शतप्रतिशत वृद्धि भयो तारागाँउ रिजेन्सीको नाफा

काठमाडौं । तारागाँउ रिजेन्सी होटलसको नाफा शतप्रतिशतले नाफा बढेर २८ करोड ७ लाख रुपैयाँ कमाएको छ । गत आवको पहिलो त्रैमाशमा कम्पनीले १३ करोड नाफा कमाएको थियो ।

 

कम्पनीको सञ्चालनबाट मात्र १ अर्ब २६ करोड आम्दानी गरेको छ । यो रकममा २४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको बिक्री लागतमा ७ करोडले वृद्धि भएर ३७ करोड रुपैयाँ पुगेको छ । बिक्री लगात कटाउदा कम्पनीलाई ८८ करोड नाफा भएको छ । कम्पनीको अन्य आम्दानी दुई सय प्रतिशतले बढेर १६ करोड रुपैयाँ पुगेको छ ।

 

कम्पनीले विदेशी मुद्रा विनिमयबाट पनि १ करोड ३७ लाख आर्जन गरेको छ । कम्पनीको सञ्चालन लागत १६ प्रतिशतले बढेर ६४ करोड पुगेको छ । सञ्चालन लागतमध्ये सबैभन्दा धेरै वृद्धि प्रशासनिक तथा कर्मचारी खर्चमा भएको छ । यस्तो लागत करिब ५ करोड ५० लाखले बढेर ४१ करोड पुगेको छ । कम्पनीको १ करोड ६८ लाख बराबरको इन्भेन्ट्रिज ९मौज्दात सामान० रहेको छ । यो बिक्री हुन सकेमा कम्पनीलाई थप आम्दानी हुनेछ । यो मौज्दातमा भने करिब ६ प्रतिशतले वृद्धि भएको छ ।

 

कम्पनीले ४३ करोड रुपैयाँ व्यापारको क्रममा तिर्न पर्ने देखिएको छ भने २४ करोड उठाउन बाँकी छ । कम्पनीले तत्काल तिनुपर्ने ऋण ५ करोड ४१ लाख मात्र रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, मूल्य आम्दानी अनुपात १७।५४ गुणा र प्रतिसेयर नेटवर्थ १ सय १४ रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड रहेको छ भने सञ्चिती १४ करोड ५ लाख रहेको छ । गत वर्षको पहिलो त्रैमाशमा भने १४ करोड ५ लाख सञ्चित नोक्सान थियो ।

 

कम्पनीले १ करोड ३१ लाख रुपैयाँमा नयाँ काम ९वर्क इन प्रोग्रेस० हरु अगाडी बढाएका छन् । कम्पनीले क्याफे रेष्टुरेन्ट, लब्बि लगायतमा रिनोभेसनको काम अगाडी बढाएको छ । कम्पनीसँग यन्त्र, होटेल आयोजना लगायत गरेर १ अर्ब रुपैयाँ बराबरको सम्पत्ती छ ।