पूर्व प्रधानमन्त्री नेपालले भने राज्य विकासप्रेमी हुनुपर्छ

काठमाडौं– एमाले नेता माधव नेपालले मुलुकको विकासको मेरुदण्ड नै शिक्षा भएकाले त्यसलाई समय सापेक्ष परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

 

बिहीबार काठमाडौमा ‘अवको नेपाल सम्भावना र कार्यदिशा’ समेटिएको विज्ञहरुले लेखेको पुस्तक सार्वजनिक गर्दै नेता नेपालले आगामी दिनमा शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्न सके मुलुक सम्बृद्ध हुने धारणा राखेका हुन् । उनले विश्वमा सरकारी र निजी लगानी असफल बन्दै गएपनि सहकारीहरु सफल हुँदै गएको भन्दै यसको सहि सदुपयोग गर्नपर्ने पनि बताए ।

 

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राज्य भ्रष्टचारी हुदै गएको भन्दै राज्य विकास प्रेमी हुनुपर्ने भएकाले भावि पुस्ताले त्यसतर्फ चनाखो हुनुपर्ने धारणा राखे ।

 

कार्यक्रममा माओवादी नेता लेखनाथ न्यौपाने र कांग्रेसका नेता प्रदिप पौडेलले संविधानमा समाजबाद लेखेपनि व्यवहारमा व्यवहारमा प्रयोग गर्न नसकिएको बताएका थिए ।

 

उनीहरुले पुस्तकमाथि टिप्पणी गर्दै अवको राजनीतिक नेतृत्वले त्यसतर्फ ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए । सार्वजनिक गरिएको पुस्तक पत्रकार योगश ढकाल र कृष्ण गिरीले सम्पादन गरेका हुन् ।