गर्ने,जाउँ भने जुनुको त्यो अवस्था म ठुलो धर्मसंकटमा परें । आखिर म अन्तमा जुनुलाई भोली छिट्टै भेट्ने बाचा गर्दै घर तर्फ लागें । घरमा पुगें । आमाले कहाँ गाको भन्दै सोध्नु भयो । आमालाई सबै यथार्थ कुराहरु भने । आमाको छातीमा टासीदै धेरै बेर सम्म रोए । आमाले सम्झाउनु भयो । जती सम्झाए पनी यो मन कहाँ मान्थ्यो रु रातभरी जुनुको फोटो हेर्दै रोइरहें । उनलाई संझीरहे । कृतिम फोटोलाई चुम्न मन लाग्यो । सोच्थे कतै यो सपना त होइन । कहाँको सपना हुनु, त्यो त एकदमै भयङ्कर कालो यथार्थ थियो । त्यो रात निदाउनै सकिन । रुँदारुदै अर्को दिनको उज्यालोले बिस्तारै संसार अंगाल्दै थियो । हतार–हतार उठें । जुनुलाई भेट्न उनको घर तर्फ लागें । मनभरी के कसो भयो कतै मेरी जुनु । भन्दै नानाथरीका कुरा खेलाउदै उनको घरमा पुगें । घरमा पुग्दा त्यहाँ धेरै मान्छेहरु जम्मा भएका थिए । घरभरि रुवाबासको चिच्याहट थियो । कती ठुलो आशा थियो एक पटक यो संसारमा उनलाई देख्ने,उनीसंग बोल्ने । तर मेरी जुनुलाई पापी दैबले चुडिसकेछ । म एक्कासि कराउन पुगेछु । नाइ यो हुन सक्दैन । जुनु तिमी मलाइ छोडेर जान सक्दैनौ। जुनु बोलन किन बोलेकी रु भन्दै रुन थालेछु। पछी सबै जना आइ मलाइ सम्झाउनु भयो । जुनुको मृत शरीर संग रोए, कराए, चिच्याए तर मेरी जुनु बोलिनन् । अन्तत उनको त्यो मृत शरीर पनि म बाट टाढा भयो ।
आकाशमा बादल बिना चट्यांग र धर्तीमा पानी बिनाको खोला सुसाए झैं लाग्यो मलाइ । मनलाई दरो बनाउदै आफुलाई सम्हाल्न खोजे तर सकिन । बेहोसी र पागलपनको अवस्थामा छोरालाई देख्दा आमाको मन हो कहाँ मान्थ्यो रु म संग रुनुभयो । सम्झाउनु भयो । सधैं मेरो एक्लोपनलाई भगाउने बहानामा आमाले अरु सबै कामकुरा बिर्सिसक्नु भएको थियो । भन्ने गर्नुहुन्थ्यो बाबु आफुलाई छाडेर जानेलाई बिर्सनु नै उचित हुन्छ । उनलाई भुल्ने कोसिस नगरेको होइन मैले उनलाई । तर के गर्नु मनबाट फाल्दा पनी मनमै बसिरहनेलाइ के गर्ने रु जुनुलाई भुल्न त्यति सजिलो पनी त कहाँ थियो र ! मेरो लागि उनी जिन्दगि थिइन् ।
जुनुले मलाइ छोडेर गएको पनि करिब ५ महिना भैसकेको थियो । सधै म निकै उदास,चिन्तित दिनहरु बिताउथे । कसैसंग बोल्न मन पनी लाग्दैनथ्यो । प्रत्यक दिनको यादमा जुनुको सम्झनाले प्रमुख स्थान ओगटेको मेरो यो पिडा आमालाई असहैय हुन थाल्यो । दिन प्रतिदिन आमाले मेरो पिर हल्का बनाउने कोसिसमा लागिरहनुहुन्थ्यो ।
यसैगरी मेरा दिनहरु गुज्रिदै थिए । मेरी जुनुलाई दैबले लुटेर लगे पनी म उनको यादमा पागल प्रेमी बनेर बस्न बाध्य भए । किन कि म मेरी जुनुलाई भुल्नै सक्दैन । मेरो हालत देख्दा आमा पनी चिन्ताजनक अवस्थामा पुगिसक्नु भएको थियो । अन्ततः मेरो पिडा कम गर्न आमाले मलाइ बिहे गर्न आग्रह गर्नु भयो । पटक(पटक अस्विकार गर्दै आए पनी के गर्नु अन्तमा आमाले आफ्नो कसम दिनु भयो र आफ्नो अवस्था बताउनु भयो । हुनपनी आमाको अवस्था बिग्रदै गएको थियो । अनि आमाको अनुरोधलाई पालना गर्दै आमाकै रोजाइमा पल्लो गाउँकि अस्मिता भन्ने केटि संग बिबाह बन्धन बाधिए ।
