दुर्इ नम्बर प्रदेशमा एमालेको अनिष्ट संकेत

के पुन मगर जलजला

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको तुच्छ व्यबहार र अभिब्यक्तीका कारण दुई नम्बर प्रदेशमा एमाले बढारिने पक्कापक्की छ । पहिलो र दोस्रो चरणको स्थानीय चुनाबमा अरु प्रदेशमा बलियो देखिएको एमाले तेस्रो चरण अर्थात प्रदेश दुईमा भने पाँचौ स्थानमा छ ।

बुढापाकाको एउटा पुरानो उखान अहिले एमाले अध्यक्ष शर्माको बोलिमा हुबहु मिल्न गएको छ । त्यो भनाइ के हो ? सायद हामीहरुले पनि सहजै अनुमान गर्न सक्छौं । पार्टीको अध्यक्ष अनि देशको पूर्बप्रधानमन्त्री समेत रहेका ओली आफ्नै बोलीका कारण पार्टी भित्रै पनि चौतर्फी दवाबमा परेको हामीले विभिन्न मिडियाहरुमा सजिलै पढ्न र सुन्न सक्छौ ।

 

बाहिरबाट राष्ट्रवादका नारा घोकेर अल्पसंख्यक नेपालीलार्इ धुलमुल्याउने काम यस अघि पनि नगरेका हैनन् ओलीले । लाखौ मधेसवादी जनता आफ्नो हकहितको लागि सडक र सदन दुबै एकै साथ चर्काइरहेका मधेसी जनतालाइ बिहारी अनि पहाडिया बस्तीका (बिशेश गरि राई, लिम्बू, मगर, नेवार, दलित) आदि समुदायका जनतालाइ भेडा देख्ने ओलीलाइ भने यसपटक मधेसका जनताले स्थानीय चुनावबाट राम्रै पाठ सिकाए ।

 

यस अर्थमा मधेसवादी दल र मधेसी जनतालाइ बिग सलुट भन्नै पर्छ । जनता सचेत भएर आफ्नो हकहितमा लाग्ने हो भने अहिले एमालेले मधेशमा जति पनि भोट पाएकोछ त्यो नि नपाउने अबस्थामा हो तर पनि एमालेले भोट पाएकै हो ।

 

पहाडिया बस्तिका जनजाति समुदायहरुमा अझै चेत खुलेको छैन । यिनै समुदायहरु अचेतका कारण पहाडिया बस्तीमा एमाले केहि बलियो देखिएकै हो तर यसले दीर्घकालीन असर पक्कै पार्ने छ र यिनीहरुको चेत खुल्दा सम्म पक्कै ढिलाइ भइसकेको हुनेछ ।

 

एमालेका सचीव गोकर्ण बिष्टले आफ्ना नेताहरुको फन्टुस कुरालाई केन्द्रित गरेर भनेका थिए “हाम्रो नेताहरुको बोलीका बेलगामका कारण एमालेले मधेसमा ठूलो क्षति बेहोर्नु पर्‍यो”। उनको भनाईमा आत्म समीक्षात्मक तार्किकता छ तर बाहिर राष्ट्रवादको ढ्वांग फुकेर भित्र जनतालाइ भेडो र बिहारी सम्झिने ओलीको बोलीका कारणले नै एमाले मधेशमा अस्थायको कुरा ठोकुवा गर्न सकिन्छ ।

 

तेस्रो चरणको चुनाब र मधेसी जनताले गज्जबको पाठ सिकाएका छन् । ओली हठले सोंचे जस्तो हामी भेडा र पराईका बिहारी जस्तो होइनौ भन्दै यसको हिसाव चुनाव द्वारा नै चुक्ता गरेका छन् । मधेशले पहाडलाई सिकाएको छ, हैन भने भोलि आफ्नै नागरिकलाई होच्याउने यिनै टुक्के खलनायकहरु फेरि सत्तामा पुग्नेछन अनि हामीलाइ नै माखे साङगलो भन्दै उठनै नसक्ने गरी थेचार्ने छन् र उही धुलोमा छटपटी रहने छौ ।

 

त्यसपछि खेर जानेछन जनयुद्धका महान उपलब्धिहरु । अनि फर्किने छौ हामी पुरानै युग तिर जहाँ थिचोमिचो, अन्यायको कठघेरामा हामीले पुस्तौ बिताउनु पर्ने छ । तर यसरी नै चुनाबबाट खोक्रो राष्ट्रवाद र अहंकारी नेताहरुलाइ तह लगाउदै जाने हो भने परिबर्तन तपाई हाम्रै पालामा सम्भव छ ।