समृद्धिका लागि वाम रोजौं

प्रकाश कुमार सिंह

नेपालको इतिहासमा स्थायी सरकार आम जनताको माग हो । नेपाली राजनीतिले बर्षौदेखि यसको जवाफ दिन सकेको छैन । राजनीतिक दल सरकार निर्माण गर्ने र बिगठन गर्ने बाहेक अरु नयाँ गर्न नसक्ने अवस्थामा छन । जनताको चाहना र इच्छा अनुसार देशमा बिकाश निर्माणकाहरु हुन सकिरहेको छैनन । राजनीतिक कर्मिहरु जनताबाट दिनानुदिन घृणित हुदै जान थालेका छन । राजनीतिले जनतामा उत्साह र खुसि दिनुपर्ने ठाउँमा निराशा कुण्ठा मात्र दिन खोजि रहेको छ ।

हिजो हामी राजालाई देखाउ थियौ भने अहिले राजा छैन । जनताको छोरा छोरि नै देशको प्रमुख ठाउँमा छन । तर पनि हामी जनतालाई खुसि दिन सकिरहेका छैनौं । हामी कहाँ नेर छौ ? आखिर कारण के हो ? र यसको समाधान के हो ? भन्ने कुरामा हामीले आफुलाइ केन्द्रीकृत गर्न सकेका छैनौं जनता निराश मात्र छैनन ।दिगदार छन । बिकाश र समृद्धि हामीलाई एकादेशको कथा भएको छ । यस्तो अवस्थामा हामीले आफुलाइ थप परिमार्जन र जनताप्रति उत्तरदायी बनाउनुपर्ने बाध्यता पनि छ। राजनीति भनेको देशको बिकाशका लागि हो भन्ने तर बिकाश कहिलै गर्ने तरिकाबाट हामी आफु प्रति पनि इमानदार छैनौं । देश प्रति इमानदार छैनौं प्रश्न हजार छन । यी सबैको उत्तर दिन राजनीति दलहरूले दिन सकेका छैनन् । यस्तो अवस्थामा नेपालमा बामपन्थी दलहरूको गठबन्धनले नेपाली राजनीतिमा एउटा छुट्टै तरङ्ग मात्र ल्याएको छैन, देश र जनताप्रति उत्तरदायी हुने जनता र देशको हित चाहने तमाम देशभक्त र राष्ट्रिय स्वाधीनता र स्वाभिमान चाहने नेपालिका लागि हर्षको कुरा भएको छ । जसले आफ्ना आगामि कार्यक्रमहरु समृद्धि र बिकाश राष्ट्रिय हितको रक्षा र देशलाई स्थायी सरकार दिने घोषना गरेको छ जुन नेपालको इतिहासमा बर्षौ देखि राजनीतिक दल र पाटिहरुले दिन नसकेको उत्तर हो । जसले राष्ट्रलाई स्थाइत्व दिने कुरा निश्चित छ । किनकि यसको पुष्टि दुई ठुला दलको तालमेलले गरिसकेको छ । जुन कुरा बहुसङख्यक कम्युनिस्ट समर्थक जनता सुभचिन्तकहरुका लागि खुसीको कुरा हो ।

 

अब हामि साँच्चिकै इमानदार भएर लाग्ने हो भने देशको बिकाश र समृद्धि अब धेरै टाढाको बिषय नहुने भएको छ । किनकि देशमा बिकाश हुन सबैभन्दा पहिले बलियो सरकार चाहिन्छ । त्यसपछि मात्र हामीले हाम्रा बिकाश र समृद्धिका लक्षहरु हाँसिल गर्न सक्छौ । भ्रष्टाचार को अन्त्य गर्न सक्छौं । राजनीतिक स्थाइत्व कायम गर्न सक्छौ । सान्ति स्थापना गर्न राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रको एकता कायम राख्न । हिमाल पहाड र तराईलाई एकताबद्द गर्न । हामीलाई चाहिने सबैभन्दा पहिलो राजनीतिक अस्थिरताको अन्त्य प्रमुख कुरा हो । जुन नेपालका कम्युनिस्टहरूले यतिबेला दिन खोजि रहेका छन जुन नेपाल राष्ट्रका लागि र जनताको लागि खुसिको कुरा हो । यसले राष्ट्रलाई बिकाश समृद्धि तर्फ लिने कुरा निश्चित छ किनकि बामपंथी गठबन्धनको घोषना पत्रले पनि एउटा प्रष्ट भिजन सहितको मार्ग निर्देशन गरेको छ । जसलाई कार्यन्वयन गर्न बामपंथी पाटिहरुले कम्तिमा पनि अबको पाँच बर्ष सम्मा ढुक्कसँग आफ्ना नीति र कार्यक्रम लागू गर्न सक्ने सरकार चाहिन्छ । जुन बामपंथी दलहरू भन्दा पनि नेपाली जनताको हातमा छ । साँच्चिकै देश निमार्ण गर्न आफ्ना बर्षौ देखिका दुई छुट्टाछुट्टै पाटिहरु एक गरेर देश निमार्ण बाहेक अरु स्वार्थ छैन भनेर सम्पूर्ण कम्युनिस्ट समर्थक नेता र कार्यकर्ता तपाईंको माझमा आउदैछन् ।

बषौ देखि हुन नसके बिकाश र समृद्धि दिन्छौ हामीलाई तपाईंले भोट दिनुहोस भनेर आवान गर्दै छन । हुनत तपाई हामीलाई लाग्नसक्छ हिजो पनि मागेका त हुन भनेर । तर परिस्थिति फेरिएको छ दलहरू मिलेर आएका राष्ट्रको समृद्धि गर्ने लक्ष्य राखेका छन । तपाईं हामीले बषौदेखि भोट त दिदै आएका छौ तर यश पटकको भोट बामपंथी लाई दिनुहोस् । किनकि परिवर्तनका एजेन्डा हरु जनताका मुद्दाहरु नेपाली राजनीतिमा नेपालका कम्युनिस्टहरुले मात्र बोकेका छन जुन कुरा आफ्नो थोरै समय सरकारको नेतृत्व गर्ने समयमा पनि पुष्टि गरेका छन । थोरै किन नहोस जनतालाई राहत दिने काम गरेका छन । तर बिडम्बना नै भन्नुपर्छ बहुसंख्यक जनता कम्युनिस्ट समर्थक भएर पनि नेपालका कम्युनिस्ट हरुले कहिलै पनि बहुमत को सरकारको नेतृत्व गर्न पाएका छैन ।

 

जुन नेपालका बहुसंख्यक जनता र समर्थका लागि दुखको कुरा हो । के अब पनि यहि अवस्था रहन दिने या राष्ट्रिलाई समृद्धिको बाटोमा लैजाने निर्णय तपाईंहरु हातमा छ आउनुहोस राष्ट्रको बिकास गर्न । तपाईंको अमूल्य भोटलाइ राष्ट्रको एकता कायम राख्न र बिकाशको गतिमा लैजान सदुपयोग गरौ यसपटकको बामपन्थी सरकार निमार्णका लागि । राष्ट्रको समृद्धिका लागि कम्युनिस्टहरुको सरकारबाट मात्र सम्भब छ सहि निर्णय गरौ ।