गरिब जनता भोकै……………………

के पुनमगर जलजला

गरिब जनता भोकै, खिर खान्छन् नेताहरु ।
नबोले लाटो बोले पिर मान्छन् नेताहरु । ।

पाउँदैन सिटामोल, पुगे हुन्छ जुम्ला, हुम्ला
उपचारमा बिदेश नै किन जान्छन् नेताहरु ।

चुनाव आए बिकासे योजना अघि देखाएर
जितेपछि जनतालार्इ उल्लु ठान्छन् नेताहरु ।

जागिरको लोभ देखाइ आयोग गठन गरी
आफ्नो मान्छे को छ आफै छान्छन् नेताहरु ।

बन्द–हडताल, चक्काजाम भैरहोस् देशमा
आफ्नो पेट भर्नलाइ यहिँ चाहान्छन् नेताहरु ।