माओवादी, शक्ति बस्नेत र जाजरकोट

प्रकाश कुमार सिंह

देश यतिबेला स्थानीय चुनाव सकेर प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी बहसमा छ । हाम्रो संबिधानले नै आउने माघ दस भित्र तिनै तहको चुनाव सक्नुपर्ने बाध्यात्मक ब्यवस्था गरेको छ । त्यही बाध्यात्मक ब्यवस्थाका कारण पनि हामीले चुनाव गर्नैपर्ने छ सिङ्गो देशको सरकार आफ्नो बटम लाइन आउने चुनाव सम्पन्न गर्ने अर्जुन दृष्टिका साथ लागि रहेको छ । त्यसलाई सफल पार्न राज्यका हरेक अङ्गहरु तयारीका साथ लागि रहेछन् ।

चुनाव राजनीतिक दलका लागि एक महाउत्सब नै हो । जसले जनताका नयाँ प्रतिनिधि जनताबाट चुनिने सुवर्ण अवसर दिलाउँछ । चुनावले नै देशको शासन सत्तामा नयाँ फेरबदल ल्याउँछ । हामी मल्टिपार्टि सिस्टममा छौं । जसले बहुमत ल्याउँछ उसले शासन गर्न पाउँछ । बहुमत नल्याउने पार्टिहरु प्रतिपक्ष भुमिकामा रहन्छन् । अहिले देशका सम्पूर्ण राजनीतिक दलहरू आफुले बहुमत ल्याउन सबै राजनीतिक दलहरू कम्मर कसेर लागेका छन् । उनिहरु फेरि चुनावलाई प्रतिस्ठाको लडाइ बनाउदै छन् । यो राजनीतिक दलका लागि त्यति अस्वाभाबिक पनि पक्कै होइन । यो राजनितीमा स्वाभाविक खेल हो त्यसलाई धेरैले अनौठो मान्दैन पनि ।

 

सिङ्गो देश नै चुनावमा लागि रहँदा जाजरकोट पनि त्यसबाट फरक रहन सक्ने कुरा भएन । बर्षाैं देखि गरिबि, अशिक्षा, रोग, भोक, बिकटता र उत्पिडनको मारमा पर्दै आएको जाजरकोटमा पनि चुनावी सरगर्मिमा छ । विभिन्न राजनैतिक दलहरू आफ्ना उम्मेदवारहरु खडा गरेर चुनावी प्रक्रियामा जान तयार भएका छन् । जाजरकोटले राणा शासन राजा शासन पञ्चायत बहुदल आदि सबैलाई नजिकैबाट चिन्न सकेन । किनकि उ बिकट बस्तिमा थियोे उसको लागि कुन कुन शासन आए कुन कुन गए । केही समाजका बुद्धिजीवी र प्रधान पन्च भन्नेलाई बाहेक अरु कसलाई थाहा भएन किनकि जाजरकोटिहरु आफ्नै दुख पिडामा जीवन बिताउन मात्र सिमित थिए ।

समाजका केही बर्ग र केही मान्छे बाहेक अधिकांस जाजरकोटिको अवस्था पौजमा र पावर थिएन । जाजरकोटि जनताले कहिलै बहुदलको पक्क्षमा भोट हाले कहिलै पँचायतको पक्षमा भोट हाले तर केही ब्यक्ति बाहेक जाजरकोटिको कथा बदलिएन ब्यथा बदलिएन । त्यो बेला जतिसुकै निर्बाचित भएर गए । जाजरकोटि जनताको लागि कागलाइ बेलपाक्यो न हर्ष बिस्मात भने झेैं भयो । सपनाहरु जस्ताका त्यस्तै भए । जाजरकोट राज्यका लागि एकादेशको कथा जस्तो लाग्ने ठाउँमा जनताका दैनिकी पूरा हुने कुरा सपनाको कुरा हो । तपाई हाम्रो कल्पनाको कुरा भन्दा बाहिरको कुरा हो । अझै भनौ त्यतिबेला बिकाश निर्माणको बजेट कति आउथ्यो र कुन ठाउँमा लगानी हुन्थ्यो अधिकांस जनताको पहुँच भन्दा बाहिरको कुरा थियोे । आउने बिकाश बजेटले केही ब्यक्तिहरु सुबिधा सम्पन्न भन्ने बाहेक जाजरकोटको अवस्थामा कुनै परिवर्तन आएन ।

 

