कम्युनिष्ट राणाभन्दा खतरनाक हुन्छन् ः देउवा

डोटी ः प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबले कम्युनिष्टहरुको बहुमत आएमा राणा शासनभन्दा पनि खतरनाक शासन व्यवस्था आउने जिकिर गरेका छन् ।

डोटीको बोगटान गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरु एक भएर संविधानलाई धरापमा पार्न लागेको आरोप लगाए ।

 

साथै उनले नेपाली कांग्रेस लोकतन्त्रका पक्षमा जहिले पनि लागिरहने बताए । सभालाई संक्षिप्त सम्बोधन गरेका देउवाले डोटीको विकासमा आफू प्रतिबद्ध रहेको पनि बताए।