को हुन् सुर्खेत क्षेत्र नं. ३ का माओवादी उम्मेदवार गणेश भण्डारी

माओबादी केन्द्र सुर्खेतले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनाबको लागि उम्मेदवार सिफारिस गरे संगै सुर्खेतमा चुनाबी चहल पहल सुरु भएको छ ।

 

सबै भन्दा बढि चर्चामा छन् सुर्खेत अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर ३ का उम्मेदवार गणेश भण्डारी । ६ नम्बर प्रदेशको सम्भावित राजधानी बिरेन्द्रनगरमै पर्ने भएकाले पनि उनको चर्चा चुलिएको हो ।

 

यसविच हाम्राे अनलाइनले, माओबादी केन्द्र सुर्खेतले प्रदेश सभा अन्तर्गत सुर्खेत क्षेत्र नम्बर ३ (विरेन्द्रनगर) का उम्मेदवार गणेश भण्डारी र उनको बारेमा संक्षिप्त परिचय दिने प्रयास गरेको छ ।

 

माओबादी केन्द्रको उच्च तहमा आफ्नो प्रभाब राख्न सक्ने गणेश भण्डारी कबि तथा चर्चित युवा नेता पनि हुन् ।

 

२०३९ साउन २१ मा सुर्खेतमा जन्मिएका भण्डारी जनयुद्ध कालमा दुर्इ बर्ष जेल परेका थिए । २०५६ मा जेल परेका उनी दुर्इ बर्ष पछि सुर्खेत जेल ब्रेक गरि भागेका थिए ।

 

अन्तिम विजय (कबिता संग्रह), आस्थाको निहारिकाबाट (कबिता संग्रह), बन्दि आकाश बिरुद्ध (सस्मरण), आठौं महादेशमा कोलम्बस (कबिता संग्रह) गरी ४ वटा उनका साहित्यिक कृतिहरु प्रकासन भएका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघको केन्द्रिय महासचिब हुँदै अध्यक्ष भएका भण्डारी चलचित्र बिकास बोर्डको पुर्ब अध्यक्ष समेत हुन् । चलचित्र बिकास बोर्ड अध्यक्ष हुँदा नेपाली चलचित्र क्षेत्रको लागि उनको योगदानको चर्चा अझै पनि सर्वत्र चल्ने गरेको छ ।

 

राष्ट्रिय चलचित्र महोत्सब सुर्खेतमै गराउन सफल प्रखर वक्ता गणेश भण्डारी सुर्खेतकाे जनमासमा चर्चित छन् ।

प्रखर, वौद्धिक एवम् चर्चित जनप्रिय युवा नेता भण्डारीकाे उम्मेदवारीले आउने चुनाबमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।