जाजरकोटि जनताको अवस्थामा परिवर्तन गर्न भनेर थुप्रै सांसद भए, जनताले चुनेर पठाए तर विभिन्न बहानामा जाजरकोटि जनताका सपना, दुख र कष्टको ब्यपार मात्र गरे। ज्यूँका त्यूँ सपना र चाहनाहरु आसैआसमा रहे । जिल्ला झन् ठुलो सँकटमा फस्दै गयो । फेरि जाजरकोटको नयाँ नाम रहयो झाडापखाला जिल्ला स्वाइफुलु आदि आदिको नाम रहयो ।  यी सबै अवस्थालाई बदल्न राजनैतिक रुपमा हामी अधिकार सम्पन्न आर्थिक रुपमा आत्मनिर्भर बन्न हामीले जबसम्म सक्दैनौं तबसम्म हाम्रा सपना नै रहनेछन् । त्यसका लागि राजनैतिक स्थायित्व पहिलो कुरा हो । अब हामिले त्यतातिर लाग्नुको बिकल्प छैन । के हामी यहि नमिठो बिगत सम्झेर मात्र बस्ने कुरा त्यसो होइन । हामीले थुप्रै अगाडि जानू छ । हामीले हाम्रो बिगतको इतिहास फेर्न नसकौला तर सुन्दर भबिस्य बाँच्न पाउने अधिकार हामि आफैसँग छ । जसको नेतृत्व पनि हामिले गर्न सक्छौ ।

 

आउनुहोस सुन्दर जाजरकोट बनाउने अभियानमा सहभागी बनौ हामीलाई बिगत हेरेर मात्र बस्ने अधिकार छैन । जाजरकोट हिजो के थियो आज कतातिर जाँदै छ । के जाजरकोट बिगत जस्तै मात्र छ रु छैन एक कदम अगाडि छ । जाजरकोट बिकाशको गतिमा लम्कदैछ । जसको निरन्तरता खोजिरहेको छ जाजरकोटले आज जाजरकोटमा राष्ट्रिय गौरवको आयोजना बन्दै छ । अबको केही बर्ष पछि जाजरकोट उर्जामा आत्मनिर्भर बन्दै छ । सडक सँजालको गति पनि अगाडि बढ्दै छ । जाजरकोट हुदै डोल्फा सडक बन्दै छ जाजरकोट जुम्ला सडकहरु भन्दै छन केही समयमा हामी सडक उर्जा सिचाइ लगायतका सेवा सुबिधा हकदार हुदै छौ । यो हामी जाजरकोट बासिका लागि सुखत सुरुवात हो । खुसिको कुरा हो ।

 

बर्षौ देखि दबिएको जाजरकोट हेपिएको जाजरकोट । उत्पिडनमा परेको जाजरकोट अन्य जिल्ला सँगसँगै अगाडि आउन अवश्य केही समय लाग्न सक्छ तर सहि नेतृत्व र सहि ट्रयाकमा अगाडि जान सक्यौं भने जाजरकोट साँच्चिकै अगाडि बढ्न समय लाग्दैन । जसका लागि हामीलाई राजनेैतिक इमानदारीताको खाँचो छ । सहि राजनीतिक नेतृत्वको खाँचो छ केन्द्रीय राजनीतिमा पहुँचको खाँचो छ । जाजरकोटको आवज सिहँदरबार पुर्‍याउने पाटि र ब्यक्तिको खाँचो छ । आउनुहोस सहि नेतृत्व छानौ । त्यतिबेला देश निर्वाचन होमिएको छ निर्वाचन मार्फत के हामी यी सबै समस्या समाधान गर्न तयार नहुने । हुनैपर्छ । जाजरकोटको परिचय बदल्नु नै पर्छ । त्यसका लागि सहि राजनीतिक पाटि र बिचारको खाँचो पर्छ । त्यसलाई पूरा गर्न जाजरकोटि जनताको त्याग तपस्या बलिदान बाट निमार्ण भएको नयाँ राजनैनि बिचार यदि कोहि छ भने त्यो नेकपा माओबादी केन्द्र हो जसको एजेन्डामा देश चलिरहेको छ । आज हामी जुन राजनीतिक बाटोमा अगाडि जाँदै छौ त्यो बाटोको निमार्ण माओबादि केन्द्र गरेको छ । देश त्यहि बाटोबाट अगाडि बढिरहेको कुरा दिनको घाम जस्तै छर्लङ्ग छ ।

 

माओबादि नेताहरूले गरेको राजनीति कुनै नाम कमाउन मात्र होइन । देशको शासन सत्ता बदल्न हो उत्पिडित समुदाय उत्पिडित क्षेत्र अधिकार बिहिन हरुलाइ अधिकार दिलाउन हो । बर्गिय जातीय क्षेत्रीय उत्पिडनको अन्त्यका लागि हो । नयाँ राजनैतिक बिचार निर्माणका लागि हो जसले निश्चित भुगोल र क्षेत्रको कुरा मात्र होइन समग्र राज्यको आमुल परिवर्तन गर्न चाहान्छ । हामी भन्छौ गर्बका साथ जाजरकोट बनाउने नेतृत्व हामीलाई दिनुहोस हामी बनाउछौ जाजरकोट । हो हामीसँग निस्वार्थ रुपले जिल्ला र राष्टको निम्ति सोच्न नेतृत्व छ । जसले जाजरकोट जिल्लामा बिकाशका नयाँ सम्भावना खोज्न सक्ने उम्मेदवारहरु खडा गरेको छ जाजरकोटि माओबादि केन्द्रले तपाई हामी सबैको सकरात्मक प्रयासबाट सिङ्गो जाजरकोटले केन्द्रीय राजनीति देखि जिल्लालाइ मुल धारको राजनीतिक उचाइमा पुर्याउन सम्भब छ ।