आमा खुसी हुनुहुन्थ्यो । अब त छोराले आफ्नो अतितहरु भुल्दै जान्छ भन्ने आशामा बस्नु भएको थियो । अस्मिता संग बिबाह बन्धन बाधिए पनी हरबखत म जुनुलाई नै सम्झिन्थे । तर पनी अस्मितालाई मैले कृतिम मायामा राख्थे । यसरि एक दुइ दिन गर्दागर्दै अस्मिता संग घुलमिल हुन थालियो । नहुनु पनी कसरि उनी मेरी श्रीमती र हाम्रो घरको एउटा सदस्य भैसकेकी थिइन । कहिलेकाही मेरो उदासपनलाइ मथ्थर गर्दै भन्ने गर्थिन टोलायर बस्नु भाको कतै मैले हजुरको मन दुखाए कि रु मैले भन्ने गर्थे । हैन अस्मिता तिमीले मेरो मन दुखाएको छैनौ भन्दै अरु कुरा लुकाउने गर्ने गर्दथे । उनलाई के थाहा कि मेरो संसार डढेको छ भन्ने कुरा । अस्मितालाई मेरो बेथा थाहा थिएन । त्यसैले बेला–बेलामा म निराश हुनुको कारण सोधिरहन्थिन् । यी कुराहरु बाट पन्छिन् अब त म कहिले काहीं हास्थे । अस्मिता र आमालाई हसाउथे । लाग्थ्यो अब त खुसी छु मैले अतीतलाई कती सम्झनु । जुनुको माया त छ साथमा तर छ भन्दैमा आमा र अस्मितालाई पनी त रुवाउनु उचित हैन भन्ने ठानेर मैले अस्मितालाई माया गर्न थालिसकेको थिए ।
जिन्दगीका व्यथाहरुलाई एउटा पानामा लेखी नसक्दै अर्को पानमा लेख्दै थिए । एक्कासी मसी छताछुल्ल पोखियो । सारा पानाहरु मसीले भिजे अनी त्यो कथा त्यहि रोकियो । कैयौ घात सहेकै थिए फेरी बल्झियो अर्को घात ।
२०६५ साल बैसाख ५ गते माइत गईन अस्मिता हासिखुसी । केहि पर सम्म पठाउन गएँ । केहि दिन पछी आउछु भन्दै बिदाइका हात हल्लाउदै अस्मिता र म छुट्टियौ । अस्मिता संग छुटिदा कता(कता मलाइ नरमाइलो लागेको थियो नै ।।तै पनी दुइचार दिनको कुरा न हो त्यसपछि फेरी हामी संगै भैहाल्छौ नी भन्दै म घर तिर फर्के । दिनहरु बित्दै गए । अस्मिता गएको पनी धेरै दिन भैसक्यो तर उनी आउने कुनै अत्तोपत्तो थिएन । न म्यासेज न मिसकल न फोन खै के भयो । मलाइ कतै केहि भयो की भनी डर लाग्न थाल्यो । जती फोन गर्दापनी उनले मेरो फोन उठाईनन । म्यासेजको प्रत्युत्तर पनी दिईनन । यसो गर्दा गर्दै उनी आउने बाटो कुर्दाकुर्दै कुर्न थालेको पनी करीब १०र१२ दिन भैसक्यो । यता घरमा आमा पनी आतिन थाल्नु भयो । अन्ततः आमाले मलाइ अस्मितालाई केहि भयो कि रु आफै गएर बुझ अनी लियर आइज बाबु भनी अस्मिताको माइतीघर पठाउनुभयो । अनी म उनको घर अर्थात माइती घर तर्फ हिंडे ।
केही समय पछी अस्मिताको गाउ पनी आयो । मलाइ देख्दा गाउका मान्छेहरु कानेखुसि गर्न थाले म अचम्ममा परें । त्यै पनी म उनको घरमा पुग्नलाइ लर्खराउदै भएपनी हिड्न बिबस थिएँ । आखिर के भयो मलाइ कौतुहलता भैराख्याथ्यो । जे भएपनी म झमक्क साँझ परेपछि अस्मिताको घरमा पुगें । घर एकदमै सुनसान थियो । पहिले जाँदाको जस्तो रौनक थिएन । म झन् आत्तिए अनी बिस्तारै ढोका घचघच्याउन थाले । घरमा बुवा,आमा मात्र हुनुहुन्थ्यो । आमाले ढोका खोल्नु भयो । अकस्मात मलाइ देख्दा आमा बोल्नै सक्नुभएन । मुख निन्याउरो थियो । आखाभरी आशुका ढिकाहरु प्रष्ट देखिन्थे । मैले हतारिदै सोधें ूआमा अरु सबै जना खोइ रु अनि अस्मिता खोइ रु किन यती धेरै दिन सम्म घर नगएकी रु हजुरहरु लाइ सन्चो भएन रु अनी फेरी हजुरको आखामा आँशु रु के भयो आमा सब ठिक त छ रुू मेरा यी प्रश्नहरुको जवाफ आमाले दिनुभएन । खाली रुनु मात्र भयो । पछी बुवा आउनु भयो । बाबु हामीलाई माफ गर्नुस ! हामीले हजुरलाई दिएको बचन पुरा गर्न सकेनौ । हाम्री छोरी हामीले हजुरलाई सुम्पेका थियौ तर उ त अहिले अर्कै मान्छे संग गई । हाम्रो इज्जत फाली । हाम्रो खुसीलाइ मिचेर गइ । त्यो हाम्रो लागी मरी भन्दै रुन थाल्नु भयो ।
म कहाँ थिए ,कहा आए मलाइ पत्तै भएन । सपना हो कि बिपना मलाइ बिस्वास नै लागेन । बुवाले भनेको पनी कसरि अविस्वास हुन्थ्यो । आफ्नो जन्मदिने बुवाले कुनै छोरीको बारेमा यसरि किन भन्नुहुन्थ्यो होला र रु भन्दै पत्याउन कर लाग्यो !
