हरेक रात रहन्छु अनिदो

राजेन्द्र घिमिरे

हरेक रात रहन्छु अनिदो, कस्लाई सुनाउँ
यो मन भरी छन् नि दुखेसो, कस्लाई सुनाउँ

 

हिँड्दा हिँड्दै पुरै फाटिसके मेरा पैतलाहरु
कदम कदममा छ अप्ठ्यारो, कस्लाई सुनाउँ

 

युवाहरू धरै परदेशमा, बाँकि शहर बसेपछि
खेत वारि सबै छ्न् बाँझो कस्लाई सुनाउँ

 

देखेन कसैले, बुझेन कसैले आज सम्म किन ?
अवसर खोज्छ कर्णालीको माटो, कस्लाई सुनाउँ