 

यो अवसरको सहि सदुपयोग गरेर हामीले समग्र जाजरकोट को नेतृत्व गर्न सक्ने ब्यक्ति निर्बाचित गरौ ताकि हामीले गर्ब गर्ने ब्यक्ति पठाउने हो जाजरकोटको नेतृत्व गरेर । जसको जसको अगुवाइ नेकपा माओबादी केन्द्र नेता पुर्ब गृहमन्त्री शक्ति बहादुर बस्नेतले गर्दै छन् । जाजरकोटि माओबादि अगाडि सारेका उम्मेदवारहरु भनेका जाजरकोटका हरेक बस्ती बस्तीमा परिचित ब्यक्ति हुन् उनिहरुको जितले नै समग्र जाजरकोट बिकासको गतिमा लम्कन सम्भब छ । त्यसैले पार्टि होइन जिल्लाको नेतृत्व गर्ने ब्यक्ति चाहिन्छ हामीलाई । हिजो रगत बगाउन तयार भएकाहरु आज अझै बढी पसिना बगाउन तयार छन । जाजरकोट निर्माण गर्ने तयार छन । नेकपा माओबादी केन्द्र नेता र पाटिले कुनै एक क्षेत्र र ठाउँको कुरा गरेको छैन । माओवादि समग्रमा जिल्लाको बिकास चाहान्छ । जाजरकोटबाट सदाका लागि गरिबी र पिछडिएको परिचय बदल्न चाहान्छ । माओबादि कुनै ठाउँ बिशेष र ब्यक्तिको कुरा गर्दैन । समग्र जाजरकोटको हितको कुरा गर्छ । उत्पिडित समुदायलाई राज्यको पहुँचमा स्थापित गर्ने गर्छ । बर्ग बिभेदलाइ अन्त्यको कुरा गर्छ । माओबादि मुख्य उद्देश्य चुनाव जित्नु मात्र होइन । सबैलाई अधिकार सम्पन्न बनाउनु पनि समाजको रुपान्तरण गर्ने दायित्व छ माओबादि काँधमा हजारौं बलिदान त्याग तपस्या गरेको देशलाई परिवर्तनको नयाँ अध्यायमा लैजान हो । माओबादि समग्र देशकै परिवर्तन चाहान्छ जनताको मुक्ति चाहान्छ यी सोषन र दमनको अन्त्य चाहान्छ । यी सबै एजेन्डालाई बोकेको माओबादि देश भरि छ माओबादि केन्द्र ।

 

जाजरकोटका प्रतिनिधि सभा उम्मेदवार शक्ति बहादुर बस्नेत, जसले समग्र जाजरकोटको बिकासको नेतृत्व र केन्द्रीय राज्यको पहुँचलाइ जाजरकोट र केन्द्र जोड्न सक्छन् । जाजरकोटमा हुने हरेक आयोजना र बिकास निमार्णका कामलाई छिटो छरितो ढङ्गबाट सम्पन्न गर्न राज्यका हरेक निकायलाई कोअर्डिनेसन गर्ने सक्ने नेता हुन् जसलाई समग्र जाजरकोट मात्र हाेइन देशकाे नेतृत्व गर्ने हिक्मत राख्छन् । उनलार्इ जिताउनु हरेक जाजरकोटिको दायित्व हो । प्रदेश सभाका क्षेत्र नम्बर एकका उम्मेदवार गणेश प्रसाद सिँह जसले जाजरकोटि जनताको दैनिकि बदल्न राजनीतिमा होमिए महान जनयुद्धमा समाहित भएर अधिकार र परिवर्तन लागि जनताको सुखदुःख मा सँगसँगै रहेर बिकास निर्माण देखि सामाजिक कार्यमा लगाउदै आउनु भएको छ अमुल्य मतद्धारा जिताउन हुन अनुरोध छ । प्रदेश सभामाका लागि क्षेत्र नम्बर दुई बाट अर्का युवा उम्मेदवार सकरात्मक सोचका धनी बौद्धिक ब्यक्ति जिबन सिङ्गो जाजरकोटिका लागि आदर्स र गौरवको ब्यक्ति जसले नेपाल लगायत बिश्वमा ख्यातिप्राप्त ब्यक्ति हुनुहुन्छ ।

 

यी सबै माओबादि उम्मेदवार हरुलाइ जिताउन आम जाजरकोट बुद्धिजीवी नागरिक समाज सबैभन्दा निर्णयक जनतालाई हार्दिक अपिल गर्दछु । परिवर्तन र जाजरकोट बिकासका लागि । माओबादि जित हो । माओबादि उम्मेदवारहरु जिताउन सम्पूर्ण क्रान्तिकारी तथा देशभक्त सबै सबैलाई हार्दिक अनुरोध छ ।