त्यहि घाउ थियो जो ओभाउना लागेको थियो । फेरी निष्ठुरीले काटेर नुनचुक छर्की अनी सर्प बनेर डसी । अब त आँशु पनी सुकिसकेको थियो । मात्र ज्युदो शरीरको लास भाको थिए म । अनी धिक्कारे आफ्नै जिबनलाइ । कती अभागी रहेछु म मायाले फुल टिप्दा काँडाले चसक्क घोचिदिन्छ। धेरै रात परिसकेको थियो मेरो शरीर ओठहरु थर्थराइरहेका थिए । बिचारा मेरी आमा बुहारीको पर्खाइमा बसेकी होलिन । छोराले बुहारी ल्याउछ भन्ने उनको आशा सिसा झैँ चक्नाचुर भएका थिए । कस्तो होला आमाको मन यो कुरा थाहा पाउदा म सोच्न पनी सक्दैनथे । आमालाई के जवाफ दिउ रु धेरै ढिला भैसकेको थियो । अस्मिताको आमाले त्यहि बास बस्न आग्रह गर्दै हुनुहुन्थ्यो । जबकी आफ्नो मान्छे नै छैन भने त्यहाँ बस्नुको के सार सम्झेर म आफ्नो घर तर्फ लागें ।
बाटोभरी नानाथरीका कुराहरु खेल्न थाले । आफ्नो कर्म माथी रिस उठेर आयो । बाकि बचेको जिन्दगी त्यहि सिध्याउ जस्तो लाग्यो । तर त्यसो गर्न पनी सकेन । अनेक पिरब्यथाको भारि बोकेर कतिबेला घरमा पुगेछु । आमाले बाबु तँ आइस भन्दा पो झसंग भए । आमाले सोध्नु भयो । बुहारी खै भनेर ।।के गर्नु सत्य तितो भएपनी बताउन कर लाग्यो । किन कि आमालाई म अरु भ्रममा राख्न सक्दैनथे । आमालाई सबै कुराहरु भने आमा धेरै रुनु भयो । आफ्नो कर्मलाई धिक्कार्नु भयो । कस्तो भाग्य दिए तिमीलाई छोरा १ मैले तिमीलाई खुसी दिन सकेन । मलाइ माफ गर भन्दै रुन थाल्नु भयो । आमालाई सम्झाउने कोसिस गरे तर के गर्नु म आफै स्वयंले आफुलाई सम्झाउन सकेको थिएन । कती कमजोर रहेछ भाग्य उनलाई पाउन सकेन जो मलाइ अत्यन्त माया गर्थिन । जो मेरो हुनुपर्थ्यो उनलाई पहिले नै भगवानले म बाट खोसिसक्यो । जो मेरो भाग्यमा नै रहेनछ त्यसलाई मेरो भागमा किन हालीदीइस भगवान । अपुरो र अधुरो खुसी किन मलाइ दिईस रु आखिर अन्त्यमा दुखि बनाउनु थियो भने ।।।।।
अस्मिता जानु थियो त पहिला नै गएको भए हुन्थ्यो किन मेरो जिन्दगीमा आयौ । मेरो घाउ कोट्यायर तिमीले चोट र ब्यथाहरुलाइ बल्झाउन सफल भयौ । तिमीलाई माया दिन सकिन, मुटु दिन सकेन । त्यसैले त तिमी मेरो जिन्दगी बाट टाढा भयौ । अरुको भयौ ।
के गर्नु जसलाई दोष दिएपनी मेरो भाग्य नै खोटो थियो । आफुलाई यो जिन्दगी अपबाद भए जस्तो लाग्यो, बर्बाद भए जस्तो लाग्यो । बर्षाद भए जस्तो लाग्यो, बतास पनी रोकिय जस्तो लाग्यो । पखेटा बिनाको चरी,पानी बिनाको माछा अनी बिषयबस्तु बिनाको कथा जस्तै मेरो जिबन कती खोटी रहेछु । साच्चै यो सम्मको औशे रहेछु,राक्षस नै रहेछु । जसको जिबनमा पाइला टेक्यो त्यहि भूकम्प गैदिन्छ ।
एउटा यस्तो कथा भित्रको कथा ‘अधुरो प्रेम’