मेरो भित्रि इच्छा समाजसेवा गर्ने हो ः महानायक हमाल

२०६४ साल असोज ६ गते स्थापना भएको गैरनाफामुलक गैरसरकारी संस्था घाँसी नेपालले आज १० औ वार्षिक उत्सव अाफ्नै कार्यालयमा भव्यताका साथ सम्पन्न गरेको छ । लामो समय देखी शिक्षा क्षेत्रमा कार्यरत घाँसी आर्दश समाज नेपाल (घासी नेपाल)ले शिक्षा क्षेत्रमा काम गर्दै गर्दा २०७२ साल बैशाख १२ गते गोर्खा केन्द्र विन्दु बनाएर गएको महाभुकम्पबाट नेपालको शिक्षा क्षेत्रमा परेको विपतलाई आफ्नो क्षेत्रबाट केही गर्न सकिन्छ की भन्ने उद्देश्यले भूकम्पबाट प्रभावित सामुदायिक विद्यालय भवन पुनर्निमाणका लागी अभियानकै रुपमा अघि बढाएको छ ।

 

पुनर्निमाण अभियानकै शिलसिलामा अहिलेसम्म भुकम्प प्रभावित गोरखा, तनहुँ, काठमाण्डौँ लगाएतका जिल्लाहरुका विभिन्न स्थानमा ७ वटा सामुदायीक विद्यालय भवन निर्माण कार्य सम्पन्न गरी सकेको छ । हाल पुनर्निमार्ण कै शिलसिलामा रसुवा जिल्लाको विकट बस्ति ठुलो हाकुस्थित हाकु मा.वि. निमार्णका लागी चलचित्र जगतका महानायक तथा घाँसी नेपालका मानार्थ सदस्य –अभियन्ता) महानायक राजेश हमाल ज्यू,को अग्रसरतामा हाकु मा.वि.को अवलोकन सहित वृत्त चित्र बनिसकेको छ । यस्तै सिन्धुली जिल्लाको झाँगाझोली स्थित श्री विनायक प्रा.वि.को लागी निर्माणकार्य सुरु गर्ने तयारीमा रहेको छ । घाँसी आर्दश समाज नेपाल मा विभिन्न विद्यालयहरुबाट पुननिर्माणको लागी अनुरोध आइरहेको छ । आगामी दिनमा सहयोगीहरु सँग को आपसि सहकार्यमा सम्भव भएसम्म विद्यालय पुननिर्माण अभियानलाई निरन्तरता दिइने छ ।

घाँसी नेपालको दशौ वार्षिक उत्सवको कार्यक्रममा बोल्दै महानायक राजेश हमालले आगामी दिनमा यसरी सक्रियताका साथ यस संस्थाको माध्यमबाट विद्यालय पुननिर्माण अभियानमा लागी रहेने र समाज सेवामा निरन्तरता दिने विचार व्यक्त गर्नु भयो । यस्तै उक्त कार्यक्रमा वरिष्ठ समाजसेवि जि वि लामाले घाँसी नेपालको महान कार्यलाइ मुक्तकण्ठले प्रसंसा गर्नु भएको थियो । घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले अहिलेसम्म गरेका कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्नुको साथै आगामी दिनमा पनि यसरी नै सहयोग गर्न अपिल गर्नु भयो ।