भाइरल प्रकोपले मुगुमा १८ जनाको मृत्यु

मुगु । मुगुमा झण्डै एक महिनादेखि फैलिएको भाइरल ज्वरो र निमोनियाले १८ जनाको ज्यान लिएको छ । चिसोसँगै रुघाखोकी, निमोनिया र भाइरल ज्वरोका बिरामी बढेका छन् ।

 

भाइरल प्रकोपबाट छायानाथ रारा नगरपालिका–५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढा, सोही नगरपालिकाको वडा नम्बर ७ का एक शिशु, ७० वर्षीया धर्मकला शाहीलगायतको मृत्यु भएको छ ।

 

हालसम्म १८ जनाको मृत्यु भइसकेको छ। कतिपय गाउँबस्ती सदरमुकाम र सञ्चार सुविधाबाट टाढा रहेकाले भाइरल प्रभावित र मृतकको थप तथ्याङ्क आउन सकेको छैन । जिल्लाका सबैजसो गाउँबस्तीमा कात्तिक दोस्रो सातायता फैलिएको रुघाखोकी, निमोनिया र भाइरल ज्वरोका कारण बालबालिकादेखि वृद्धवृद्धासमेत प्रभावित छन् ।